नेता आफै हिँड्ने बाटो यस्ता छन्, जनताको बाटो कसरी बनाउलान् ? (फोटोफिचर)

नेता आफै हिँड्ने बाटो यस्ता छन्, जनताको बाटो कसरी बनाउलान् ? (फोटोफिचर)


मुलुक बदल्ने अभिभारा बोकेका शिर्ष नेताहरुले आफ्नो गाउँटोल कस्तो राखेका होलान ? यो सबैका निम्ति उत्सुकताको विषय बन्छ ।

यही उत्सुकता मेट्न केही दिन अघि ‘घटना र विचार’को टिम मुलुकका कार्यकारी प्रमुख (प्रधानमन्त्री) एवं कांग्रेस सभापती शेरबहादुर देउवा, राष्ट्रिय राजनीतिमा प्रत्यक्ष सरोकार राख्ने र ठुला शक्तिका रुपमा लिइने पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष कमल थापा लगायतका प्रमुख दलका शिर्षस्थ नेताहरुको घरदैलो पुग्यौं ।

आखिर दिनँहु मुलुक बदल्ने सपना बाड्ँने तीनै नेताहरु के आफ्नो घरदैलौ बदल्न सफल भएका छन् त ? शिर्षनेताहरु दिनहुँ ओहोर दोहोर गर्ने घरदैलोका सडक कस्ता छन् ? हामीले अनुगमन गर्दा धेरै जसो शिषस्र्थ नेताहरुका सडकको अवस्था नाजुक पाइयो ।

उसो त सत्ताको बागडोर सम्हालेका कांग्रेस सभापति शेर बहादुर देउवाले करिब डेढ महिना अघि उपत्यका भित्रका खाल्डाखुल्डी १५ दिन भित्र पुर्न विभिन्न मन्त्रालयका अधिकारीहरुलाई बोलाएर निर्देशन दिएका हुन, तर खासै पालना भएको देखिएन । उनलाई सहयोग गर्नुपर्ने निकायका अधिकारीहरुनै उल्टै देउवालाई असफल बनाउने भुमिकामा देखापरे ।

देउवाबाट निर्देशन आएको १५ दिन नबित्दै काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले देउवाको निर्देशनको बर्खिलाप अभिव्यक्ति दिंदै बर्खामा सडक बनाई पैसा खेर नफाल्ने भनेर खुलखुल्ला देउवाको प्रतिरोधमा उत्रिए ।

यसरी राजधानीका सडकलाई खाल्डाखुल्डी रहित बनाउने देउवाको सपना पुरा हुन सकेन ।
मुलुक बदल्ने अभिभारा बोकेका शिर्षस्थ नेताहरुको घरदौलोमा पुग्दा धेरै नेताहरुका घरदौलोसम्म जोडिएका सडकको अवस्था अत्यन्तै साँधुरो, सडक पिच भएतापनि कमशल सामाग्रिको प्रयोग गरिदाँ पिच उक्किएको, खाल्डाखुल्डी धेरै, कतिपयका घर जाने सडक सामान्य पिचसम्म नभएको पाइयो ।

शेरबहादुर देउवा
(प्रधानमन्त्री एवं कांग्रेस सभापती)

प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगियो । चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका देउवाको निवास बुढिनिलकण्ठको पंचकन्यामार्गबाट ३० मिटर छ । उनको घरदैलोमा पुग्दा देउवा दिनहुँ आबत जावत् गर्ने सो सडकको अवस्था निकैनै जीर्ण देखियो ।

उनी दिनँहु हिड्ने सडक हिलाम्मे थियो । खाल्डाखुल्डी पनि उत्तिकै देखिन्थे । उनलाई स्थानीयको प्रश्न थियो– मुलुकको कार्यकारी प्रमुख जस्तो पदमा यहीको व्यक्ती पुग्दा समेत उनले किन आफ्नो टोलको सडकको सुधार गर्न नसक्नुभएको ? तर तिनको जवाफ दिने कुनै व्यक्ति या निकाय छैन । देश देखाएर टोल नबनाउने र टोल देखाएर देश नबनाउने प्रवृत्ति यहाँ देखियो ।

देउवा निवास बुढिनिलकण्ठको सडक अवस्था…

 

                                                                                ०००पुष्पकमल दाहल, अध्यक्ष,माओवादी केन्द्र
मुलुकको कार्यकारी प्रमुख जस्तो पदमा दुई पटक सम्म पुग्न सफल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निबास लाजिम्पाट पुगियो । त्यहाँ पुग्दा साँघुरो सडक थियो ।

उनी दिनँहु हिड्ने बरिपरिका सडकमा खाल्डाखुल्डी देखिन्थ्यो । जुन खाल्डाखुल्डी परेको सडक माटोले पुरिरहेको दृष्य हाम्रो क्यामरामा कैद भएको छ ।


                                                                    ०००


केपी शर्मा ओली
एमाले अध्यक्ष
एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको कार्यकारी पदमा पुगिसकेका छन् । राजनीतिमा उनको छुट्टै किसिमको हैसियत छ । विभिन्न प्रकारले चर्चामा आउने उनी भक्तपुरको बालकोट स्थित अनन्तरलिङ्गेश्वर टोलमा बस्छन् ।

