टेण्डी शेर्पा खेलकुदका सबै जिम्मेवारीबाट मुक्त

टेण्डी शेर्पा खेलकुदका सबै जिम्मेवारीबाट मुक्त


राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पालाई उनले हाल लिएका सबै जिम्मेवारीबाट अलग गर्न युवा तथा खेलकुद मन्त्रालयले पत्राचार गरेको छ । लामा संलग्न रहेको भन्सारसम्बन्धी मुद्दा अदालतमा चलिरहेकोले सो मुद्दाको टुङ्गो नलागेसम्म उनले लिएको सबै प्रकारका जिम्मेवारीबाट अलग गर्न मन्त्री स्तरबाट भएको निर्णय बमोजिम मन्त्रालयले खेलकुद परिषदलाई निर्देशनात्मक पत्राचार गरेको हो । टेण्डीलाई विदा गर्न मन्त्रालयले लेखेको पत्रको दर्ता नम्बर ७११ रहेको छ ।

स्मरणीय छ, खेलसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएर हङकङबाट स्वदेश फर्कंदा टेण्डी अवैध रुपमा भित्र्याइन लागेको सुनसहित विमानस्थलमा पक्राउ परेका थिए । तस्करीमा उनको संलग्नताबारे अदालतमा मुद्दा चलिरहेको छ ।