महाधिवेशनपछिको काङ्ग्रेस-ऋषि धमला

महाधिवेशनपछिको काङ्ग्रेस-ऋषि धमला


बाह्रौँ महाधिवेशन सङ्घारमा छ । त्यसैले त देशको पुरानो एवम् लोकतन्त्रप्रति प्रतिबद्ध पार्टी नेपाली काङ्ग्रेसमा यतिखेर उत्साह, उमङ्ग र रौनक छाएको छ । काङ्ग्रेसका विगतका महाधिवेशनभन्दा आसन्न बाह्रौँ महाधिवेशन धेरै कोणबाट ऐतिहासिक हुने भएकाले काङ्ग्रेसजनमा उत्साह छाएको हो । यसपटक देशभरबाट तीन हजारभन्दा बढी प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउँदै छन् । बाह्रौँ महाधिवेशनमा विगत महाधिवेशनभन्दा लगभग दोब्बर सहभागिता हुनु आन्तरिक लोकतन्त्रका लागि सकारात्मक पक्ष हो । पार्टीको विधानमै व्यवस्था भएअनुसार आसन्न महाधिवेशनमा हरेक निर्वाचन क्षेत्रबाट ११ जना महाधिवेशन प्रतिनिधि र एकजना क्षेत्रीय सभापतिको सहभागिता रहनेछ । महाधिवेशनमा प्रतिनिधित्व गराउने सवालमा काङ्ग्रेसले यसपटक समावेशीकरणलाई उच्च प्राथमिकतामा राखेको छ । अर्थात् पार्टीको तल्लो इकाइदेखि केन्द्रसम्म महिला, उत्पीडित, दलित, अल्पसङ्ख्यक र मधेसी समुदायलाई विधानले नै आरक्षण दिएकाले बाह्रौं महाधिवेशन समावेशी हुनेछ । अनि त्यस्तो महाधिवेशनले तय गर्ने नीति, नेतृत्व र कार्यदिशाले बहुसङ्ख्यक नेपालीकै भावनालाई मुखरित गर्ने विश्वास गर्न सकिन्छ ।
जब-जब महाधिवेशन निकट आउन थाल्छ, तब-तब काङ्ग्रेसमा नयाँ नेतृत्वको प्रतिस्पर्धा पनि प्रारम्भ हुन्छ । एउटा जीवन्त लोकतान्त्रिक पार्टीमा नेतृत्वको प्रतिस्पर्धा हुनु अस्वाभाविक होइन । तर, काङ्ग्रेसको आजसम्मको इतिहासले सावित गरेको तथ्य के हो भने यो पार्टी जहिले पनि सामूहिक नेतृत्वको अवधारणाबाट चल्दै आएको छ । एउटा बेग्लै तथ्य के हो भने, सर्वोच्च नेता गणेशमान सिंहको निधन र काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको राजनीतिक निष्त्रिmयताका कारण विगत दस-बाह्र वर्ष पार्टीलाई सभापति गिरिजाप्रसाद कोइरालाले एकल नेतृत्व दिनुपर्‍यो । अझ १२बुँदे समझदारी, ऐतिहासिक दोस्रो जनआन्दोलन, संविधानसभा निर्वाचन र गणतन्त्र स्थापनासम्मको अभियानमा त सभापति कोइरालाले काङ्ग्रेसलाई मात्र होइन, सिङ्गो देशलाई नै एकल नेतृत्व प्रदान गर्नुभयो । कोइरालाको निधनपछि एकातिर सो स्तर र उचाइका नेताको अभाव खट्किएको छ भने काङ्ग्रेसमा पनि अब सामूहिक नेतृत्व आवश्यक भएको छ । निश्चय नै, सिङ्गो देशलाई राष्ट्रिय सहमतिका आधारमा सामूहिक नेतृत्वको खाँचो भएको बेला बाह्रौँ महाधिवेशनपछि काङ्ग्रेसमा पनि सामूहिक नेतृत्व नै स्थापति हुनुपर्छ र हुनेछ ।
