नेपाली काङ्ग्रेसको महाधिवेशन र युवाहरूको प्रतिनिधित्व

नेपाली काङ्ग्रेसको महाधिवेशन र युवाहरूको प्रतिनिधित्व


-शिवजी श्रेष्ठ
२०४८ सालको आमनिर्वाचनको प्रचार-प्रसारको कार्यक्रम बेतोडले चलिरहेको थियो । ओखलढुङ्गाको पूर्वतिरको एउटा गाउँमा नेपाली काङ्ग्रेसले सञ्चालन गरिरहेको आमसभामा नेकपा -एमाले) का केही कार्यकर्ता आएर नेका उम्मेदवारलाई विभिन्न प्रश्नहरू सोध्न थालेपछि स्थिति असामान्य हुँदै अप्रिय हुन गइरहेको थियो । विवादहरू बढ्दै गइरहेको मेरा मित्र नेविसङ्घका तत्कालीन केन्द्रीय सदस्य भीष्मराज कर्कीले एकजना एमालेका कार्यकर्ताको पाखुरा समातेर सोधेका थिए, ‘तिमी आफूलाई कम्युनिस्ट भन्छौ, लौ भन दास क्यापिटल -माक्र्स) को दोस्रो पानामा के छ -‘ त्यो एमालेको कार्यकर्ता अक्क न बक्क परेँ, म पनि छक्क परेँ । किनकि वास्तवमा के छ र ‘दास क्यापिटल’को दोस्रो पानामा – अनि त्यतिखेर भनिन्थ्यो कम्युनिस्ट कार्यकर्ता अध्ययनशील हुन्छन्, नेपाली काङ्ग्रेसका कार्यकर्ता अध्ययनहीन । वास्तवमा थियो पनि त्यस्तैत्यस्तै ।
नेपाली काङ्ग्रेसका पुराना पुस्ताका नेताहरूका अधिकांश समय त संवैधानिक राजतन्त्र, प्रजातान्त्रिक समाजवाद भन्दै आन्दोलन र क्रान्तिमा नै बिते । न त तिनीहरूले कस्तो संवैधानिक राजतन्त्र र के हो प्रजातान्त्रिक समाजवाद भन्ने बुझे, बुझन खोजे, न त पछिल्लो पुस्तालाई नै त्यसबारेमा बुझाउन सके । नेपाली काङ्ग्रेसको बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछिको दुई दशक पनि ‘बीपीले यसो भन्नुहुन्थ्यो’ भनेरै बित्यो ।
एक ताका एउटा रमाइलो भनाइ प्रचलनमा थियो, जब किशुनजी अन्तरिम सरकारका प्रधानमन्त्री हुनुहुन्थ्यो । पत्रकारले सोधेको प्रश्नमा, ‘मेरो योजना बीपीकै जस्तो’ भनेर नभन्नुहोला है भनेर व्यङ्ग्य गरिन्थ्यो । तत्कालीन प्रधानमन्त्री हुँदा बीपीले राजा महेन्द्रको सोधाइमा मेरो सपना भनेको प्रत्येक नेपालीलाई मजत्तिकै आर्थिक हैसियतको बनाउने, जहाँ, एउटा नेपालीले आफ्नो बच्चालाई मैलेजस्तै पढाउन सकोस्, औषधि गर्न सकोस्, मेरोजस्तै एउटा गाई पाल्न सकोस् र आफ्नो बच्चालाई दूध खुवाउन सकोस् भनेका थिए । किशुनजीले पनि त्यही दोहोर्‍याइदिए ‘जनताको अवस्था उही एउटा छाता, सुराही र टिनको ट्याङ्क मात्र हुनेछ’ भन्ने भनाइ थियो । अर्थात् नयाँ भिजन केही छैन खालि बीपीकै नाम भजाउनेहरूलाई व्यङ्ग्य ।
जसरी नेपाली कम्युनिस्टहरू माक्र्स र लेनिनकै जस्तो दारी, माओको जस्तै सुट र स्टालिनकै सन् १९३० ताकाका आर्थिक नीतिको नक्कलमा रमाउँथे र उनीहरूले त्यतिबेला के गरेँ, अहिले पनि त्यसलाई नक्कल गर्नुपर्छ भन्छन्, नेपाली काङ्ग्रेसभित्र पनि बीपीले पचास वर्षअगाडि के भन्नुभएको थियो, त्यही नै नक्कल गर्नुपर्छ भन्ने मानसिकता राख्छन् ।
