सञ्जय दत्तको बायोपिकमा काम गरिरहेका रणवीरको यस्तो अनुभव

सञ्जय दत्तको बायोपिकमा काम गरिरहेका रणवीरको यस्तो अनुभव


रणवीर कपुर अहिले सञ्जय दत्तको बायोपिकमा काम गरिरहेका छन् । सञ्जय दत्तको भूमिका निभाउनकै निम्ति उनले अफ्नो शरीर रुपान्तरणका गर्न निकै मेहनत पनि गरे । उनै रणवीरले सञ्जय दत्तले बायोपिकमा आफ्नो सबै गल्ती स्वीकार गरेको बताएका छन्।

‘अाफ्नो बायोपिकमा सञ्जय दत्त निकै इमान्दार भएका छन्। उनले अाफ्नो सबै गल्तीहरु स्वीकारेका छन् । फिल्ममा गान्धीजस्तो पात्र होइन्, एउटा कपटी मान्छे देखिँदैछन् । ऊ यस्तो पात्र हो जसलाई मान्छेहरु मन पराउँछन् र मन पराउँदैनन् पनि,’ एक अन्तरवार्तामा रणवीरले भने ।

‘यदि म उनको ठाउँमा भएको भए, मलाई लाग्दैन म अाफूबारे त्यति इमान्दार हुन्थे,’ रणवीरले थपे । सञ्जय दत्तको बायोपिकको नाम भने अझै टुंगो लागेको छैन । एजेन्सी