तपाईंको यो साता

तपाईंको यो साता


मेष
श्रमको उचित मूल्याङ्कन हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । आफन्तको सहयोगबाट कार्य पूरा हुनेछ । व्यापार–व्यवसायमा लाभ मिल्नेछ । रविबारबाट नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पु¥याउनुहोला । पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ्ग रातो हो ।

वृष
महत्वपूर्ण अवसर गुम्न सक्नेछ । मानसिक चिन्ता बढ्नुका साथै घरपरिवारबाट टाढिनुपर्नेछ । अरूको भरपर्दा धोकामा परिने, हानि हुने र विश्वास गुम्नेछ । निराशाभाव बढ्नुका साथै प्रयत्न गरेको काममा विलम्ब हुनाले दिक्क लाग्नेछ । तर, आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । इष्टदेवताको स्मरण गरी कार्य आरम्भ गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग कलेजी वा सिन्दुरे हो ।

मिथुन
पार्टी तथा सेमिनारमा सहभागिता भइएला । शत्रु पराजित हुनेछन् । मिहिनेत गर्दा राम्रै फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । तर, काममा व्यवधानसमेत उत्तिकै देखापर्नेछन् । स्वास्थ्यका लागि खानपानमा ध्यान पु¥याउनुहोला । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । देवीको दर्शन गरी यात्रा आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ्ग नीलो हो ।

कर्कट
रोजगारको अवसर मिल्नेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शनिबारबाट शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । ठेक्कापट्टामा विवाद एवम् चिन्ता बढ्नेछ । मनोरञ्जन र भ्रमणमा खर्च बढ्नेछ । शुभकर्म गर्नुपूर्व आफ्नो कूलदेवताको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ्ग हरियो हो ।

सिंह

आर्थिक कारोबारमा विवाद आउनेछ । राजनीतिक कार्यमा बाधा आउनेछ । आफ्नो अधिकार पाउनका लागि सङ्घर्ष गर्नुपर्नेछ । गलत निर्णय लिन पुगिएला । स्वास्थ्य क्षेत्रको लगानीमा फितलो आउनेछ । साताको अन्त्यबाट वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । वाक्चतु¥याइँले सङ्कल्प सिद्घ हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ७, ९ र शुभरङ्ग पहेँलो हो ।


कन्या

जोस, जाँगर र हिम्मत बढ्नेछ । सामाजिक कार्यमा मन जाला । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक कार्यमा समस्या देखापर्ला । आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । कुनै शुभकर्म गर्नुपूर्व बटुकभैरवको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ्ग सेतो वा सिन्दुरे हो ।

तुला
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्यजीवन सुखमय हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शनिबारबाट अरूको मन जित्न सफल भए पनि व्यापार–व्यवसायमा लगानी नगर्दा वेश होला । कुनै शुभकर्म गर्नुपूर्व महाँकालको दर्शनगरी यात्रा आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १, ४ र शुभरङ्ग सेतो वा गुलाबी हो ।

वृश्चिक
घरमा अतिथिको आगमन हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्यजीवन सुखमय हुनेछ । मनोरञ्जनको क्षेत्रबाट श्री प्राप्तिको योग छ । शनिबारबाट समय मध्यम खालको रहनेछ । परम्परा र बाध्यतामा खुम्चिनुपर्नाले नरमाइलो लाग्न सक्छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ्ग खैरो वा हरियो हो ।

धनु
समय त्यति अनुकूल छैन । मनमा निराशा र शरीरमा आलस्य आउला । अरूको भरपर्दा धोकामा परिने, हानि हुने र विश्वास गुम्नेछ भने रविबारपछि कार्यसिद्धिको योग छ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । साझेदारीमा गरेको कार्यबाट आर्थिक लाभ मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व सिद्धिविनायकको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ्ग सुन्तला हो ।

मकर
मनोरञ्जनमा सहभागी भइएला । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । रविबारबाट व्यवसायमा मन्दी आउला । सौन्दर्यमा धन खर्च हुनेछ । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ्ग वा घिउरङ्ग हो ।

कुम्भ
हतारको निर्णयले समस्या निम्त्याउन सक्नेछ । धैर्य एवम् लगनशीलताले अवसर दिलाउनेछ । पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ । साताको उत्तरार्धबाट लामो समयदेखि रोकिएको कार्यले पूर्णता पाउनेछ । ढुङ्गामाटोको व्यवसायबाट सफलता हात पर्नेेछ । कुनै शुभकर्म गर्नुपूर्व महामृत्युञ्जय भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ७ र शुभरङ्ग पहेँलो हो ।

मीन
वैदेशिक यात्राको योग छ । सानो प्रयासले भाग्य निर्माण गर्न सकिनेछ । धार्मिक यात्राको योग छ । व्यापार–व्यवसायमा फाइदा होला । अचल सम्पत्तिको कारोबार हुनेछ । सवारीसाधनको खरिद–बिक्री हुनेछ । साथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्न सक्नेछ । रोकिएका कामसमेत सम्पादन हुनेछन् । दुर्गाजीको आराधना गरी यात्रा गर्नले सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ्ग कालो हो ।