महाधिवेशन प्रतिनिधि र बोलकबोल टेण्डर

महाधिवेशन प्रतिनिधि र बोलकबोल टेण्डर


-शिवजी श्रेष्ठ
गत साताको तरुण साप्ताहिकमा एउटा चाखलाग्दो समाचार प्रकाशित भएको छ । यदि त्यो समाचार सत्य हो भने यी काङ्ग्रेसका नेता भनाउँदाहरूले शिर निहुरिएको हुनसक्छ, जसले उसलाई सक्रिय सदस्यता प्रदान गरेको छ, अनि त्यसैको हाँगोमा टेकेर जो नेपाली काङ्ग्रेसको सर्वोच्च निकाय महाधिवेशनमा प्रतिनिधित्व गर्न पाइरहेछ । नेपाली काङ्ग्रेससँग नजिकको नाता राख्ने यस साप्ताहिकअनुसार यस्तो व्यक्ति महाधिवेशन प्रतिनिधि हुन सफल भएको छ, जसले ‘जय नेपाल’ भन्नलाई अल्मलिइरहेको छ, अनि नेविसङ्घका अध्यक्ष प्रदीप पौडेल मात्र होइन, नेविसङ्घको बारेमा समेत अनभिज्ञ छ । हाम्रो पार्टी ‘मासवेश’ पार्टी हो भनी दङ्ग पर्ने नेता तथा कार्यकर्तालाई यो एउटा गतिलो झापट पनि हो । कतिपय ठाउँमा मान्छे होइन ‘फोटो’ मात्र भए पनि सक्रिय सदस्य बन्न पाइने, सक्रिय सदस्यता प्राप्त गरेबापत पार्टी विधानमा तोकेको रकम सदस्य बन्नेले तिर्ने होइन कि आफ्ना लागि सदस्य बनिदिए’ बापत उल्टै सदस्यले बनाउनेले तिरिदिएको मात्र होइन, देश अनि विदेशमा टेण्डर आह्वान गरेर महाधिवेशन प्रतिनिधि बोलकबोलमा छानिएको कुरा सत्यको नजिक पुगेको महसुस हुन्छ । ‘जयनेपाल’ भन्न नजान्ने मात्र होइन, यो नेपाली काङ्ग्रेसको कतिऔं महाधिवेशन हो – भन्न पनि अनकनाउनेहरू कतिपय ठाउँबाट महाधिवेशन प्रतिनिधि बन्न पुगेको छ । अनि कतिपय क्षेत्रमा त को-को सक्रिय सदस्य भयो भन्ने थाहै नपाई पत्र-पत्रिकामा ‘महाधिवेशन प्रतिनिधि भयो रे’ को अवस्थामा पुगेकोसमेत पाइएको छ । नेपाली जनसर्म्पर्क समिति, बेलायतका महामन्त्रीसमेत रहिसकेका र नेपालमा रहँदा क्षेत्रीय सचिवको जिम्मेवारीसमेत सम्हालिसकेका व्यक्ति जो आफैं महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए थाहै नपाई पत्रिकामा महाधिवेशन प्रतिनिधि छानिइसकेको समाचार पढेर झस्किएछन् । तब काठमाडौंमा पार्टीका कार्यकारी प्रमुखसँग फोन लगाएछन्, कार्यकारी प्रमुखको कुरा सुनिसकेपछि पार्टीका नेताप्रति आक्रोश होइन दया लागेको र नेपाली काङ्ग्रेसको कार्यकर्ता हुँ भन्न गौरव होइन ग्लानि महसुस हुन थालेको सुनाउँदै गर्दा उनी आफ्नो पार्टीका गौरवपूर्ण विगत पनि सम्भिँmदै थिए । ती नेताको विवशता सुनेर आक्रोशित उनले ‘तपाईंको मुख पनि हेर्न मन छैन’ भनेको सुनाउँदै गर्दा सम्झन पुगेँ, कुनै दिन पार्टीको सभापतित्व ग्रहण गरेका बीपी, सुवर्णशमशेर, किशुनजी, गिरिजाबाबुको पदचाप सुन्दै दङ्ग र र्सतर्क हुने कार्यकर्ताहरू आज ‘मुख हर्ेर्दिनँ’ भन्नुपर्ने अवस्थामा पुगेँ । आफ्नो उम्मेदवारी घोषणा गरेर बसेका नेपाली जनसर्म्पर्क समिति, बेलायतका संस्थापक सभापति झन् अचम्ममा परेका छन् । सायद तरुण साप्ताहिकले समाचारमा प्रकाशित गरेको क्षेत्रमा पनि त्यस्तै भएको थियो होला । पद र पैसा बुझेको र बोलवाला हुँदा ‘जय नेपाल’ होइन ‘माधव नेपाल’ सुन्नु अनि नेविसङ्घ होइन, उद्योग वाणिज्य सङ्घ सुन्नु अस्वाभाविक होइन ।