उनको घरदौलोमा पुग्दा उनी दिनहुँ हिड्ने सडक कच्चि छ । कच्चि सडकमा केही ग्राभेल भएपनि खाल्डा खुल्डी उत्तिकै देखिन्छन । अरनिको राजमार्गबाट भित्र लागेपछि बाटोको हालत हेर्दा यहाँ देशका कुनै ठुला नेता बस्छन भन्ने विश्वास गर्न सकिदैन ।

सडक अवस्था यस्तो…


०००
जनार्दन शर्मा
गृहमन्त्री, माओवादी नेता
उर्जामन्त्री हुँदा निकैनै चर्चा कमाएका जनार्दन शर्मा ‘प्रभाकर’ यतिबेला गृहमन्त्रालयको जिम्मेवारी सम्हालि रहेका छन् ।

माओवादीमा समेत राम्रो हैसियतमा रहेका उनको निवास ललितपुरको जावलाखेल छ । त्यहाँ उनको निवास पुग्ने सडक सुरुङ् मार्ग जस्तै थियो । अत्यान्तै साँघुरो सडकमा उनी दिनँहु आवत जावत गर्ने गर्दछन । उनको घर अगाडीमको बाटो ग्राभेल मात्रै गरिएको छ । सडक अवस्था यस्तो…


०००

 

रामचन्द्र पौडेल
वरिष्ठ नेता,नेपाली कांग्रेस
शान्ति तथा पुनर्निर्माण मन्त्री बनिसकेका रामचन्द्र पौडेल नेपाली कांग्रेसमा राम्रो स्थान जमाइसकेका व्यक्ती हुन ।

उनको निवास बालाजु स्थित सिद्धार्थ बनस्थली भित्र पर्ने बोहोराटारको पहिराधारामा पर्दछ । उनको घर आसपासको सडक अत्यन्तै साँघुरो र कच्चि छ भने खाल्डा खुल्डी समेत उत्तिकै भेटिन्छन् ।

पहुँच विहिन मानिसको बसोवास रहेको इलाका तिर लाग्दा देखिने अवस्था रामचन्द्र पौडेल ओहोरदोहोर गर्ने सडकको छ । सडक अवस्था यस्तो…


०००


विमलेन्द्र निधि
कांग्रेस नेता
आफ्ना बुबा कांग्रेसका शीर्ष नेता महेन्द्रनारायण निधिको प्रेरणाले सानै उमेरबाट राजनीतिमा संलग्न विमलेन्द्र निधि नेपाली कांग्रेस भित्र राम्रो स्थान जमाइसकेका व्यक्ति हुन ।

प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री भैइसकेका निधिले यसअघि शिक्षा तथा खेलकुद मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी समेत सम्हालि सकेका छन् । उनको निवास मध्यवानेश्वरमा पर्दछ ।

उनको निवास पुग्दा सडक पिच गरिएतापनि सडक यति सँघुरो छ कि कुनै पहुचवाला नेता उक्त टोलमा बसोबास गर्छन भन्ने विश्वास नै हुदैन । सडक अवस्था यस्तो…


विजय गच्छदार
अध्यक्ष,नेपाल लोकतान्त्रिक फोरम
मधेशको राजनीतिबाट माथि उठेका विजय गच्छदार धेरै पटक भौतिक योजना मन्त्री बन्नेको सुचीमा पर्छन । अहिले पनि उनी बाहलवाला मन्त्री हुन ।

उनको निवास मण्डिखाटार स्थित पतंजलि योगपिठ अगाडी छ । उनको घरजाने सडक निकै साँघुरो र ग्राभेल मात्रै गरिएको अवस्थामा छ । सडक अवस्था यस्तो…


०००


कमल थापा
अध्यक्ष, राप्रपा नेपाल
सत्तामोहीका रुपमा समेत चित्रित भएका कमल थापाको निवास धुम्बाराही विशालमार्ग स्थित मिलाप मार्गमा छ । उनको घर अगाडीको सडक साँधुरो छ ।

उनले धेरै पटक उपप्रधनमन्त्री सहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेपनि आफ्नो घर अगाडीको सडक फराकिलो बनाउन सकेका छैनन । सडक अवस्था यस्तो…


०००


भिम रावल

एमाले उपाध्यक्ष
भीम बहादुर रावल भूतपूर्व गृहमन्त्री हुन । उनी नेपालको संवैधानिक निर्वाचन ०६४ मा समानुपातिक तर्फबाट मनोनित सभासद हुन । नेकपा एमाले भित्रै राम्रो स्थानमा रहेका राबलको घट्टेकुला स्थित धमला दुध डेरी भित्र उनको निवास छ ।

उनको घरदौलोको सडक हेर्दा निकैनै काहलीलाग्दो देखिन्छ । सडकमा खाल्डा खुल्डी र हिलोको अवस्था हेर्दा भिम रावल पनि कुरा ठूलो काम शुन्य गर्ने नेता भएको भान हुन्छ । सडक अवस्था यस्तो…

नेताहरु जो जनतालाई देश बनाउने सपना बाँड्छन् तिनले आफै दिनहुँ हिडंनुपर्ने सडकको समेत सुधार गर्न सकेका छैनन् भने यिनले देशको सुधार कसरी गर्न सक्लान्, गम्भिर प्रश्न उठेको छ ।

रिर्पोट– विजय दमासे, तस्बिर : प्रविण श्रेष्ठ (घटना र विचार)