खेतीयोग्य जमिन प्लटिङ गर्न रोक

खेतीयोग्य जमिन प्लटिङ गर्न रोक


पछिल्लो समय अत्याधिकमात्रामा खेतीयोग्य जमिनलाई प्लटिङ गरि बिक्री गर्ने प्रकृयामा बृद्धिभएपछि सरकारले खेतीेयोग्य जमीन प्लटिङ गर्न बन्देज लगाएको छ ।  नयाँ व्यवस्था अनुसार कुनै पनि खेतीयोग्य जमीन बर्षमा एकपटक मात्र कित्ताकाट गर्न पाइने व्यवस्था लागु गरेको छ । यो ब्यवस्था कार्यान्वनमा आएसँगै खेतीयोग्य जमिन प्लटिङ गरे बिक्री गर्ने क्रम रोकिने छ ।

मन्त्रालयले भूमिसुधार ऐन २०२१ बमोजिम कृषियोग्य जमिनको प्लटिङमा रोक लगाएको हो । तर, पारिवारिक अंशबन्डा हुँदा भने कृषियोग्य जमिनलाई कित्ताकाट गर्न पाइने छ । तर नयाँ ब्यवस्था लागू हुनुभन्दा अघि अगाडि पल्टिङको लागि अनुमति लिएको तथा ५० प्रतिशत जमिन बिक्री भएकोमा जग्गामा भने उक्त ब्यवस्था लागू नहुने भएको छ ।

निर्देशिका अनुसार कृषियोग्य जमिनको व्याख्या जग्गा नामजाँच ऐन २०१९ बमोजिम पुनः नामजाँच भएको क्षेत्र जग्गा नामजाँच नियमावली २०५८ को नियम २० अनुसार कृषि क्षेत्र उल्लेख भएका जग्गाहरु र पुनः नामजाँच हुन बाँकी रहेको क्षेत्रमा साविकमा नामजाँच हुँदा फिल्डबुक तथा श्रेस्ता पुर्जामा धनहरतर्फ अब्बल, दोयम सिम र भिरपाखो तर्फ अब्बल र दोयम कायम रहेको जग्गा सम्झनुपर्ने उल्लेख छ ।