किन गरियो माओवादी केन्द्रको हेडक्वार्टर विघटन ?

किन गरियो माओवादी केन्द्रको हेडक्वार्टर विघटन ?


पार्टी प्रशिक्षणलगायतका सिलसिलामा केही दिन पश्चिम नेपालको यात्रामा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार राजधानी फर्किएलगत्तै पार्टीको हेर्डक्वाटर विघटन गरेका छन् । नेकपा माओवादी केन्द्र हेडक्वार्टरको आइतबार बसेको विशेष बैठकले लिएको निर्णयअनुसार उक्त निकाय विघटन गरिएको माओवादी सुत्रले जनाएको छ । माओवादी केन्द्रको हेर्डक्वार्टर ३५ सदस्यीय रहेको थियो ।

आइतबारको बैठकले पार्टीको कार्यकारी निकाय केन्द्रीय सचिवालयलाई बनाउने निर्णय गरेको बताइएको छ । केन्द्रिय समितिलाई छरितो तुल्याउने अवधारणाअन्तर्गत हेडक्वार्टर विघटन गरिएको र ९९ सदस्यीय केन्द्रीय सचिवालयलाई कार्यकारी निकाय बनाइने पनि बताएको छ ।

माओवादी केन्द्रको केही समयअघि गठित महाधिवेशन आयोजक समितिमा चार हजार भन्दा बढी सदस्य रहेका छन् । समिति भद्दा भएकोमा माओवादी केन्द्र हास्यपात्र बन्दै आएको छ भने पार्टीभित्रै पनि यसको आलोचना हुने गरेको छ । स्रोतका अनुसार फुटेर गएका माओवादीलाई एकीकरण प्रक्रियामा ल्याउने उद्देश्यले प्रचण्डले हेडक्वार्टर विघटनको नीति अख्तियार गरेका हुन् ।