जनार्दन आचार्यद्वारा लिखित संस्मरणात्मक पुस्तक ‘कल्पवृक्ष’को अंग्रेजी संस्करण ‘कल्पवृक्ष (द वीश फुलफिलिङ ट्री)’ को पूर्वअर्थमन्त्री महेश आचार्यले एक समारोहबीच सार्वजनिक गरेका छन् ।
नेपाल बैंक लिमिटेडका अध्यक्षसमेत रहेका आचार्यको पुस्तक वानेश्वर भीमसेनगोलास्थित श्री सत्यसाई केन्द्रमा नियमित आयोजना हुने भजन तथा सत्सङ समारोहबीच सार्वजनिक गर्दै पूर्वमन्त्री महेश आचार्यले लेखकले साईबाबालाई कल्पवृक्षका रुपमा चित्रित गर्नुभएको र प्रस्तुत पुस्तक हरेक उमेर र वर्गका व्यक्तिका लागि प्रेरणादायी भएको बताए ।
कार्यक्रममा पुस्तकका लेखक जनार्दन आचार्यले साईलीला समेटिएको संस्मरणात्मक पुस्तक कल्पवृक्ष सन् २०१० मा प्रकाशित भएकोमा अंग्रेजी संस्करणको पनि माग भएकोले सात वर्षपछि अंग्रेजी संस्करण प्रकाशन गरिएको जानकारी दिए ।
रस्नेहा शर्माद्वारा अंग्रेजी भाषामा अनुदित कल्पवृक्ष (अंग्रेजी संस्करण)को सम्पादन मुकुन्द अर्यालले गरेका हुन् ।
प्रतिक्रिया