बेरी र केटीका अनौठा इच्छा

बेरी र केटीका अनौठा इच्छा


तपाईं केलाई स्वतन्त्रता मान्नुहुन्छ ? हुनसक्छ, राजनीतिक या वैचारिक रूपमा उन्मुक्त रहन पाउनु, सामाजिक व्यवहारमा नैतिक हदसम्म रहेर आफूखुसी गर्न पाउनुजस्ता कुरालाई तपाईं स्वतन्त्रताको परिभाषामा बाँध्नुहोला । तर, विख्यात हलिवुड अभिनेत्री हेल बेरीको नजरमा स्वतन्त्रताको परिभाषा अर्कै छ । उनले नाङ्गिएर रहनु या नाङ्गो तस्बिर खिचाउन पाउनुलाई स्वतन्त्रता ठानेकी छिन् । कन्ट्याक्ट म्युजिक डटकम नामक वेभसाइटका अनुसार यदि बेरीको वश चल्छ भने उनले सार्वजनिक स्थानमा पूरै निर्वस्त्र बनेर फोटो खिच्न नपाइने कानुनको तत्काल अन्त्य गरिदिने थिइन् । हालै मेक्सिकोको समुद्री तटमा निर्वस्त्र भएर फोटो सेसन गराएकी हलिवुडकी यी ‘कामुक कन्या’ले त्यस क्षणलाई जीवनको एक अद्भूत अनुभवका रूपमा बयान गरेकी थिइन् । त्यसयता मिडियामार्फत बेरीले भन्दै आएकी छिन्, ‘यदि दुनियाँले मलाई दिक्क तुल्याउँदैनथे भने म प्रत्येक दिन सर्वाङ्ग नाङ्गिएर फोटो खिचाउने थिएँ ।’
यसरी बेरीले दिनदिनै सार्वजनिक तवरमै नाङ्गिने चाहना व्यक्त गरिरहेकै बेला अर्की ‘हलिवुड हङ्गामा’ केटी प्राइसले चाहिँ आफू पचासकी भएपछि मात्रै कपडा उतारेर तस्बिर खिचाउने अभिव्यक्ति दिएकी छिन् । ‘पुरुषको पत्रिका’का रूपमा विश्वप्रसिद्ध ‘प्लेब्वाइ’ पत्रिकाले नाङ्गो तस्बिर खिच्न अफर गर्दा आफ्ना घनिष्ट मित्रसमेेत रहेका सो पत्रिकाका मालिक हग हेफनरलाई प्राइसले पचास वर्ष उमेर पुगेपछि मात्रै आफू पत्रिकाका लागि नाङ्गिन तयार हुने अनौठो जवाफ फर्काएकी हुन् । जबकि यसअघि उनका थुप्रै अर्धनग्न तस्बिरहरू विभिन्न माध्यमबाट सार्वजनिक भइसकेका छन् ।

रशपालको दिमागमा ‘रस’ घुसेपछि…
दिमागमा आपराधिक हरकतले घर गरेपछि मानिस अपराधको लतमा कसरी जाकिँदोरहेछ भन्ने नमुना-पात्र बनेका छन् लन्डनमा सजाय भोगिरहेका एक भारतीय नागरिक । रशपाल सिंह नाम गरेका ती व्यक्ति चोरीको अपराधमा संलग्न गरेको अभियोग सिद्ध भएपछि ६ वर्षको जेलसजाय भोगिरहेका थिए । दुई वर्ष पूरै जेलमा बिताएपछि बिहान साढे पाँचदेखि राति नौ बजेसम्म जेलबाहिर समय बिताउन पाउनेगरी रशपाललाई जमानत मिलेको थियो । तर, त्यसरी प्राप्त अवसरलाई पनि रशपालले कुनै राम्रो काम गरेर कटाउनेतर्फ मन लगाएनन् । बिहान जेलबाट बाहिर निस्कँदा एक टायर पसलमा काम गर्ने गरेको बताउँदै आएका रशपालको कुरामा शङ्का लागेर प्रहरीले उनको निगरानी गर्न थाल्यो । अन्ततः यो पत्ता लाग्यो कि एउटा घर भाडामा लिएर रशपालले त दिनभर वेश्यालय पो चलाउन थालेका रहेछन् । प्रहरीले छापा मार्दा रशपालको घरमा थुप्रै यौनकर्मी युवती फेला परे । यसपछि रशपाललाई थप दुई वर्ष जेलमा थन्क्याउने फैसला अदालतले गरेको छ ।

गर्भावस्थामा मोटाउँदा बच्चालाई खतरा
गर्भावस्थामा आमाको तौल बढ्नु अर्थात् मोटाउनुले केवल आमाका लागि मात्र नभई बच्चाका लागि पनि उत्तिकै खतरनाक हुने कुरा अमेरिकी विशेषज्ञहरूले खुलासा गरेका छन् । विशेषज्ञहरूका अनुसार गर्भावस्थाको समयमा आमाहरूले अत्यधिक रूपमा खाना खाने भएकाले उनीहरूले तौल बढ्ने देखिएको छ । यदि आमाको तौल बढेमा गर्भमा रहेको शिशुको तौल बढ्ने अत्यधिक सम्भावना रहन्छ । जन्मँदाको बच्चाको तौलले उसको पूरा जिन्दगीमा प्रभाव पार्छ । सामान्य तौल भएको बच्चाभन्दा बढी तौल भएको बच्चालाई भविष्यमा गएर क्यान्सर, विभिन्न प्रकारका एलर्जी, दम र गम्भीर रोग लाग्ने खतरा अत्यधिक हुन्छ । वोस्टनका डाक्टर डेबिड लुडविगका अनुसार जुन महिलाको गर्भावस्थामा ५० पाउण्ड तौल बढ्छ उसको बच्चाको तौल २० पाउण्ड बढाउने महिलाको भन्दा दोब्बर हुन्छ । साथै डाक्टरहरूले गर्भावस्थामा कम भोजन गर्ने महिलाको बच्चाको तौल सामान्य हुने भए पनि पछि यी बच्चामा हृदयरोग र मधुमेहको समस्या हुने बताएका छन् ।

नब्बे वर्षीया महिला बलात्कृत
हालै कल्पनै गर्न नसकिने घटना अमेरिकामा घटेको छ । तीनजना युवकले ९० वर्षीया वृद्ध महिलालाई बलात्कार गरेर सम्पूर्ण अमेरिकीहरूलाई स्तब्ध पारिदिएका छन् । अमेरिकाको डेट्राइट सहरमा भएको यो घीनलाग्दो घटनाले अहिले सबैलाई सोचनीय अवस्थामा पुर्‍याइदिएको छ । यो अपराध स्थानीय १५ वर्षीय केटा र उसका दुई साथी १७ वर्षीय मोरिस रेन्डल र १८ वर्षीय एन्थोनी हार्डर्ीी गरेका थिए । वृद्ध महिला घर र्फकंदै गरेको अवस्थामा उनीहरूले अपहरण गरेर पालैपालो गरी बलात्कार गरेका थिए । अहिले प्रहरीले यी तीनैजना बलात्कारीलाई पक्राउ गरिसकेको छ । यो दुःखद् घटनापश्चात् त्यस क्षेत्रका बासिन्दाले आफैंले टोलटोलमा गस्ती गरिरहेका छन् भने प्रत्यक्षदर्शीहरूलाई बयान दिनका लागि अगाडि आउन अनुरोध गरेका छन् । यदि ती केटाले बलात्कार गरेको प्रमाणित भएमा उनीहरू ठूलो सजायको भागिदार बन्नुपर्नेछ । -नविन उप्रेती