तर, यसपटक काङ्ग्रेसको सामूहिक नेतृत्वको रूप विगतको जस्तो हुनेछैन । विगतमा एउटै पुस्ताका तीन-चारजना शीर्ष नेताहरूको सामूहिक नेतृत्व स्थापित भएको थियो । तर, अहिले काङ्ग्रेसमा कुनै एउटै पुस्ताका केही नेताहरूबाट मात्र सामूहिक नेतृत्व पूर्ण हुनेछैन । सभापति कोइरालाको महाप्रस्थानपछि काङ्ग्रेसमा सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवा नेतात्रयका रूपमा नेतृत्वको शीर्ष स्थानमा छन् । अहिले महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका सुशील, शेरबहादुर र भीमबहादुर तामाङबीचको प्रतिस्पर्धा हेर्नलायकको हुनेछ । तर, यदि काङ्ग्रेसलाई नयाँ भिजन र युगसापेक्ष बनाउने हो भने यी तीन नेताभन्दा मुनिका पुस्तामा रहेका प्रभावशाली अनुहारहरूलाई पनि अब दरिलो गरी स्थापित गर्नुपर्ने देखिन्छ । अर्थात् पहिलो, दोस्रो र तेस्रो पुस्ताका प्रभावशाली, क्षमतावान, त्यागी र समकालीन राजनीतिमा हरेक कोणबाट आफ्नो प्रभाव देखाउनसक्ने नेताहरूलाई स्थापित गराउने गुरुत्तर दायित्व आसन्न महाधिवेशनको काँधमा आएको छ ।
महाधिवेशनपछि कस्तो काङ्ग्रेस बन्ला त – यो प्रश्न पनि महत्त्वपूर्ण छ । त्यसका लागि नेतृत्व मात्र होइन, नीतिको प्रश्नले पनि अर्थ राख्छ । काङ्ग्रेसले व्यक्तिगत स्वतन्त्रताका लागि लोकतन्त्र र आर्थिक सम्पन्नताका लागि समाजवादी मान्यतालाई आफ्नै वैचारिक नीतिको जगमा राखेको छ । अहिले भन्ने गरिएको सामाजिक न्यायमूलक लोकतन्त्रको सार भनेकै लोकतान्त्रिक समाजवाद नै हो । आजभन्दा साठी वर्ष पहिले नै प्रजातान्त्रिक समाजवादका रूपमा यसको बिउ रोप्नुभएको थियो- महामानव बीपी कोइरालाले । संयोगले महाधिवेशनकै चटारोबीच ९७ औं बीपीजयन्ती मनाउने अवसर पाए, काङ्ग्रेसजनले । यसले महाधिवेशनलाई अझ फलदायी बनाउने पक्का छ । काङ्ग्रेसको प्रजातान्त्रिक समाजवादको नीतिको अहिले पनि उत्तिकै सान्दर्भिकता छ ।
किनकि राजनीतिक स्वतन्त्रतासँगै मुलुकलाई चाहिएको छ- आर्थिक क्रान्ति । त्यसैले प्रजातान्त्रिक समाजवादको औचित्य अब झन् टड्कारो बनेको हो । सङ्क्रमणकालीन नेपालले एकातिर नयाँ संविधान निर्माण र गणतन्त्रको संस्थागत विकास गरर््र्दै लोकतान्त्रिक पद्धतिको दरिलो जग बसाल्नुपरेको छ भने अर्कोतिर राजनीतिक क्रान्तिसँगै मुलुकमा आर्थिक क्रान्तिको उद्घाटन पनि प्रारम्भ गर्नुपरेको छ । एकातिर विश्वव्यापी लोकतान्त्रिक मान्यताहरूको संस्थागत विकास, अर्कोतिर सामाजिक न्यायमा आधारित लोककल्याणकारी आर्थिक नीतिको खाँचो छ । यसका लागि विश्वव्यापी आर्थिक मान्यताहरूको संरक्षण गर्दै नेपाली विशिष्टतामा आधारित विकासका मोडलहरू लागू गर्नु आवश्यक छ । आजसम्म हरेक राजनीतिक क्रान्तिको नेतृत्व गर्दै आएको नेपाली काङ्ग्रेसले नै अबको आर्थिक क्रान्तिको नेतृत्व गर्नुपर्छ भन्ने आमलोकतन्त्रवादीहरूको अपेक्षा छ । यो अपेक्षालाई साकार पार्न बाह्रौं महाधिवेशनमार्फत नेपाली काङ्ग्रेसले लोकतान्त्रिक समाजवादमा आधारित लोककल्याणकारी शासन पद्धतिको स्थापनाका लागि स्पष्ट भिजन अघि सार्नैपर्छ । कुहिरोको कागझैं रुमल्लिएर दिग्भ्रमित भइरहेको नेपाली समाजलाई बाटो देखाई नेपाली काङ्ग्रेस फेरि पनि नेपाली राजनीतिको मियो बन्नुपर्छ । आशा छ- काङ्ग्रेसमा उदाउँदै गरेको जुझारु र जोसिलो युवापुस्ता तथा अनुभवी र पाको पहिलो पुस्ताको समन्वय र सामूहिक पहलमा काङ्ग्रेसले युगसापेक्ष कार्यदिशा तय गर्ने नै छ ।
मुलुकलाई अहिले राष्ट्रिय सहमतिको खाँचो छ, जसले बीपी कोइरालाले अघि सार्नुभएको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिकै औचित्यकै पुष्टि गर्छ । राष्ट्रिय एकताका लागि पहिले हरेक पार्टीभित्र एकता हुनुपर्छ । दलभित्रका गुटगत स्वार्थहरू तिरोहित हुनुपर्छ । र, यसको प्रारम्भ आसन्न महाधिवेशनमार्फत काङ्ग्रेसले नै गर्नुपर्छ । काङ्ग्रेसले एक त पार्टी एकीकरणपछि पनि जोडिन नसकेको भावनात्मक एकताको कडीलाई जोड्नुपर्छ । प्रधानमन्त्री पदको निर्वाचनमा कुनै विवाद नगरी रामचन्द्र पौडेललाई खडा गराउने निर्णय गरेर काङ्ग्रेसले अब भावनात्मक एकताको श्रीगणेश गरिसकेको छनक कार्यकर्ताले पाएका छन्, यो स्वागतयोग्य छ । राष्ट्रिय राजनीतिका मुद्दाहरूमा काङ्ग्रेस एकढिक्का भएका कारण यो पार्टी शक्तिशाली बन्दै गएको आभास सबैलाई भएको छ । आसन्न महाधिवेशनले यो भावनात्मक एकता अझ कसिलो पार्नुपर्छ ।
तर, काङ्ग्रेस एकढिक्का भएर मात्र पनि हुँदैन । सिङ्गो देश एकढिक्का हुनुपर्छ । र, देशलाई एकताको सूत्रमा बाँध्ने कामको नेतृत्व पनि काङ्ग्रेसले नै गर्नुपर्छ । विगतमा सभापति कोइरालाले जसरी माओवादी अध्यक्ष प्रचण्डलाईसमेत हिंसात्मक विद्रोहबाट सहमति र शान्तिको राजनीतिमा ल्याए, अनि जसरी सभापति कोइरालाको महाप्रस्थानपछि सहमतिको राजनीति टुट्न पुग्यो, त्यो