दर्जनौँ क्लिनिक गैरकानुनी रुपले सञ्चालनमा (नालिबेलीसहित)

दर्जनौँ क्लिनिक गैरकानुनी रुपले सञ्चालनमा (नालिबेलीसहित)


पछिल्लो समय स्वाथ्य क्षेत्र अस्तव्यस्त बनिरहेको गुनासोहरु आइरहेको बेला राजधानीमा संचालित दर्जनौं क्लिनिकहरु गैर कानुनी रुपमा संचालनमा आएको पाइएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले केही दिन देखि गरिरहेको बजार अनुगमनमा दर्जनौं क्लिनिकहरु गैरकानुनी रुपमा संचालनमा आएको भेटिएको हो । विभागले गरिरहेको अनुगमनको नतिजा हेर्दा बजारमा बेथितीले सिमा नाघेको प्रष्ट हुन्छ ।

थापाथलिमा भएको अनुगमनमा सो ठाउँमा संचालित दर्जनौं क्लिनिकहरू गैरकानुनी रूपमा चलेको पाइएको छ भने क्लिनिकमा प्रयोग हुने विल समेत नक्कली हुने गरेको फेला पारेको छ ।

विभागले एकैदिनमा काठमाडौ पोलिक्लिनिक एण्ड प्याथोलोजि ल्याब प्रा.लि थापाथलीमा अनुगमन गर्दा जिल्ला जन स्वास्थ्य कार्यालयबाट स्वीकृति नलिई संचालन गरेकोले सिलबन्दी गरेको छ ।

त्यस्तै, रिजन फार्मेसी थापाथली प्यान दर्ताको सक्कल कागजात र फ्यास बोर्डमा लेखिएको सेवा सुविधाहरूको स्वीकृत नलिएकोले सो हटाइ ३ दिन भित्र फोटो सहित यस विभागमा पेश गर्न निर्देशन दिएको छ, त्यस्तै वेटर लाइफ फार्मेसी, थापाथलीले डि.डी.ए.को फर्मयाट अनुसारको बिल छपाइ नगरेको भन्दै तीनदिनभित्रै विभागमा उपस्थित हुन भनेको छ ।

यस्तै, हामा यू.एस. जी एण्ड क्लिनिक, थापाथली जिल्ला जन स्वास्थ्य कार्यालयबाट स्वीकृती नलिइ संचालन गरेको भेटिएको छ । यस्तै, हारती फर्मा, नारायणयी फर्मा औषधि पसलले डि.डी.ए.को फर्मयाट अनुसारको बिल छपाइ नगरेको पाइएको छ ।

त्यस्तै, डेन्टल डायग्नोसिष्ट प्रा.लि, माता हारती प्याथोलोजि ल्याबमा अनुगमन गर्दा कार्यरत कर्मचारीहरूको सम्झौतापत्र नभएको, डेन्टल ओ.पि.डी. र एक्सरे लिएकोमा हाल एक्सरे मात्र भएको पाएको थियो ।

त्यस्तै, रश्मी पोलिक्लिनिक एण्ड प्याथोलोजि ल्याब प्रा.लिमा अनुगमन गर्दा ल्याब सेवा र यू.एस.जि. सेवा सम्बन्धि कागजातहरू नभएको पाएको थियो भने विपुल फार्मेसीमा अनुगमन गर्दा डि.डी.ए. को फर्म्याट अनुसारको बिल नभएको र सम्बन्धित व्यवसायी अनुपस्थित रहेको पाएको थियो ।

यसरी राजधानीका क्लिनीकहरूमा अनुगमन गर्दा खराबी भेटिने क्रम बढेको विभागको भनाई छ । यो एकदिनको अनुगमनको नतिजाले हेर्दा पछिल्लो समय स्वाथ्य क्षेत्रमा बेथितीले सिमा नाघेको प्रष्ट हुन्छ ।
विभागका प्रवक्ता लक्ष्मण श्रेष्ठले पछिल्लो समय बजार अनुगमनलाई तीव्रता दिएको बताउँदै कौफियत देखिएकाहरूलाई कानुनी दायरामा ल्याइएको जिकिर गरे ।

उनले बजार नियन्त्रण बाहिर गएको स्वीकादै यसलाई नियन्त्रणमा ल्याउन सिमत स्रोत साधानका बिच पनि आफूहरू लागिपरेको स्पष्ट पारे । यसरी विभागले गरिरहेको अनुगमनमा कैफियत भेटिएकालाई सुध्रन मौका दिइएको छ भने बारम्बार अटेर गर्नेहरुलाई विभागले मुद्दा चलाउने तयारी गरेको बुझिन्छ ।