रविनाले जन्माइन् ‘धर्मकन्या’

रविनाले जन्माइन् ‘धर्मकन्या’


देशकै सुन्दर रारा ताललाई आफ्नो छातीमा सजाएर मुसुक्क मुस्कुराउने मुगुले एउटा सुन्दर उपन्यास जन्माएको छ । जिल्ला विकट भएर पनि त्यहाँको सुन्दर प्राकृतिक दृश्यका कारण पर्यटकलाई लोभ्याउन र आकर्षण बढाउन आतुर देखिन्छ मुगु । त्यही परिवेश र त्यही समाजभित्र घटेका र घट्दै गरेका कथाहरूलाई समेटेर युवा साहित्यकार रविना रोकायाले आफ्नो पहिलो कृति ‘धर्मकन्या’ ल्याउन सफल भएकोमा असाध्य खुसी लागेको धारणा नवगठित मन्त्री परिषदबाट सिंचाई मन्त्रालयको अभिभारा सम्हालेका सन्जय गौतमले बताए ।

उपन्यास विमोचन कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भोला रिजालले मुगु पुगेर स्वास्थ्य शिबिर चलाउँदाका आफ्ना अभिव्यक्ति राखेका थिए भने प्राज्ञ कवि वियोगी बुढाथोकीले शिवपुरी साहित्य समाज र शिवपुरी साहित्यिक पत्रिकाले विभिन्न विधामा कलम चलाउँदै आएका सर्जकहरूलाई वर्षेनी सम्मान, पुस्तक प्रकाशन र लोकार्पण तथा लेख रचनाहरु प्रकाशन गर्दै आएको र सो कार्यकम त्यसैको निरन्तरता भएको बताएका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा, रोचक घिमिरे, साहित्यकारहरू पुष्कर लोहनी, गुप्तबहादुर श्रेष्ठ, मणिराज सिंह, दिव्य गिरी, लगालव गाउँले, रामबहादुर पहाडी, सन्ध्या पहाडी, गंगा कर्माचार्य पौडेल, रश्मि रिमाल, डा. हेमन्त खतिवडा, श्याम संकल्प, श्यामबहादुर भावुक, निवन्ध आचार्य, केशव सान्दाइ, विमल कोइराला, लीलाराज दाहाल, विष्णुबहादुर सिंह, देवेन्द्र नेपाली, डा. नारायण चालिसे, नारायण सुवेदी, अमर अधिकारी, रामेश्वर के.सी, राजेन्द्र महर्जन, नवीन केसीलगायत सयजना भन्दा बढीको उपस्थितिमा भएको कार्यक्रमको स्वागत उपन्यासकार शंकर भारती, धन्यवाद ज्ञापन शशी थापा पण्डित तथा रणबहादुर सेजुवाल, हस्तबहादुर मल्ल, खड्गबहादुर शाही र उपन्यास लेखिका रविना रोकायाले समेत आफ्ना धारणा राखेका थिए ।