मेष
अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । सानो तिना समस्यामा अल्झिनुपर्ने । प्रेममा बाधाका साथै मन कमजोर रहला । मनमा सङ्का उत्पन्न हुनेछ । प्रेममा मनमुटाव रहला । साताको अन्त्यबाट दाम्पत्य जीवन सुखमय हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । यो साताका लागि शुभअङ्क ५,७ र शुभरङ्ग वैजनी वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।
वृष
बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । सामाजिक कार्यमा मन जानेछ । स्वास्थ्यमा सुधार आउनेछ । रबिवार बाट महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सोमवार बाट सरकारी निकाएको भय रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग कालो हो । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानकोे स्मरण गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
मिथुन
मानसिक चिन्ता बढ्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला । सामान हराउने वा नष्ट हुने योगछ । बैदेशिक क्षेत्र कमजोर रहला । सोमवार बाट लाभदायक यात्राको योग छ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट
कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रेममा सफलता पाइएला । वैदेशिक कार्य अघी बढ्नेछ । प्रेमीको सहयोग पाईनेछ । कूतनीतिक नियोगको सहयोग मिल्ला । साताको अन्त्यबाट महत्वपूर्ण अवसर गुम्न सक्नेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा सङ्का उत्पन्न हुनेछ । यो साताका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे वा पहेंलो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कालीजीको ध्यान गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
सिंह
विशिष्ट व्यक्तिको सहयोग पाईनछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सोमवार बाट चुनौतीको सामना गर्नुपर्ला । सामान हराउने वा नष्ट हुन सक्नेछ । व्यर्थको सास्ति खेप्नु पर्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग नीलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको दर्शन गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
कन्या
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । न्यायिक कार्यमा सफलता मिल्नेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । आफन्तहरुको सहयोगले कामहरु अगाडी बढ्नेछन । धर्म,कर्म तथा समाजसेवामा मनलाग्ने छ । यो साताका लागि शुभअङ्क १,३ र शुभरङ्ग नीलो हो । कुनै यात्रामा जानु अघि महादेवको आरधना गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला
धर्म,कर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला । मन प्रफुल्ल रहला । घरमा अतिथीको आगमन हुनेछ । प्रेम सम्बन्ध कसिलो होला । शिक्षामा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । आँटेकोे र ताकेको कार्य पुरा होला । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
वृश्चिक
धर्म,कर्म तथा समाजसेवामा मनलाग्ने छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । प्रेमीको सहयोग पाईनेछ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन । राज्यबाट मानसम्मान मिल्नेछ । रबिवार बाट काममा व्यवधान उत्तिकै देखापर्नेछ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग घिउरङ्ग हो । मृत्युञ्जयाय भगवानको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु
सामान हराउने वा नष्टहुन सक्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । अनावश्यक ठाउँमा धन खर्च होला । विचार गरेर निर्णय लिनु उचित होला । मध्य साता बाट सम्पत्तिमा विवाद बढ्नेछ । अनावश्यक धन खर्च हुनेछ । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग हरियो वा पहेंला हो । यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अत्यन्त लाभ मिल्नेछ ।
मकर
धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । बैदेशिक कार्य अघि बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । दाम्पत्य जीवन सुखमय हुनेछ । सोमवार बाट मनमा निरासा र शरीरमा आलस्य आउला । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कालभैरवको दर्शनगरी आरम्भ कार्य गर्दा सफलता प्राप्त हुनेछ ।
कुम्भ
लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । मनमा सङ्का उत्पन्न हुनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । साताको अन्त्यबाट शुभकार्यको चर्चा चल्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।
मीन
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रेममा मधुरता छाउला । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्नेछ । धार्मिक काममा रुची बढ्नेछ । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग सुन्तला हो । विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको लगानी बाट सफलता मिल्नेछ ।
प्रतिक्रिया