अहिले नेपाली काङ्ग्रेसको बाह्रौं महाधिवेशनको पूर्वसन्ध्यामा महाधिवेशन प्रतिनिधिहरू उल्लेखनीय रूपमा युवा पुस्ताका आएकोले नेपाली काङ्ग्रेसको पुरानो छवि ‘काङ्ग्रेस बूढाहरूको पार्टी’ परिवर्तन हुने हल्ला मच्चाइएको छ । युवा पुस्ताकाहरू केन्द्रीय समितिमा स्थान बनाउन जर्ुर्मुराएर लागेको पनि देखिन्छ । युवा दुई किसिमले हुन्छ- एउटा उमेरले अनि अर्को सोचाइले । नेपाली काङ्ग्रेसलाई अहिले दुईवटै किसिमको खाँचो छ, अझ त्यसमा पनि सोचाइले युवाका खाँचो छ । गिरिजाबाबुपछि के अब नेतृत्व युवा पुस्तामा भनेर भन्ने अहिले देखिएका सभापति पदका तिनै प्रत्याशी मात्र होइन संसदीय दलका नेतृत्व गरेका नेतासमेत ६५ वर्ष उमेरमाथिका छन् । जब कि बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले दस वर्ष प्रधानमन्त्री भएर स्वेच्छाले पद त्याग गर्दा ५३ वर्ष उमेरका थिए भने अहिलेको प्रधानमन्त्री ४३ वर्षका छन् र अमेरिकाका बाराक ओबामा राष्ट्रपति हुँदा ४७ वर्षका थिए । अझ चाखलाग्दो कुरा नेपाली काङ्ग्रेसका यिनै नेताहरूमध्ये एक नेताले बेलायत भ्रमणबाट र्फकने क्रममा नेपाली जनसर्म्पर्क समिति बेलायतका तत्कालीन सभापति ‘मलाई इमेल गर्नुस् न’ मेरो छोरीलाई ‘इमेल हेर्न आउँछ नि’ भनेर भनेको कुरा ती मित्रले आर्श्चर्य मानी सुनाउँथे । आधुनिक विश्वमा यस्ता भिजन भएका नेताबाट नेपाली काङ्ग्रेसका युवा पुस्ताले कतिसम्म परिवर्तनका आशा राख्न सक्छन् –
उमेरले युवा नभएकाहरूको कुरा त आफ्नो ठाउँमा छ । तर अहिले केन्द्रीय नेतृत्वमा आउन आतुर युवा पुस्ताको पनि चिरफार जरुरी छ । उमेर युवा भए पनि अध्ययन र सोचाइले कतिपय युवा नेताहरू पनि परम्परावादी अर्थात् पुरानै सोचका छन् । अध्ययनभन्दा पनि पुराना पुस्ताका नेताहरूको छायामा हर्ुर्किएका अर्थात् हर्ुर्किन रुचाउनेहरूको भीड पनि कम छैन । हिजोका पुस्ता बीपीले ‘यसो भन्नुभयो’ भनेरै बिताउने पुस्ता थिए भने तिनै पुस्ताका छत्रछायामा हर्ुर्किएका वा हर्ुर्किन रुचाउने अहिलेका युवा पुस्ता पनि ‘फलाना दाइ’ले यसो भन्नुभयो भनेर रमाउन चाहने छन् । झन् उमेरले युवा तर विचारले पुराना भएका नेताहरू पार्टीका लागि अझ अनुपयोगी हुन सक्छन् । पार्टीमा विचार वा सोचाइले युवा भएका दस्ताको साँच्चै नै खाँचो छ ।
नेपाली काङ्ग्रेस पार्टीको नेतृत्व तहमा आउनका लागि अहिले जुन युवा पुस्ता उत्साहित भए, यी पार्टीपङ्क्तिका लागि शुभ हुन सक्छ । तर, एउटा बुझ्नुपर्ने कुरा के हो भने यो नेतृत्वमा आउने उत्साह स्वाभाविक मानवीय चाहना मात्र हो – अथवा पार्टीलाई समयको धारसँगै हिँडाउने, देशको नेतृत्वमा देखिएको असमन्जस्यतामा भोलि देशकै नेतृत्व गर्न सक्षम सोचका साथ कुनै दर्ीघकालीन भिजन राखेर वा बनाएर आएका छन् – वा हिजो नेविसङ्घ वा तरुण दलमा काम गरेका थिए, पार्टीमा काम गरेको यति वर्ष भयो त्यसको ब्याज लिने वा कुनै ‘दाइ’को छत्रछायाबाट उक्लिने मात्रै सोचबाट निर्देशित छन् – नेतृत्वका लागि आतुर पङ्क्तिले आफैंभित्र केलाउन जरुरी छ । अहिलेका त्यो पङ्क्तिले भोलि नेतृत्व तहमा आएमा ‘यसो गर्छर्ुुभनेर सोचेका वा बनाएका भिजन बाहिर आउन जरुरी छ । परिस्थितिवश