नवोदित र काङमाङको छनोट

नवोदित र काङमाङको छनोट


लन्डन । गत ७ नोभेम्वर, इवुरी प्रकाशन गृहले वेलायत भरिका २५० जना कविहरुका कविताहरुलाई छनोट गरी १०० जना कविहरुका कविताहरुलाई सार्वजनिक गरेको छ । प्रमुख अथिति मिनिस्टर एन्ड्रु रोवथन एमपी र मेजर जनरल एन्ड्रु क्यान्नेठ रहेका थिए । फिल्ड मार्शल कोठामा सम्पन्न भएको उक्त कार्यक्रममा सेलेक्टेड युद्घ कविता संग्रह हिरोज का सम्पदक जोन जेफ्कक्ले -यो २५० वटा कविताहरुमा १०० वटा सेलेक्टेड गर्न मलाई निकै गाह्रो भयो र गाह्रो काम भएको महशुस गरे । हिरोज्वाट विक्रि भई उठेको रकम एबीएफ आर्मी वेनेभेलेन्ट फण्डमा जाने भएकोले सवै कविहरुलाई कविता पर्ठाई सहयोग गरी दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहान्छु …भनेकाथिए ।

ब्रिगेड अफ गोर्खाज् र नेपालीहरुको तर्फबाट प्रतिधित्व गर्दै १०० जना युवा कविहरुमा सेलेक्टेड भएका छन्, कविद्घय काङमाङ नरेश राई र जगत नवोदित । काङमाङ नरेश राईको कविताको शीर्षक आँशु जस्तै छ युद्घ (वार इज् लाइक टियर) ।
Few drop her tears
Trickle over my boot
And shimmer at the brightness of light
I close my eyes
And open them while
To look at the boot
The teardrop flowing from my boot
Hand vanished somewhere into carpet
I think –
The life we lead as soldiers
Is like tears !
जगत नवोदितको खुकुरी शीर्षकको कविताको एक अंश,
Khukuri-
That has carried my story
Khukuri-
That has witnessed my past khukuri-
That has written my history .
कविद्घयले कार्यक्रमको बारेको आफ्ना अनुभवहरु सुनाउने क्रममा, काङमाङ नरेश राईले -एकजना पाहुना महिलाले कसरी तिमीले यस्तो कविता लेख्यौ मेरो हार्ट टच गयो, मेरो आफ्नै घट्ना जस्तै छ भनी अंगालो मारेकी बताएका थिए भने जगत नवोदितले -मलाई त्यहाँ उपस्थित पाहुनाहरुले यति राम्रो कविता छ, के तपाई सधैं कविता लेख्ने गर्नुहुन्छ ? भनी सोधेका प्रसंगहरु सुनाएकाथिए ।

पब्लिसिङ्ग ग्रुपका एक ब्यक्ति क्यारिले Asda, Amazon, Blackwell, Book Depository Books, Etc Foyle, John Smiths, Play, Sainsbury, Tesco Books, Water stones, WH Smith मा हिरोज् कविता संग्रह किन्न पाइने जानकारी दिएकिथिईन् । १०० जना कविहरुमा उक्त कार्यक्रममा, जम्मा १७ जना कविहरु मात्र उपस्थित भएका थिए भने पाहुनाहरु र संचारमाध्यमहरुले कोठा टनाटन भरिएको थियो जसमा वी.एफ.वी.एस. टेलिभिजन्, बी.बी.सी. रेडियो र अन्य पत्रपत्रिकाहरुको मुख्य उपस्थिति रहेको थियो ।
-अप्जसे कान्छा, मेस