रामचन्द्रले नाम दिएपछि देउवालाई मुस्किल

रामचन्द्रले नाम दिएपछि देउवालाई मुस्किल


नेपाली काङ्ग्रेसका तर्फबाट सरकारमा सामेल गरिने राज्यमन्त्रीहरुको नाम तय गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई मुस्किल परेको छ । देउवाले नामको टुङ्गो लगाउन सकेको भए आजै (आइतबार) सबै राज्यमन्त्रीहरुको सपथ हुने निश्चित थियो ।

राज्यमन्त्रीका आकांक्षीहरु धेरै भएकोले देउवा मुस्किलमा परेका हुन् । उता, नेता रामचन्द्र पौडेलले भने मगर समुदायबाट अमरसिंह पुन, थारु समुदायबाट तेजुलाल चौधरी, प्रदेश नम्बर ७ बाट दिवानसिंह बिष्ठ र महिलाबाट सरिता प्रसाँईको नाम प्रधानमन्त्री देउवालार्इ बुझाउनु भएको छ ।

काङ्ग्रेसको भागमा परेको बाँकि ६ राज्यमन्त्रीमा दुई दर्जन बढीले दावी गरेको बुझिएको छ ।