अभावलाई पर्ूर्ति गर्ने दायित्व पनि काङ्ग्रेसकै काँधमा आएको छ । मुलुकका सम्पूर्ण शक्तिलाई समन्वय गरेर लैजाने, नयाँ संविधान निर्माण गर्ने, गणतन्त्र संस्थागत गर्ने र मुलुकलाई समुन्नतिको मार्गतर्फ अघि बढाउने दायित्व पनि काङ्ग्रेसकै हो । देशको यो विषम परिस्थितिमा अब काङ्ग्रेसले अरूको मुख ताक्ने होइन, बरु जनतातर्फ हेर्नुपर्छ, जो काङ्ग्रेसकै मुख ताकेर बसिरहेका छन् । बाह्रौँ महाधिवेशनले जनताको आकाङ्क्षालाई पनि सम्बोधन गर्नुपर्छ ।
कुनै पनि राजनीतिक दलका लागि महाधिवेशन आफैंमा उत्सव पनि हो । जसरी वसन्त ऋतुमा रूखले नयाँ पालुवा हाल्छ र प्रकृतिमा ‘सुगन्धम् पुष्टि बर्धनम्’को लहर ल्याउँछ, रूख चिह्नधारी नेपाली काङ्ग्रेसका लागि बाह्रौँ महाधिवेशन पनि शरद ऋतुमा छाएको वसन्तको लहर नै बन्नुपर्छ । भन्नुको मतलब बाह्रौं महाधिवेशमार्फत काङ्ग्रेसको नीति, नेतृत्व र कार्यदिशाले नयाँ पालुवा हाल्नुपर्छ । अनि राष्ट्रिय राजनीतिको यो निरस र पतझड याममा शान्ति, सहमति र समुन्नतिको सुगन्ध र्छर्नुपर्छ । महाधिवेशन सफल होस् । शुभकामना ।

काङ्ग्रेसको १२औँ महाधिवेशनमा उठ्नुपर्ने सवालहरू
-शंकर भण्डारी
नेपाली काङ्ग्रेसको आसन्न १२औँ महाधिवेशन सङ्घारमै आइसकेको छ । काङ्ग्रेसको यस अधिवेशनलाई मुलुकको प्रजातान्त्रिक एवम् लोकतान्त्रिक समाजले उत्साहका साथ हेरिरहेको छ । किनकि यो काङ्ग्रेसको अधिवेशन एकताको सन्देश दिने महाधिवेशन हो । साथै नेपाली काङ्ग्रेस र नेपाली काङ्ग्रेस प्रजातान्त्रिक एक भइसकेपछि हुन गइरहेको पहिलो अधिवेशन हो । हुन त यी दुवै पार्टी विचार र सिद्धान्तको आधारले ‘रक थिएनन् । तर, ०५८ सालमा पार्टी विभाजन भइसकेपछि काङ्ग्रेस कमजोर हुनु स्वाभाविकै थियो । काङ्ग्रेस कमजोर परेको मौका छोपी तत्कालीन राजाले प्रजातन्त्रको अपहरण नै गरे । यो कुरालाई सबै नेपाली काङ्ग्रेसका महासमिति प्रतिनिधि र महाधिवेशन प्रतिनिधिहरूले हृदयंगम गर्नु आवश्यक छ । इतिहासमै पहिलोचोटि सबै जात, धर्म, वर्ण, लिङ्ग र सांस्कृतिक पहिचान बोकेका मानिसहरू महासमिति र महाधिवेशन प्रतिनिधिको रूपमा महाधिवेशन हलमा प्रवेश गर्दै छन् । जसले काङ्ग्रेसलाई नयाँ ऊर्जा र प्राण दिन्छ भन्ने विश्वास गरिएको छ । त्यसैले पनि काङ्ग्रेसको यो अधिवेशनलाई छुट्टै विशेषता बोकेको अधिवेशनको रूपमा सबैले हेरेका छन् ।