सबैभन्दा दिक्कलाग्दो कुरा लत यो हो, प्रतिनिधित्वको कुरामा देखिएको विरोधाभास त आफ्नो ठाउँमा छँदै छ । तर, कार्यकारी नेतृत्वमा रहेकाबाटै त्यसमा लाचारीपन देखाउनु अझ भनौँ संरक्षण भएको देखिनु सबैभन्दा सोचनीय कुरा हो । अझ ताजुव त त्यतिखेर लाग्छ, जब पार्टी कार्यकर्ताले वैधानिकताका कुरा, प्रणालीका कुराहरू उठाएर सम्बन्धित नेतृत्वलाई सजग गराउँदा ‘हो र -‘ भन्ने आर्श्चर्यसमेत व्यक्त नगरी अनि ‘ए, म हर्ेर्छर्ुुसमेत नभनी उल्टै ‘त्यहाँ मात्र होइन, अरू ठाउँमा पनि त्यस्तै भएको छ’ भनी ‘भैगो हुन देऊ’ को निरीह र स्वार्थी भाषा सुनेर ती कार्यकर्ता दिक्क छन् । बेलायतमा मौका परे बेलायतीलाई पनि ‘जय नेपाल’ भन्न लगाउन खोज्ने ती कार्यकर्तालाई ‘जय नेपाल’ नै भन्न अकमकाउने ती महाधिवेशन प्रतिनिधिको अगाडि कति हीनताबोध हुँदो हो – त्यो हीनताबोध ती प्रणालीको कुरा उठाउने कार्यकर्ता मात्र होइन सम्पूर्ण सच्चा कार्यकर्ताको पनि हो ।
अहिले नेपाली काङ्ग्रेसको निर्णायक स्थानमा बसेर कार्यकर्ताको सजगता र चिन्ताप्रति गैरजिम्मेवार व्यवहार गर्ने ती नेताको व्यवहार सुन्दा र देख्दा चिलीको एक खानी ७०० मिटर तल धसिएर थुनिन पुगेका ३३ जना मजदुरमध्ये इस्तावन रोजाशाको याद आएको छ । जो खानीमा थुनिएका मजदुरहरूलाई आफ्ना परिवार वा आफन्तहरूलाई प्वालहरूको माध्यमबाट लेखेर सन्देश वारपार गर्ने क्रममा सुरुङको ट्रयापबाट बाहिर निस्केपछि ‘विवाह गर्छर्ुुभनेर आफ्नी पे्रमिकालाई खबर पठाइरहेछ । सुरुङको ट्रयापमा पर्नुअघि धेरैपटक उनकी पे्रमिकाले विवाहका लागि अनुरोध गर्दा बेवास्ता गर्ने रोजाशाले अब आफू ७०० मिटरभित्र सुरुङमा ट्रयापमा परे तब आफ्नी पे्रमिकाको सम्झना अनि महत्त्व बुझे । सायद नेपाली काङ्ग्रेसका ती नेता, जो अहिले पार्टीको निर्णायक तहमा छ, तब उसले पार्टीका कार्यकर्ताका त्यस्ता अनुरोधलाई त्यसरी नै बेवास्ता गरेको छ, जसले सुरुङको ट्रयापमा नपरुन्जेल रोजाशाले आफ्नी प्रेमिकाको अनुरोधलाई बेवास्ता गरेको थियो । सायद कुनै दिन नेता पनि ‘जय नेपाल’ भन्न पनि अकमकाउने, नेविसङ्घ पनि नचिन्ने तिनै महाधिवेशन प्रतिनिधिहरूको ट्रयापमा पर्नेछन् । तब रोजाशाले आफ्नी पे्रमीका सम्भिmए जसरी तिनै कार्यकर्ताहरूलाई सम्झने छन् । तर, त्यतिखेर धेरै ढिलो भइसकेको हुन पनि सक्छ ।
