ब्रा-हाफ चोलिमा सजिएकी रियाको उत्तेजक प्रस्तुती

ब्रा-हाफ चोलिमा सजिएकी रियाको उत्तेजक प्रस्तुती


आइटम डान्सर तथा हट नायिका रिया श्रेष्ठले आफ्नो हर्ट प्रर्दशनले दुबईमा दर्शकलाई झुमाएकी छन । ‘लैजाउन घुमाउन ठमेल बजार’, ट्याक्सी चलाउदै बोलको गीतमा उनको उत्तेजित प्रस्तुतिले दर्शकहरू नशामा झुमिरहेका थिए । ब्रा, हाफ चोलिमा सजिएकी उनी दर्शकहरूलाई मनोरन्जन दिन हदैसम्म प्रयास गरेकी थिइन् ।

उनीसँगै नेपाल आइडल रियालिटी शोको उत्कृष्ट १० मा परेका केन्जल मेहर श्रेष्ठले पनि आफ्नो प्रस्तुती दिएकी थिइन् । रभिन राज इन्टरटेण्डमेन्टको प्रस्तुती रहेको उक्त कार्यक्रममा गायक उदेश श्रेष्ठ, रोशन श्रेष्ठले पनि प्रस्तुती दिएका थिए । कार्यक्रममा युएईमा रहेका ब्याबसायी, समाजसेवीदेखि पत्रकारसम्मको उपस्थिति रहेको थियो ।

उनले छुनलाई होइन, हेर्न चै पाइन्छदेखि तीजको रहर आयो बरिलैसम्मको गीतमा आफ्नो प्रस्तुती दिएकी थिइन् । शुक्रबार राती दुबईको रमि रोयल होटलको डान्स बारमा भएको “गल्फ स्थान” अब रमाउँछ नेपाली लाइभ म्युजिक कार्यक्रममा उनले आफ्नो प्रस्तुती दिएकी थिइन् ।