विमानस्थलमा कालो झण्डा देखाइँदै !

विमानस्थलमा कालो झण्डा देखाइँदै !


छिमेकी मुलुक भारतको भ्रमण पूरा गरेर फर्किन लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेश उत्रिएलगत्तै कालो झण्डा प्रदर्शन गरी विरोध जनाइने तयारी भएको बुझिएको छ । भारतको पाँचदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री देउवा आज आइतबार बेलुकी स्वदेश फर्किंदै छन् । भारत भ्रमण सफल र उपलब्धिपूर्ण भनी सत्तापक्षबाट दाबी गरिए पनि विपक्षीहरुबाट भ्रमणको क्रममा भए-गरेका काम तथा अभिव्यक्तिको व्यापक आलोचना गरिएको छ । यसैक्रममा विप्लव नेतृत्वको माओवादीले एयरपोर्ट उत्रिँदा कालो झण्डा प्रदर्शन गरी विरोध जनाउन लागेको हो ।

प्रधानमन्त्रीको विरोध गर्न विमानस्थल क्षेत्रमा माओवादी कार्यकर्ताहरु विभिन्न रुपबाट भेला भएका छन् भने यसको सुइँको पाएपछि सुरक्षा निकायले पनि विमानस्थल आसपास सुरक्षा व्यवस्थामा थप कडाई गरेको बुझिएको छ ।

शनिबार तिरुपती बालाजीको दर्शनसँगै बोधगया पुगेका प्रधानमन्त्री देउवासहितको टोली आज राति ८ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।