तपाईंको यो साता

तपाईंको यो साता


मेष
विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । भूमि लाभ रहला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । साताको अन्त्यमा समय प्रतिकुल भई कुलतमा मन जानेछ । मुद्धा मामिला लाग्न सक्छ । नाक तथा घाँटीमा समस्या आउला । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरीे आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वृष
न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको अवसर मिल्नेछ । राज्य बाट मान सम्मान पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आइतवार बाट चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मिथुन
व्यवसायमा मन्दी आउला । नाक तथा घाँटीमा समस्या आउला । कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । साताको अन्त्यमा वैदेशिक यात्राको योगछ । नयाँ कार्यको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । प्रेमीको सहयोग पाईनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कर्कट
महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । प्रयत्न गरे फाइदा लिन सकिने छ । साताको अन्त्यबाट अनावश्यक ठाउँमा धन खर्च होला । प्रेममा मनमुटाव रहला ।सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको दर्शन गरे सफलता हात पर्नेछ ।

सिंह
अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । अतिथीको सेवा होला । दाम्पत्य जीवन सुखमय हुनेछ । जोश जाँगर वढ्नेछ । उपहार पाइने सम्भावनाछ । कुटुम्बको सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग सिन्दुरे वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शनगरी यात्रा आरम्भ गर्दा सफलता मिल्नेछ ।

कन्या
आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । सरकारी निकाएको भय रहला । पढाइमा बाधा आउनेछ । साताको अन्त्य बाट अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । नयाँ कार्यको योजना बन्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग नीलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व महाकालीको आरधनागरी यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।

तुला
आँटेकोे र ताकेको कार्य पुरा होला । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । साताको अन्त्य बाट चुनौतीको सामना गर्नुपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क १,३ र शुभरङ्ग नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शनगरी आरम्भ गर्दा सफलता सफलता मिल्नेछ ।

वृश्चिक
धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ । स्वादिष्ट भोजन पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । आइतवार बाट महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा चञ्चल रहला । आर्थिक कारोवारमा मन्दी आउनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु
अचल सम्पत्ति हात पर्ने योगछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । प्रेममा सफलता पाइएला । साताको अन्त्यमा कामहरु अधुरै रहलान् । घरायसी झमेलामा परिएला । लगानी डुव्ने भयछ । आँटेको काम विग्रिएला । सामान हराउने योगछ । यो साताका लागि शुभअङ्क ५,६ र शुभरङ्ग आकासे नीलो हो । शुभकर्म गर्नु पूर्व सूर्य भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

मकर
अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । घरायसी झमेलामा परिएला । चोटपटकको भयछ सचेत रहनुहोला । आइतवार बाट फलदायी यात्रा हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । प्रेम प्रस्ताव आउला । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग वैजनी वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल मिल्नेछ ।

कुम्भ
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ । साताको अन्त्यबाट दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

मीन
बैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला । नयाँ काम वा रोजगार पाईनेछ । साताको अन्त्य बाट नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गर्नाले शुभफल मिल्नेछ ।