कुनै दिन नेपाली काङ्ग्रेसको चवन्नी सदस्यता -साधारण सदस्यता) को कत्रो इज्जत र मूल्य थियो, आज सक्रिय सदस्यता नै कार्यकर्तामा वितरण होइन, बिक्री भयो । त्यागी र इमानदार कार्यकर्ताहरू रमिते भएका छन्, नेविसङ्घको नाम सुन्दा अचम्मित हुनेहरू महाधिवेशन प्रतिनिधि भएका छन् । झन् विदेशमा बसेर खरिद-बिक्रीमा संलग्न हुनेहरू कति त महासमिति सदस्यतासमेत लिलाम बढाबढमा हात पार्न सफल भएका छन् । नेपाली काङ्ग्रेसको इतिहास बनाउनेहरू नै त्यसैलाई भजाइरहेछन्, इतिहास बोकेकाहरू नै त्यसका लागि सहयोगी बनिरहेछन्, वातावरण बनाइरहेछन् ।
यदि यस्तै वातावरणलाई प्रश्रय दिइरहने हो भने, सदस्यता वितरण प्रणालीलाई यस्तै फितलो बनाइरहने हो भने, प्रतिनिधि छनोटमा यस्तै व्यापारिक मोलमोलाईलाई रमिते बनेर हेरिरहने हो भने अनि पार्टीका लागि होइन आफ्ना लागि मात्र सोच्ने हो भने, इमानदार कार्यकर्ताले उठाएका कुराहरूलाई ‘त्यहाँ मात्रै होइन त्यहाँ पनि’ भनेर बेवस्ता गर्दै जाने हो भने, धेरै कुरिरहनुपर्दैन, एक दिन यस्तो पनि हुनसक्छ । जहाँ नेपाली काङ्ग्रेसको इतिहास बोकेको कुनै देउवा होइन, कोइराला वा तामाङ वा आचार्य होइन निधि, खड्का, सिंह, पौडेल पनि होइन यिनले भन्दा राम्ररी व्यापारिक हिसाबकिताब जानेका, टेण्डरको बोलकबोलमा खरो उत्रिन जानेका टण्डन, गोल्छा वा कुनै धाडेवालाले पार्टीको नेतृत्व सम्हाल्ने दिन पनि आउनसक्छ । रोजाशाले त खानीभित्रको सुरुङको ट्रयापमा परेपछि मात्रै पे्रमिका र उसले गरेको अनुरोधको महत्त्वलाई बुझन सक्यो । हाम्रा नेताहरूले अझ भनौं निर्णायक तहमा अहिले बसिरहेका कार्यकारी अधिकारी धारणाा गरेका नेताले यस्तै ट्रयापमा पर्नुअघि नै यस्तै कार्यकर्ता र उसको अनुरोधको महत्त्वलाई बुझिदिए, रोजाशाको प्रेमिकाले खुसी मनाए जसरी ती पार्टीप्रति प्रतिबद्ध कार्यकर्ता जो पार्टीको भविष्यप्रति चिन्तित छन् ले पनि खुसी मनाउने थिए कि – अनि ऊ जस्तै अरू कार्यकर्ताले पनि नेताको मुख हेर्नु नपरोस् भन्ने उदेकलाग्दो स्थितिबाट हिजोजस्तै नेताहरूको पदचाप सुन्दै गौरव गर्ने दिनहरू फेरि आउने थिए । यसका लागि कुनै पनि नेता तथा कार्यकर्ताले यस्ता ट्रयापमा पर्नु नपरोस् । अझ भनौँ, पार्टीको सदस्यता -कुनै पनि) वा प्रतिनिधित्व त्याग र पार्टीका सङ्गठनमा लगानी हेरेर वितरण गरियोस्, जहाँ पार्टीको सदस्यता वितरण होइन बिक्री नहोस् त्यो पनि पार्टी -सङ्गठन) मा लगानीको आधारमा होइन, नेताहरूलाई रात्रि पार्टीमा गरिएको लगानीको आधारमा नहोस् ।
-पूर्वउपसभापति, नेपाली काङ्ग्रेस जनसर्म्पर्क समिति बेलायत)