विमानस्थलमै रोकिएका लामा ‘नेताको सिफारिस’मा विदेश

विमानस्थलमै रोकिएका लामा ‘नेताको सिफारिस’मा विदेश


पाँचौँ एसियन इण्डोर तथा मार्शल आर्टस् गेम्सको SOLEMN समारोहमा सहभागिता जनाउन मंलगबार (२४ साउन) सर्वोच्चद्वारा अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव लामा टेण्डी शेर्पा त्यसतर्फ प्रस्थान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामाको खोजतलाज गरिएको समाचार प्राप्त भएको छ । प्राप्त जानकारीका अनुसार विमानास्थलका कर्मचारीले लामाको नाम लाउडस्पिकरवाट सम्वोधन गर्दै सम्बन्धित निकायमा सम्पर्क गर्न भनेपछि यात्रुहरुमा खैलाबैला मच्चिएको थियो ।

अध्यक्ष श्रेष्ठ र महासचिव लामा तुर्कमिनिस्तानको आस्गाबात शहरमा अगस्ट १७ तारिखका आयोजना हुन गैरहेको कार्यक्रममा सहभागिता जनाउन त्यसतर्फ जान लागेका थिए । उक्त कार्यक्रममा एशियाली राष्ट्रका ओलम्पिक कमिटीका अध्यक्ष तथा महासचिवलाई निमन्त्रणा गरिएको बुझिएको छ ।

तर, विमानस्थलका कर्मचारीले अध्यक्ष श्रेष्ठप्रति रत्तिभर ध्यान नदिनु तर लामालाई चाहिँ लाउडस्पिकरमार्फत सम्पर्क गर्न आग्रह गरिएको विषय यतिबेला खेलकुदमा चर्चाको विषय बनेको छ । आखिर किन लामालाई मात्र माइकिङ गरेर बोलाइयो त ? प्रश्न उठ्नु स्वभाविक छ ।

प्राप्त जानकारीका अनुसार यसअघि लामा सुन तस्करीको आरोपमा प्रहरी हिरासतमा परेका र पछि धरौटीमा छुटेको हुनाले यसबारे सोधपुछ गर्न उनलाई विमानस्थलका कर्मचारीले सम्पर्कमा बोलाएका अनुमान गरिएको छ । ज्ञात रहोस्, लामाको उक्त मुद्दा अहिलेसम्म किनारा लागेको छैन ।

सोही विषयमा कसैले लामाविरुद्ध उजुरी हालेका कारण विमानस्थलका कर्मचारीले खोजतलास गरेको स्रोतले वताएको छ । लामाको खोजतलास र सम्पर्कसँगै के कुरा भयो त्यसको खुलासा नभए पनि एकजना वरिष्ठ नेताले विमानास्थलका कर्मचारीलाई फोन गरेका स्रोतले बताएको छ । त्यसपछि सामान्य सोधपुछपछि लामालाई विदेश यात्राको लागि अनुमति दिइएको थियो । लामालाई राष्ट्रिय खेलकुद परिषदकोे उपाध्यक्ष, नेपाल ओलम्पिक कमिटीको महासचिव, नेपाल बास्केट बल संघको अध्यक्षको हैसियतमा विमानस्थलका कर्मचारीले नरोकेको पनि स्रोतले दाबी गरेको छ ।