उच्चस्तरीय वार्ता टोली, गरीबलाई परिचयपत्र वितरण गर्ने

उच्चस्तरीय वार्ता टोली, गरीबलाई परिचयपत्र वितरण गर्ने


अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । सरकार विस्तार गरिएपछि पहिलो पटक विहीबार बसेको मन्त्रिपरिषदको बैठकले केसीसँग वार्ता गर्न शिक्षा, स्वास्थ्य र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने गरी तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।

यस्तै, मन्त्रिपरिषद् बैठकले गरीबलाई परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ । पहिलो चरणमा २५ जिल्लाका १२ लाख २४ हजार ४ सय परिवारमध्ये ३ लाख ९१ हजार ८ सय ३१ गरीब परिवारलाई परिचयपत्र वितरण गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।