भलिबल प्रतियोगिताको उपाधि एपिएफलाई

भलिबल प्रतियोगिताको उपाधि एपिएफलाई


डिफेन्डिङ च्याम्पियन न्यु डायमण्ड एकेडेमीलाई हराउँदै विभागीय क्लब एपीएफले रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । तीज महोत्सवको अवसरमा पोखराको लामाचौरमा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरको इन्द्रराज्य लक्ष्मी माविमा भएको फाइनलमा एपिएफले डायमन्डलाई २५–१८,२५–१८ र २५–१२ ले सोझो संटमा पराजित गरेको हो । एपिएफ प्रशिक्षक ज्ञानेन्द्र विष्टले डिफेन्स, ब्लक राम्रो भएकाले उपाधि जित्न सहज भएको बताए ।


प्रतियोगितामा एपिएफकी स्पाइकर सरस्वती चौधरी उत्कृष्ट खेलाडी, न्यु डायमण्डकी प्रतिभा मालीले बेस्ट स्पाइकर, पश्चिमाञ्चलकी पवित्रा बिसी उत्कृष्ट ब्लकर, अरुणा शाही उत्कृष्ट सर्भर, एपिएफकी बिनिता उत्कृष्ट सेटर, नेपाल पुलिसकी कमला पुन उत्कृष्ट लिब्रो र एपिएफकी उषा विष्ट उत्कृष्ट क्विकर खेलाडीको रुपमा पुरस्कृत भएका थिए । डायमन्डका प्रशिक्षक कुमार राईले रेफ्रीको निर्णयले खेलमा असर गरेको बताए ।

विजेता एपिएफले ७५ हजार, उपबिजेता न्यु डायमण्डले ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । तेस्रो स्थान नेपाल पुलिस क्लबले हात पा¥यो । पुलिसले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई चार सेटमा पराजित गरेको थियो । तेस्रो भएको पुलिसले २० र चौथो स्थानमा सीमित पश्चिमाञ्चलले १५ हजार प्राप्त गरे । प्रतियोगिताको विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशब कुमार विष्ट लगायतले पुरस्कार वितरण गरेका थिए ।