यस्तो छ प्रधानमन्त्री देउवाको दिल्ली भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री देउवाको दिल्ली भ्रमण तालिका


बिभिन्न पक्षिय चर्चापरिचर्चाबीच प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका क्रममा आउदो बुधबार नयाँ दिल्ली जाँदैछन । बुधबारदेखि आइतबारसम्मको भ्रमणका क्रममा देउवाको उच्च राजनीतिक भेटघाटको कार्यक्रमहरु समेत तय भएको छ ।

जस अन्तरगत प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ११ : ३० देखि १२ बजेसम्म हैदराबाद हाउसमा वान टु वान भेटवार्ता तय गरिएको छ । राजकिय भ्रमणको सबैभन्दा महत्वपूर्ण भेटघाट वान टु वान मिटिंङलाइ मानिन्छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार मोदीसँगको भेटवार्तापछि दुइ मुलुकका भ्रमणदलका अधिकारीहरु बीच छलफल पश्चात केहि संम्झौता पत्रमा हस्ताक्षर साटासाट हुने कार्यक्रम छ । त्यस पश्चात प्रेस वक्तव्य जारी गरिने कार्यक्रम रहेको छ छ ।

त्यस्तै, प्रधानमन्त्री मोदीसँग भेटनु अघि विहिबार नै प्रधानमन्त्री देउवालाइ विदेश मन्त्री सुषमा स्वराजले बिहान ९: ३० बजे भेटने कार्यक्रम रहेको बताइएको छ ।  उच्च राजनीतिक भ्रमण क्रममा दिइने विशेष सम्मान अनुरुप प्रधानमन्त्री देउवालाइ विहान ९ बजे राष्ट्रपति भवनमा गार्ड अफ अनर दिने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै, दिउँसो ३ बजेदेखि ३: ३० बजेसम्म गुहमन्त्री राजनाथ सिंह, वित्त मन्त्री अरुण जेटलीले प्रधानमन्त्री देउवासँग भेटने कार्यक्रम छ । प्रधानमन्त्री देउवा ४: १५ बजे नवनिर्वाचित उपराष्ट्रपति बैकैया नायडु र ५ बजे नवनिर्वाचित राष्ट्रपति रामनाथ कोबिंदसँग भेटघाट कार्यक्रम तय गरिएको छ ।