तपाईंको यो साता (७–१३ भदौ २०७४)

तपाईंको यो साता (७–१३ भदौ २०७४)


मेष
नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पु¥याउनुहोला । मनमा चञ्चलता बढ्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । साताको अन्त्यबाट दाम्पत्यजीवन सुखमय हुनेछ । मनोरञ्जन र रोमाञ्चक यात्राको योग छ । दाम्पत्यजीवन सुखमय हुनेछ । यो साताका लागि शुभअङ्क ९ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको ध्यान गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

वृष
नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । मुद्दामामिलामा विजयी प्राप्त हुनेछ । रविबारबाट कामहरू अधुरै रहलान् । लगानी डुब्ने भय छ, सचेत रहनुहोला । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ सेतो हो । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महाकालीको ध्यान गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

मिथुन
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । रमाइलो यात्राको योग रहेको छ । आत्मविश्वास जाग्नेछ । पार्टनरमा सफलता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व महासरस्वतीको दर्शन गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कर्कट

घर व्यवहारको समस्याले सताउला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सौन्दर्यमा धन खर्च हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साताको अन्त्यबाट मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । यो साताका लागि शुभअङ्क १, ८ र शुभरङ वैजनी वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा शुभफल मिल्नेछ ।

सिंह
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । शुभकार्यको चर्चा चल्नेछ । शनिबारबाट लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । यो साताका लागि शुभअङ्क ५ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवको दर्शन गरी आरम्भ गर्दा कार्य सफलता मिल्नेछ ।

कन्या
महिला वर्गबाट सहयोग मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभा–समारोहमा सरिक हुने सम्भावना छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । वैदेशिक कार्य अघि बढ्नेछ । आकस्मिक धनलाभ होला । यो साताका लागि शुभअङ्क २, ४ र शुभरङ नीलो वा घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व मृत्युञ्जय भगवान्को ध्यान गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

तुला

यो साता मनोरञ्जनमा सहभागी भइएला । व्यापार–व्यवसायमा लाभ हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । शुभसमाचार सुन्न पाइएला । रविबारबाट अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ हरियो वा कालो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको दर्शन गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

वृश्चिक

यो सप्तामा डुबेको धन उकास्न दौडधुप गर्नुपर्छ । गलत निर्णय लिन पुगिएला । राजनीतिक विवाद बढ्नेछ । घर–व्यवहारको समस्याले सताउनेछ । सोमबारबाट वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ गुलाबी वा सिन्दूरे हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको दर्शनगरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु
बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साताको अन्त्यबाट अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्नेछ । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । भोगविलासमा मन जानेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ नीलो वा हरियो हो । कुनै शुभकर्म गर्नुअघि शनिदेवको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

मकर

कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । नयाँ व्यक्तिसँग भेट होला । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । रविबारबाट गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ रातो हो । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि पितृदेवको ध्यान गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कुम्भ
सरकारी निकायको भय रहला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । अरूको वचन टार्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । शनिबारबाट एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ ध्वाँसे वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

मीन
नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ । अरूको मन जित्न सकिनेछ । धार्मिक–सांस्कृतिक गतिविधिमा संलग्न हुनुपर्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । साताको अन्त्यबाट आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ आकासे–नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बिघ्नहर्ता गणेशजीको पूजा–अर्चना गरी गरेको लगानीबाट सफलता मिल्नेछ ।