काङ्ग्रेसको यो महाधिवेशनले धेरै कुराको टुङ्गो लगाउनुपर्नेछ । सङ्घीयताको सवाल आज मुलुकको प्रमुख विषय भएको छ । यसलाई कुन रूपमा टुङ्गो लगाउने हो भने नेपाली काङ्ग्रेसको महाअधिवेशनले स्पष्ट पार्नुपर्छ । आ’ैंमा नेपाल धेरै जातजाति, भाषाभाषी, धर्म-संस्कृति र प्राकृतिक विविधतता बोकेको मुलुक हो । हामी प्रत्येक नेपाली जातका हिसाबले, भाषाका हिसाबले, सांस्कृतिक हिसाबले, प्राकृतिक विविधताका हिसाबले एक-अर्कोप्रति अन्योन्यास्रित छौँ । सङ्घहरू निर्माण गर्दा आर्थिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक र भाषिक कुराहरूलाई ध्यान पुर्‍याउन नसकिए सङ्घ निर्माणको कुनै अर्थ रहँदैन । कति ठाउँमा सङ्घ निर्माण गर्दा राष्ट्र टुक्रिएको पनि छ । कति ठाउँमा सङ्घ निर्माण गरेर राष्ट्रहरूले प्रगति-पथ चुमेका पनि छन् । त्यसैले काङ्ग्रेसमा को सभापति हुन्छ भन्दा पनि काङ्ग्रेसले के-कस्तो निर्णय लिन्छ भनेर राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लोकतान्त्रिक समाज यस अधिवेशनलाई प्रमुखताका साथ नियालिरहेको छ । किनकि, नेपाली काङ्ग्रेस यस्तो लोकतान्त्रिक शक्ति हो जसले लोकतन्त्रका मूल्य र मान्यतालाई थाती राखेर कहिल्यै सम्झौता गर्दैन ।
नेपाल गाउँ नै गाउँले भरिएको मुलुक हो । अधिकांश जनता कृषिमा आधारित छन् । त्यसैले ती किसान दाजुभाइको जनजीविकाको सवालमा काङ्ग्रेसले स्पष्ट खाका कोर्न आवश्यक छ । नेपाली काङ्ग्रेसको किसान सङ्घ सक्रिय छ । कृषकको जीवनयापन सपार्न उन्नत बिउबिजन, आधुनिक खेती-प्रणाली र अत्याधुनिक कृषि औजारहरूको प्रयोगबारे नीति मात्र निर्माण गरेर हुँदैन । त्यसलाई कार्यान्वयन पक्षमा लैजान ढिलो भइसकेको छ । महामानव बीपी कोइरालाले योजना बनाउँदा किसानको ‘ोटो अगाडि राखेर बनाउनुपर्छ भनेर त्यसै भन्नुभएको होइन । किसानको हित गर्ने योजनाभित्र शिक्षा, स्वास्थ्य र रोजगारजस्ता कुरा मात्र पर्दैनन् । गाँस, बास र कपासको ग्यारेन्टी पनि पर्छ ।
विश्वको आधा जनसङ्ख्या ओगटेको महिलाको अवस्था हामीले सुधार्न सकेका छैनौँ । साँच्चै महिलाको बाँच्ने अधिकार पनि सुरक्षित छैन भन्दा पनि हुन्छ । वर्षेनी हाम्रो मुलुकमा सुत्केरी अवस्थामै धेरै महिला मृत्युको मुखमा पुग्छन् । प्राथमिक उपचार पनि सुलभ पार्न सकेका छैनौं महिलाको हकमा । गान्धीजीले भनेजस्तो एउटी महिलालाई शिक्षित बनाऊ पूरै परिवार शिक्षित र स्वस्थ हुन्छ भन्ने उक्तिले धेरै ठूलो महत्त्व बोकेको छ । के नेपाली काङ्ग्रेसले आफ्नो महिला सङ्घ परिचालन गरेर महिला सशक्तीकरणमा जोड दिनु ढिलो भइसकेन र – के महिला सशक्तीकरणको सवाल केवल एनजीओ र आईएनजीओमाथि छोड्नु उपयुक्त हुन्छ र –
