कालो झण्डा प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

कालो झण्डा प्रदर्शनकारी प्रहरी नियन्त्रणमा


प्रधानमन्त्री शेरबहादुर देउवाबाट भारतमा राष्ट्रघाती सम्झौता गरिएको आरोप लगाउँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एयरपोर्टमा कालोझण्डासहित प्रर्दशन गरेका छन् । प्रधानमन्त्री स्वदेश आइपुग्नुअघि नै माओवादी कार्यकर्ताहरुले कालो झन्डा प्रदर्शन गरेका हुन् । यसरी विरोधमा उत्रिएकामध्ये प्रकाश अधिकारीलगायत केही माओवादी कार्यकर्तालाई विमानस्थल क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनमा उत्रिएका माओवादी कार्यकर्ताले देउवाले देशघाती र जनघाती सम्झौता गरेर मुलुकलार्इ भुटानीकरण र सिक्कमीकरणतिर लगेको भन्दै नारा लगाएका स्थानीय प्रत्येक्षदर्शीले जानकारी दिएका छन् ।