अर्चनाको कठपुतला सार्वजनिक

अर्चनाको कठपुतला सार्वजनिक


साहित्यकार डा. अर्चना थापाको कथा संग्रह ‘कठ पुतला’ सार्वजनिक भएको छ । डा. अभी सुवेदी, साहित्यकार नयनराज पाण्डे र सूचना आयोगकी आयुक्त एशोदा तिम्सिनाले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभयो । कार्यक्रममा बोल्दै कथाकार तथा लेखक अर्चना थापाले हजुरआमाले आफुलाई सानोमा कथा सुनाउँदा कथाहरू यति लामा होउन् कि रात नसकियोस् जस्तो लाग्ने गरेकाले आफ्ना कथामा त्यसको प्रभाव परेको बताउनुभयो । तीजमा महिलाहरूले चुरा, पोते, धागो एकार्कालाई उपहार दिँदै आएकोमा अब पुस्तक उपहार दिने चलनको सुरुवात गर्न आग्रह गर्नुभयो । साहित्यकार डा. संजीव उप्रेतीका अनुसार, पुस्तकबाट उठेको रकम बाढीपीडितलाई प्रदान गरिने छ ।

कठपुतलामा अन्तर्दाह, पराकम्पन, कठपुतला, परमात्मा समाहिता, विमर्द, विवस्त्र रामायण, सत्य र सेतो बास्ना गरी आठ वटा कथाहरू संग्रहित छन् । अक्षर क्रियसन्सद्वारा प्रकाशित कथा संग्रहको मूल्य ३ सय ५० रहेको छ ।