ठूलो बन्न घम्साघम्सी : मन्त्रालय र राखेपबीच दोहोरी

ठूलो बन्न घम्साघम्सी : मन्त्रालय र राखेपबीच दोहोरी


युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट र आफ्नो वरीयताको बारेमा प्रश्न उठाएपछि अहिले खेलकुदमा विवादको बिजारोपण भएको छ । अर्थात्, वरीयताकै विवादले सचिव दाहाल र सदस्यसचिव विष्टबीच दोहरी चलेको छ ।
सचिव दाहालले वरीयता क्रममा आफु खेलकुद मन्त्री दोश्रो भएको दाबी गरेपछि विवाद उत्पन्न भएको हो । मन्त्रालयमा खेलकुद मन्त्रीपछि सचिव दोश्रो वरीयताको हुने भए पनि राष्ट्रिय खेलकुद परिषदको हकमा भने त्यो नियम लागु नहुने राखेप स्रोतले बताएको छ । राखेपको वोर्डको अध्यक्ष खेलकुद मन्त्री हुन्छ । त्यसपछिको वरीयतामा सदस्यसचिव हुन्छ । अन्य सबै वोर्डका सदस्य मात्रै हुन्छन् । राखेपको वोर्डमा मन्त्रालयको सचिवको हैसियत पदेन सदस्य मात्रै हो ।

नियम कानुनसङ्गत यो कुरा दुवैले बुझेका र जानेका छन् । तर सचिव दाहाले यो कुरालाई तिलको पहाड बनाएपछि विवादले उग रुप लिएको हो । गतसाता राखेपले सातदोबाटोमा आयोजना गरेको हिटिङ पौडी पोखरीको शिलन्यास कार्यक्रममा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीपछि दोश्रो वरीयतामा सदस्यसचिव विष्टलाई राखेपछि सचिव दाहालले आफ्नो मानमर्दन भएको भनी आपत्ती प्रकट गर्दै परिषदका कर्मचारीलाई झपारेपछि घरभित्र लागेको आगोको राप बाहिरसम्म पुगेको हो ।

अहिले त ठूलो कि म ठूलो, आखिर को ठूलो ? भन्ने विवाद खेलकुदमा चलिरहेको अवस्थामा सचिव दाहालले आफुलाई राखेपको सदस्यसचिवभन्दा ठूलो भएको दाबी गरेको स्रोतले बताएको छ । दाहालले आफु ठूलो भएको भान गराउन सहसचिव अर्णप्रसाद न्यौपानेलाई फोन गर्न लगाएर सदस्यसचिवलाई लज्जित तुल्याउने असफल प्रयास गर्नुले पनि यो कुरालाई प्रस्ट्याएको छ ।

उक्त फोन बार्तामा सहसचिव न्यौपानेले वरीयता क्रममा सचिव दाहाल ठूलो भन्दै राखेपले शिलन्यासको क्रममा सचिवको मानमर्दन गरेको बताएका थिए । न्यौपानेलाई जवाफ पर्काउने क्रममा सदस्यसचिव विष्टले राखेपले आयोजना गरेको कार्यक्रममा मन्त्रीपछि सदस्यसचिव नै दोश्रो वरियारको हुने दाबी गरेको बुझिन आएको छ । साथै विष्टले यस्ता झिनामसिना कुरामा अल्झेर समय बर्बाद गर्नुभन्दा मिलेर अगाडि बढ्दा खेलकुदको कल्याण हुने तर्क गरेको स्रोतले जानकारी गराएको छ । स्मरणीय छ, खेलकुद मन्त्रालयमा नयाँ मन्त्री आएपछि सदस्यसचिव विष्टलाई निचा देखाउन सचिव दाहाल दिलोज्यानका साथ लागेको उनको व्यवहारबाट बुझिएको छ ।