देशको ठूलो जनसङ्ख्याको हिस्सा ओगटेको युवाशक्ति नेपाली काङ्ग्रेससँग आकरि्षत छ भन्ने कुरो भर्खरै सम्पन्न नेपाली काङ्ग्रेसको गाउँ र जिल्ला अधिवेशनले प्रमाणित गरिसकेको छ । तर, रोजगारीको अभावले युवाहरू दिनानुदिन विदेश पलायन भइरहेका छन् । उनीहरूलाई देशमै रोजगारी वा स्वरोजगारीको वातावरण सिर्जना गरी ती बलिया र कर्मठ हातहरूलाई देश निर्माणमा लगाउनु नेपाली काङ्ग्रेसको दायित्व होइन – चुनाव आएपछि सम्भिmने र चुनावपछि बिर्सने युवानीतिले नेपाली काङ्ग्रेसको चारतारे झण्डा कतिसम्म अघि बढ्ला – आज काङ्ग्रेसको नेतृत्व वर्गले यसबारे सोच्नु आवश्यक छ । नेपाली काङ्ग्रेसमा २००७ सालदेखि नै निरन्तर खटेका थुप्रै महानुभाव हुनुहुन्छ । उहाँहरूको अनुभव र दक्षतालाई नेपाली काङ्ग्रेसले सम्मान र पहिचान गर्न सक्नुपर्छ । युवाहरूको जोस र प्रौढहरूको अनुभव त नेपाली काङ्ग्रेसको सम्पत्ति हो । यसलाई समायोजन गरी नेपाली काङ्ग्रेसले आफ्नो मौलिक नीति निर्माण गर्नुपर्छ ।
तराई नेपाली काङ्ग्रेसको उर्वर भूमि हो । मधेस भनेको एक घर बराबर १० काङ्ग्रेस उत्पादन गर्ने स्थल हो । तर, नेपाली काङ्ग्रेसको नेतृत्वको अकर्मण्यताले गर्दा गएको संविधानसभाको चुनावमा नेपाली काङ्ग्रेसले उल्लेखनीय स्थान हासिल गर्न सकेन । नेपालको राष्ट्रियता र राष्ट्रिय सुरक्षाको सवालमा मधेसी जनताको ठूलो योगदान छ । नेपाल र भारतबीचको खुला सिमानामा सीमा सुरक्षाको काम गरेका छन् मधेसका जनताले । यस कुरालाई नेपाली काङ्ग्रेसले मात्र होइन सिङ्गो मुलुकले बुघ्न आवश्यक छ । आदिवासी, जनजाति र दलितले आत्मसम्मान, राष्ट्रिय पहिचान र राष्ट्र निर्माणमा आफ्नो भूमिकाको खोजी गरेका छन् ।
तर्सथ यी सारा कुराको सम्बोधन नेपाली काङ्ग्रेसको आसन्न १२औँ महाधिवेशनले गर्नु आवश्यक छ । यो महाधिवेशन केवल कर्मकाण्डी महाधिवेशन नहोस् । यसले केवल नेतृत्व चयन गरेर मात्र हुँदैन । जुन नेतृत्व आए पनि काङ्ग्रेसकै आउने हो । त्यसैले पनि यो महाधिवेशनले बेग्लै विशेष र विशिष्ट महत्त्व बोकेको छ । अब हेरौँ नेपाली काङ्ग्रेसको नेतृत्वले यी यावत् कुराहरूलाई कसरी व्यवस्थापन गर्छ । आज काङ्ग्रेसका भोटर, कार्यकर्ता र शुभेच्छुकहरू यही कुरालाई लिएर आशातीत नजरले नेपाली काङ्ग्रेसको १२औँ महाधिवेशनलाई हेरिरहेका छन् ।