अन्ना हजारे, सभासद् बबन सिंह र नेताहरुले सिक्नुपर्ने पाठ

अन्ना हजारे, सभासद् बबन सिंह र नेताहरुले सिक्नुपर्ने पाठ


-अधिवक्ता,जगत प्रसाद आचार्य,
नेपालमा बढदै गएको भ्रष्टाचारको जालो सम्पूर्ण जिल्लाहरुमा फैलेरहेको र त्यस्तो भ्रष्टाचार र राजनीतिक अपराध नियन्त्रण गर्न दबाब दिनका लागि रौतहट क्षेत्र नं १ बाट भूमिगत अवस्थामै संविधानसभा निर्वाचन जितेर चर्चामा बटुलेका सभासद् बबन साहले विभिन्न आठ सूत्रीय माग राखेर गत हप्ता भ्रष्टाचारविरुद्ध जिल्ला विकास समिति रौतहटको प्राङ्गणमा आमारण थालेर सम्पूर्ण रौतहट बासीहरु लाई एउटा गान्धीबादीको नमुना मात्र देखाएनन सिङ्गो नेपालका सत्ता र भत्ताको लागि लडी रहने राजनैतिक दलका नेताहरु र जनताहरुको अमूल्य मत लिई सत्तामा पुगेका ६०१ जना सभासदहरुको अगाडि गतिलो उदहरण बनेर देखाइ दिएका छन् । सभासद् सिंहको अनसनप्रति नागरिक समाज र नेपाल पत्रकार महासंघ रौतहट शाखाले समेत ऐक्यबद्धता जनाएर निजको तारिफ गरेका थिए । सत्ता, भत्ता र भातका लागि काठमाडौं केन्द्रित नेताहरुले गरीब, बेसहारा र गाउँले जीवनबाट ग्रषित जिल्ला, गाउँ र टोलको बिकाश र आफ्ना अधिकारका लागि संघर्षसिल जनताहरुका आबस्यकता र आवाज सुन्न नसकेका हुनाले बबनसिंहले शुरु गरेको कार्यले सबै नेताहरुको आखा खुल्ने र उदाहरनीय शिक्षा लिनु पर्ने हुन्छ ।

आज नेपालमा भ्रष्टाचार मालपोत, राजस्व, भन्सार, विमानस्थल, प्रहरी प्रसासन, समाज कल्याण परिषद,श्रम बिभाग र विभिन्न मन्त्रालय लगायत जताततै दिनमा दुई गुना र रातमा चौगुना मौलाउँदै गइरहेको अवस्थामा यसरि रौतहटबाट स्वतन्त्र सभासद् बबन सिंहले भ्रष्टाचारविरुद्ध अनिश्चितकालिन आमरण अनशन शुरु गर्नुलाई एक सकारात्मक रुपमा लिन सकिन्छ । उनीले जिल्ला विकास समिति रौतहटको प्रांगणमा त्यस जिल्लामा व्यापक रुपमा बढ्दै गएको भ्रष्टाचारलाई रोक्न तथा भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै आमरण अनशनमा बसेर सम्बन्धित निकायहरुलाई २ दिनमा घुँडा टेकाएर प्रतिबद्दता गराएर छोडे । उनले भारतीय गान्धीवादी नेता अन्ना हजारेको अनशनबाट प्रभावित भएर आफू पनि भ्रष्टाचारविरुद्ध आमरण अनशन शुरु गरेको बताउदै जसरी अन्ना हजारेले ठीक मुद्दाअगाडि सारी संसारको ध्यान आक्रिस्ट गरेर त्यसलाई पूरा गर्न वा गराउन राज्यलाई दवाव दिन हिंसात्मक र रक्तपात पूर्ण आन्दोलन गर्न आवश्यक हुँदैन भन्ने गतिलो शिक्षा विश्वलाई दिएका छन्। भारतमा लाखौ युवाहरु अन्नाको आन्दोलनलाई समर्थन गर्दै सडकमा उत्रिएता पनि त्यस आन्दोलनलाई सशक्त बनाउने नाममा कसैले पनि तोडफोड वा आगजनी नगरेर अहिंसात्मक आन्दोलनबाटै ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने उनको आन्दोलनबाट सन्देश पाउन सकिन्छ । त्यसको सिको गर्दै सभासद बबन सिंहले आमरण अनशन शुरु गरेको २ दिन भित्रमा त्यस जिल्लाका सम्पूर्ण सम्बन्धित निकायहरुलाई सोच्न बाध्य पार्नुबाट बबन सिंहको बारेमा बिगतमा जेजस्तो सुनिन्थ्यो । त्यो सायद गलत थियो कि भन्ने अब सबैलाई महशुस अबश्य हुने छ ।

निजले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई काखी च्यापेर बसेको आरोप लगाउंदै उनले राजनीतिक दलहरुको इशारामा भ्रष्टाचार हुने गरेको र संसद विकास कोषको रकमदेखि जिल्ला विकास समिति, गौर नगरपालिका, गौर अस्पताल, वागमती बाँध निमार्णमा भएको अनियमितता लगायत विभिन्न विकास निर्माण कार्यहरुमा निकासा भएको बजेटमा भ्रष्टाचार भएकोले दोषीलाई कारबाही र भ्रष्टाचारमुक्त जिल्ला नबनेसम्म आफ्नो अनशन जारी राख्ने जानकारी गरेर आफ्ना छेत्रका जनताहरुलाई एउटा ठूलो उपलब्धि गरेर देखाई आउने निर्बाचनमा पनि आफूले त्यस छेत्रका जनताहरुको मत खल्तीमा राख्न सफल भएका छन् । अहिले नेपालका सभासदहरु कोही रातो पासपोर्ट दुरुपयोग गरेर, कोही घुस खाएर,कोही केटी भगाएर, कोही रास्ट्रीयताको सन्दर्भमा बिवादित र कोही विद्युत चोरेर बदनामी थपिरहेका आवस्थामा बबन सिगंको यो कार्यलाई सम्बन्धित छेत्रका जनताले मात्रै हैन बिदेशमा हुने जनताहरुले पनि मुल्यांकन गर्ने पर्छ । चाहे निजले हिजो जे सुकै गल्ती गरेको थियो वा गरेको होस्, निजले गरेको यो राम्रो काम भएको र निजमा परिबर्तन आई देशको, जनताहरुको र देशको ढुकुटीको बारेमा चिन्तित रहेको भन्ने यो कदमबाट पुस्टि हुन्छ ।