आउन उही नेतृत्वकै लविमा बाँडिएर पार्टीको पुरानै बाटोमा हिँड्ने हो भने स्वाभाविक रूपमा उमेरको आधारमा छुटि्टइने पुस्ता र पुस्ताबीचको हस्तान्तरणभन्दा केही फरक हुने छैन । पुराना पुस्ताका समयमा पार्टीको एउटै लक्ष्य थियो, व्यवस्था परिवर्तनको । जसका लागि आन्दोलन वा क्रान्ति उहाँहरूको साधन थियो, लामो प्रयासमा उहाँहरू सफल पनि हुनुभयो तर त्यसपछिका हुनुपर्ने लक्ष्य र बाटाहरू पनि परिवर्तन भएनन् । उही ५५ वर्ष अगाडि ०१२ सालमा बीपीले प्रतिपादन गरिदिएका प्रजातान्त्रिक समाजवाद र ०१७ सालमा बनेको पार्टीको पछिल्लो विधानमा तात्विक परिवर्तन नगरी चल्नु नै उसको साधन बन्यो, युवाहरू पनि आफू यही बाटोबाट माथिल्लो नेतृत्व तहमा रहेकाहरूको लविमा एकातिर लाग्नुसिवाय दबाब र शक्तिका रूपमा स्थापित हुन सकेन ।
अहिले पनि युवा नेतृत्व दाबी मात्रै पत्रपत्रिकामा ‘फलाना पनि केन्द्रीय कमिटीमा उम्मेदवार हुँदै छ’मा सीमित छ । ती युवापङ्क्तिका विचारहरू बाहिर आएका छैनन् । कमसेकम उनीहरूले देखेका वा सोचेका अझ भनौँ परिवर्तनमुखी आकाङ्क्षाहरू बाहिर आउन जरुरी छ । जसलाई नेतृत्वमा नआउने वा आउन नसक्ने युवाहरूले पनि आफ्ना विचारहरूको प्रतिनिधित्व मान्न सकून् र पुराना पुस्ताले पनि त्यसलाई समयको आवश्यकता ठानून् । बीपीले आजभन्दा ५५ वर्षअगाडिको नेपाललाई हेरेर प्रतिपादित प्रजातान्त्रिक समाजवाद यथास्थितिमा अब लागू गर्न सकिँदैन । यसबीचमा धेरै परिवर्तन आइसकेको छ । देश ठूलो फड्को हानेर गणतन्त्रमा गइसकेको छ । देशको शैक्षिक, सामाजिक संरचनादेखि लिएर कृषि क्षेत्र, आर्थिक क्षेत्रमा पनि ठूलो परिवर्तन आइसकेको छ भने विश्व-राजनीतिले धेरै परिवर्तन देखिसकेको छ । यस्तो अवस्थामा प्रजातान्त्रिक समाजवादको समय सान्दरि्भकीकरण अति आवश्यक छ । ००३ सालमा पार्टी स्थापना गर्दा राखिएको ‘राजाको वैधानिक नेतृत्वमा…’ -संवैधानिक राजतन्त्र) समयको मागअनुसार विस्थापित भएर गणतन्त्र स्थापना भइसक्दा पनि पार्टीले सर्वोच्च निकाय बोलाई संस्थागत गर्ने कार्य भएन । कुनै पनि मुद्दामा पार्टीको तल्लो निकाय अर्थात् कार्यकर्ता स्तरसम्म पुर्‍याएर छलफल तथा बहस गर्ने/गराउने परिपाटीको विकास हुन सकेन । जहिल्यै पनि केन्द्रीय समितिको एकाधिकार हावी भइरह्यो । अब पार्टीका कार्यकर्ताको कुनै पनि मुद्दामा कस्तो धारणा छ भन्ने बुझने परिपाटी बसाल्नु जरुरी भइसकेको छ । बेलायतमा पार्टी नेता चुनिनु तल्लोस्तरका कार्यकर्तासम्म पनि पुग्न जरुरी छ, जहाँ कार्यकर्ताले आफ्नो नेतासमक्ष पार्टी नीतिदेखि लिएर विभिन्न विषयमा जिज्ञासा राख्दछ र नेताको भिजन वा क्षमताको परीक्षण त्यहीँबाट हुन्छ । त्यसका लागि पनि यहाँका नेताहरू स्वच्छ, अध्ययनशील, योजनामुख हुन्छन् । हाम्रोमा त मात्रै इतिहास भजाउने र गुट बनाउने योग्यता नेताको चुनावमा हावी हुन्छ । अध्ययन त के हाम्रा नेताहरूलाई पत्रिका, इमेल पनि अरूले पढेर सुनाइदिनुपर्ने अवस्था छ । पार्टीले के निर्णय