चक्रपाणी को ‘नागबेली’ सार्वजनिक

चक्रपाणी को ‘नागबेली’ सार्वजनिक


पत्रकार चक्रपाणी नेपालद्वारा लिखित पुस्तक ‘नागबेली’ सार्वजनिक भएको छ । राजनीति, संस्कृति, समाज, इतिहास, सत्यघटना, यात्रा, साहित्य, संस्मरण, विदेश, अर्थ, प्रशासनलगायतका विषयमा लेखिएका लेख तथा यात्रा संस्मरणको सँगालो नागबेली प्रिमियर प्रिन्टले प्रकाशित गरेको हो । राजधानीमा आयोजित विमोचन समारोहमा बोल्दै पुस्तकका लेखक नेपालले इतिहासको एउटा पाटोमा चक्रपाणी नेपाल नाम गरेको एउटा पत्रकार थियो भन्ने कुरा सुरक्षित होस् भनेर आफूले पुस्तक लेखेको बताउनुभयो । विमोचन समारोहमा भैरव अर्याल, डा. महेन्द्र विष्ट, डा. सूर्य ढुङ्गेल, राजव, डा. चन्द्रमणी गौतम र बबिता बस्नेतले पुस्तकका बारेमा चर्चा गर्नुभएको थियो ।

विभिन्न समयमा लेखिएका लेख तथा संस्मरणहरूले नेपालको इतिहासमा भएका विभिन्न घटनाक्रम उल्लेख छन् । यात्रा संस्मरण ‘नागबेली’को उल्लेखनीय खण्ड हो जहाँ सपनाझैँ लाग्ने वास्तविकताहरू समेटिएका छन् । ३ सय ५० पेजको यो पुुस्तकको मूल्य ५ सय रुपैयाँ रहेको छ । नेपाली पत्र साप्ताहिकसँग सम्बद्ध चक्रपाणी नेपाल प्रेस काउन्सिल पत्रकारिता पुरस्कार २०७२ र प्रेस सेनानी सम्मान २०७३ बाट विभुषित हुनुहुन्छ ।