जब राजनैतिक दलहरु जनतासंग गरेका प्रतिबद्ता र मुद्दाहरु बिर्सन्छन् र व्यक्तिगत र सत्ता स्वार्थभन्दा माथि उठ्न सक्दैनन्, तब तिनै दललाई चुनाबमा भोट हाल्नेहरु चुप लागेर बस्दैनन् र बस्नु पनि हुँदैन । त्यसपछि बबन सिंह मात्रै हैन, भोलि राम्रा कार्यहरु गर्दै आएम भगत सिंह, गङ्गाराम गोले, चिरन्जिबी वाग्ले, शिवपुजन यादव, प्रभू साह, योगेन्द्रप्रसाद श्रेष्ठ लगायतका व्यक्तिहरुले समाज सुधारक कार्यहरु गर्न थालेमा यिनीहरुको पनि समाजमा लोकप्रियता बढ्न जानेछ र उनीहरुको कामको मूल्याकन त्यहाँका जनताहरुले गर्नेछन् । लौ त अब रौतहट छेत्र नम्बर १ बाट आउने निर्बाचनमा सुशील, प्रचण्ड, झलनाथ,उपेन्द्र वा विजय कुमार गच्छेदारले चुनाब जितेर देखाउन त रु बबन सिंहको नजिक कुनै नेता वा पार्टी पुग्न सक्दैनन् । त्यो छेत्रको लागि अब सम्बिन्धित निकायहरुलाई आआफ्नो प्रदिबद्धता पूरा गराउन सकेमा सम्पूर्ण ६०१ सभासदहरुलाई बबन सिंहले ओझेलमा पार्ने छन्, जसरी अन्ना हजारेले थालेको आन्दोलनले विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकको सरकारलाई नराम्ररी हल्लाइदिएको थियो, त्यसरी नै बबन सिंहको कदमले नेपालका सम्पूर्ण नेताहरुलाई आफै हल्लिन बाध्य पार्नेछ जुन नेपालको लागि आजको आबस्कता रहेको छ जसले गर्दा सबै नेताहरु देश र आफ्नो छेत्रको बिकासमा लागि परुन् । त्यहाँमाथि संविधान नबनाई म्याद मात्र थप गर्न, नेपाली ढीकुटी रित्याई जम्बो टोलीसहित विदेश घुम्ने, देश बिकाशको बजेट आफू र आफन्तको हितमा गर्ने, नक्कली बिल बनाई राष्ट्रको ढुकुटी रित्याउने भ्रस्टाचारी नेपाली नेताहरुले अब बबन सिंह को हो ? निजले आफ्नो देशमा ? छेत्रको लागि के गरेको थियो ? आज के गर्दैछ भन्ने बुझी आफ्नो हैसयत बबन सिंह जतिको मात्रै हो कि अरु बढी हुनु पार्ने हो । त्यै अनुसार आ आफ्नो छेत्रको बिकाशमा लागि पार्ने हो भनेदेखि तपाईहरुलाई आम जनताहरुको साथ रहने छ जसरि अन्ना हजारे एक व्यक्तिले गरेको राम्रो कामको पछाडी सबै जाति, बर्ग, सम्प्रदायको सहभागिता थियो त्यहाँ जानलाई कसैलाई कुनै बिचार वा सिद्धान्तले रोकेन गरीव, धनी, सबै राजनैतिक पार्टीका मानिसहरुको व्यापक सहभागिताको कारणले गर्दा सरकारलाई नै चुनौतिपूर्ण दवावको अवस्था सिर्जना गरिदियो । यसरी ७४ वर्षको उमेरमा अन्नाले देशबाट भ्रष्टाचार अन्त्य गर्न जुन जोश देखिए, यसले बबन सिंहलाई त यसरी प्रेरित गर्यो भनेदेखि अन्य धेरै युवाहरुलाई झनै थप उर्जा दिई समाज सुधारमा सकारात्मक सोच लिई काम गरिरहन उत्प्रेरित गरिरहने छ ।

अन्तमा नेपालका नेताहरु, सभासद र बुद्दिजिबी वर्गहरुले भारतीय समाजसेवी अन्ना हजारेले आफ्नो देशबाट भ्रष्टाचार अन्त्य गर्न गरेको महान कार्यको कदर र प्रसंशा मात्रै हैन त्यस्ता विचारहरुलाई आफ्ना छेत्रहरुमा लागू पनि गर्न पहल गर्नुस्, गराउनुहोस् । सम्बन्धित छेत्रका जनताहरु तपाईहरुको साथमा हुने छन् । हैन सक्नु हुन्न भने पनि बबन सिंहको राम्रा कामको अनुसरण गर्नुस् र पछाडि लाग्नुस् जसले एक जिल्लाबाट भ्रस्टाचार बिरोधी अभियान थालनी गरेको छ त्यसले ७५ जिल्ला पुराउने छ र त्यही व्यक्तिको समाजलाई खाँचो छ, जसले भ्रष्टाचारको जालो सम्पूर्ण जिल्लाहरुबाट हटाउन पहल गर्दछ र सम्पूर्ण जनताहरुको साथ पनि त्यसलाई हुनेछ ।
-हाल दुबई,युएई