गर्‍यो भन्ने कुरा पनि तल्लो इकाइका आधिकारिक नेतृत्वले समेत पत्रिका पढेर थाहा पाउँछन् । परिपत्र अनि समन्वयात्मक प्रणाली त स्थापित नै छैन । नीतिभन्दा नेता प्रधान हावी भइरहने यस पद्धति र विरुद्धमा यदि युवाहरूको अहिलेको उम्मेदवारी हो भने यसले पक्कै पनि एउटा निकास पाउनेछ र परिणामुखी पनि हुनेछ । तर, उही निरन्तरताका लागि हो भने नियमित र आकस्मिकता मात्रै हुनेछ । तर, यसपटकको युवाहरूको उपस्थिति हेर्दा पक्कै आशा गर्ने ठाउँ प्रसस्त छ नै । तर, त्यसका लागि दाबेदार युवाहरूले आ-आफ्नो भिजन बाहिर ल्याइहाल्नु जरुरी छ । किनकि किसान ‘सिजन’अनुसार चल्छ, पार्टी र देश ‘भिजन’अनुसार चल्छ र चल्नुपर्छ ।
नेपाली काङ्ग्रेसका युवा नेताहरूले के स्मरण गर्नु जरुरी छ भने बीपी कोइराला २००६ चैत २७ गते नेपाली राष्ट्रि्रय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस संयुक्त भई नेपाली काङ्ग्रेस स्थापना हुँदा घोषणापत्र लेखेको समय मात्रै ३५ वर्षका थिए । अनि पचपन्न वर्षसम्म पनि संशोधन हुन नसकेको प्रजातान्त्रिक समाजवादको दस्तावेज तयार गर्दा ४१ वर्षका मात्र थिए । अब अर्को कुरा अब अमेरिकाका राष्ट्रपति बाराक ओबामा इलिनोइस राजाबाट सिनेटर चुनिए, उनी त्यति धेरै लोकप्रिय थिएनन्, तर जब उसले सन् २००७ मा ‘द अडोसिटी अफ होप’ भन्ने पुस्ता लेखे जहाँँ उनले आफूले देखेका अमेरिकी सपनाहरूलाई इमानदारिताका साथ राखे । त्यो पुस्तक अमेरिकाकाको सबैभन्दा बिक्री भएको पुस्तकको रेकर्ड राख्न मात्र सक्षम भएन कि उनलाई अमेरिकाको राष्ट्र्रपति हुने ठूलो ढोका पनि खोलिदियो । जुनबेला डेमोक्र्याट पार्टीबाट हिलारी क्लिटनले दाबी प्रस्तुत गरिसकेका थिए, जो बिल क्लिटनभन्दा पनि लोकप्रिय थिइन् र ओबामाले आफ्नै पार्टीको उम्मेदवारी पाउनका लागि पनि आन्तरिक प्रतिस्पर्धामा उनलाई पराजित गर्नुपथ्र्यो । आखिरमा उनको अमेरिकी सपनाहरूको सिलसिलेवार भिजनसहितको सो पुस्तकको लोकप्रियताले उनलाई संसारकै ध्यानाकर्षण गर्न सक्षम अमेरिकी राष्ट्रपति बनाइदियो ।
हाम्रा युवा नेताहरू पनि पार्टी, देश परिवर्तनका लागि भिजन नभएका होइनन्, तर त्यसका लागि चाहना र प्रतिबद्धताको खाँचो छ । आफ्नो भिजन लिएर हिँड्नु पर्ने युवा अरूका लागि प्रयोगमा आउने सोचाइबाट मुक्ति हुनु जरुरी छ । अनि, म कहाँ र कुन बाटो कसरी जानुपर्छ भन्ने आत्ममूल्याङ्कनको खाँचो छ । यसका लागि अध्ययन, चिन्तन जरुरी छ । यसका लागि मद्दतगार हुन सक्छन् उही ओबामाको ‘द अडोसिटी अफ होप’ या सिङ्गापुरका ली क्वान युका आत्मकथा वा नेल्सन मण्डेलाको ‘लङ वाल्क टु प्रिmडम’ । केही युवाहरूले त सीके प्रर्साईंको ‘आजको सरल राजनीति’ मात्रै पढिदिए पनि प्रसस्त हुन्छ । नत्र त उही ‘दाइ’हरूको ढोके, बैठके, चम्चे, हुक्केभन्दा माथि केही हुने छैन । कालान्तरमा आफ्नो इमेल पनि अरूले खोलेर हेरिदिनुपर्ने नियति हुन्छ । तर्सथ पनि हामीलाई उमेरमात्र होइन सोचाइले पनि भर्जिनवाला युवाहरूको खाँचो छ ।