प्रदेश नम्बर २ मा शुरु भयो चुनावी चहलपहल

प्रदेश नम्बर २ मा शुरु भयो चुनावी चहलपहल


– महेश दास, वीरगञ्ज

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सबै पार्टीह निर्वाचनको तयारीमा होमिएका छन् । पहिलो दुर्इ चरणको कमीकमजोरी हटाउँदै साउनको अन्तिम सातासम्म उम्मेदवारको टुङ्गो करिब सबै पार्टीले लगाइसक्ने बताएका छन् ।

प्रदेश न २ को परिणाम आफ्नो पक्षमा पार्न नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायतले आन्तरिक रणनीति बनाउनेतर्फ प्रदेश स्तरका भेलाहरु गरेका छन् । यता एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेलसहित एक दर्जन पदाधिकारीहरु प्रदेश नम्बर २ का आठवटै जिल्लामा खटिएका छन् । उपेन्द्र यादव नेतृत्वको फोरमले उम्मेदवारको टुंगो लगाउन जिल्लामा टोलि नै खटिएका छन् । विजय गच्छदारको नेतृत्वको फोरम लोकतान्त्रिकको सक्रियता कम देखिन्छ ।

यता चुनावमा सहभागी हुने कि बहिष्कार गर्ने निर्णय लिन नसक्दा राजपाका स्थानीय नेतृत्व र उम्मेदवार दिन चाहना राख्नेहरु अन्योलमा छन् । चुनावमा राजपा सहभागी नभए अधिकांश सम्भावित उम्मेदवारहरु फोरम लोकतान्त्रिकबाट या स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् ।

नेपाली कांग्रेसले अप्रेसन सेन्चुरी नामक महत्वाकांक्षी योजना बनाएको छ । यसअन्तर्गत प्रदेश नम्बर २ का १२७ मध्ये कम्तीमा १०० स्थान जित्ने उसको रणनीति बनाएको छ। कांग्रेसको तर्फबाट प्रदेश नं. २ को चुनावी नेतृत्व विमलेन्द्र निधिले गरिरहनुभएको छ।

यता नेकपा एमालेले प्रदेश नं. २ को पहिलो पार्टी बन्ने उदघोषका साथ प्रदेशको एक मात्र वीरगञ्ज महानगरपालिकाको मेयर र उपमेयर हिजो महासचिव ईश्वर पोखरेलको विशेष उपस्थितमा वीरगञ्जमा सम्पन्न जिल्ला कमिटीको बैठकले सर्वसम्मतबाट निर्णय गरेको छ। मेयरमा बसुरुदिन अन्सारी र उपमेयर मा सोफिया आचार्यलाई अघि सारेको छ।

नेपाली कांग्रेसले अप्रेसन सेन्चुरी नामक महत्वाकांक्षी योजना बनाएको छ । यसअन्तर्गत प्रदेश नम्बर २ का १२७ मध्ये कम्तीमा १०० स्थान जित्ने उसको रणनीति बनाएको छ। कांग्रेसको तर्फबाट प्रदेश नं. २ को चुनावी नेतृत्व विमलेन्द्र निधिले गरिरहनुभएको छ।

वीरगञ्ज महानगरपालिकाको मेयर उम्मेदवारमा नेपाली कांग्रेसबाट पुर्वसभासद अजय दुवेदीको नाम सर्वाधिक चर्चामा रहे पनि टुंगो लागेको छैन । सो पार्टीबाट पूर्वसभापति वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा र समाजसेवी श्याम पोखरेलको नाम पनि चर्चामा छ।

संघीय समाजवादी फोरमले वीरगञ्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य विजय सरावगीलार्इ अघिसारेको छ।

यस्तै, राजपाबाट मेयरका लागि दुई जनाको सशक्त दाबी छ। पुर्वनगरप्रमुख विमलप्रसाद श्रीवास्तव र राजेश मान सिंहले धेरै पहिलेदेखि तयारी गर्दै आएका छन् । तमलोपाबाट श्रीवास्तव र रामसपाबाट राजेशमानले तयारी गर्दै आएका थिए । यता पार्टी एकीकरणपछि दुबै एक पार्टीमा आबद्ध हुन पुगे । राजपाबाट टिकट नपाउनेले अन्य कुनै पार्टीबाट वा स्वतन्त्र उम्मेदवार िदिने पक्का जस्तै छ। राजपामा जिल्ला संयोजकको विवाद पनि उम्मेदवारीकै कारण भएको हो। आइतबार सिंहसमर्थकले संयोजकबाट पुरुषोत्तम झालाई निकालेको भोलिपल्टै श्रीवास्तवसमर्थक झाले सिंह समर्थक रामबाबु पटेललाई भ्रम नफैलाउन चेतावनी दिँदै आफु नै संयोजक रहेकोे वक्तव्य निकालेका थिए ।

माओवादी केन्द्रबाट रहबर अन्सारीको नाम चर्चामा रहे पनि केन्द्र कांग्रेस वा संघीय फोरमसित गठबन्धन गर्ने सम्भावना बढी छ।

वीरगञ्ज महानगरपालिका नेपालको मुख्य प्रवेशद्वार, औद्योगिक एवम् आर्थिक केन्द्र भए पनि पछिल्लो मधेस आन्दोलनको इपिसेन्टर तथा ६ महिना लामो नाकाबन्दी गर्ने नाकाको नयाँ पहिचान बनाएकोले प्रदेशसंगै पुरा देशले वीरगञ्जको परिणामलाई चासोपूर्वक पर्खीरहेकोे छ। वीरगञ्ज महानगरमा २७ वडासहित ९३ हजार मतदाता छन् ।