मिलिजुली समूह, काठमाडौंले तेस्रो भलुवाही पदमपुर वृहत्त सम्मेलन तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । शनिबार आयोजित सो समारोहमा सिरहा जिल्लाको भलुवाही र पदमपुर गाउँका समाजमा विभिन्न योगदान दिने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा भलुवाहीका प्राडा स्व. अञ्जनीकुमार शर्मालाई मरणोपरान्त विशेष सम्मान गरिएको थियो भने इ. शिरोमणी उपाध्याय, डा. रेणु अधिकारी, कवि श्रीराम सिरज, डा. विमलकुमार शर्मा, ढुण्डीराज अधिकारी, डा. मिथिला शर्मा, विष्णुप्रसाद शर्मा पराजुली, विश्वमणि उपाध्याय, उपेन्द्र उपाध्याय, पत्रकार चन्द्रदेव कामती, सुशीला ढकाल र एसइइमा उत्कृष्ट स्थान ल्याएकी आशिका ढकाललाई सम्मान गरिएको थियो ।
जेष्ठ नागरिक विन्देश्वर अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा डा. पराशर कोइराला तथा अन्नपुर्णा शर्माको विशेष आतिथ्य रहेको थियो । डा. पराशर कोइराला, प्राडा सुनील कुमार शर्मा ढकाल, डा. विमलकुमार शर्मा, श्रीराम सिरज, हरिनारायण साह, चन्द्रदेव कामती र समूहका संयोजक अवधेश गौतमले बोलेका सो कार्यक्रममा जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रतिक्रिया