तपाईंको यो साता

तपाईंको यो साता


मेष :
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । स्वादिष्ट भोजन पाइनेछ । विद्या र बुद्धिको विकास हुनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । साताको अन्त्यबाट आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । यो साताका लागि शुभअङ्क १, ४ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व नवग्रहको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

वृष :
महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । मनमा निराशा र शरीरमा आलस्य आउला । सहकर्मीबाट विरोध आउला । स्वास्थ्यमा समस्या आउला । शनिबारबाट मनमा शान्ति छाउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ रातो वा पहेँलो हो ।

मिथुन :
आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । चोटपटक लाग्न सक्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । साताको अन्त्यबाट विशिष्ट व्यक्तिको साथ पाइनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको दर्शनगरी गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ नीलो वा हरियो हो ।

कर्कट :
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । व्यवसायमा औसत लाभ हुनुका साथै रोकिएको धन पाइनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । शनिबारबाट कुविचारमा मन जानेछ । मनमा द्विविधा उत्पन्न होला । शत्रु बढ्नुका साथै नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ, सचेत रहनुहोला । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व महासरस्वतीको दर्शन गरे सफलता हात पर्नेछ ।

सिंह :
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । साताको अन्त्याट मनोरञ्जनमा धन खर्च हुनेछ । पारिवारिक समस्याले सताउनेछ । व्यापार–व्यवसायमा मन्दी आउला । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ घिउरङ वा गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व सिद्धिविनायकको दर्शन गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या :
विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । शनिबारबाट पारिवारिक मनमुटाव बढ्नेछ । कार्यहरू अधुरै रहलान् । मनोरञ्जन र भ्रमणमा खर्च बढ्नेछ । यो साताका लागि शुभअङ्क ६, ७ र शुभरङ पहेँलो वा ध्वाँसे हो । कुनै शुभकर्म गर्नुपूर्व महाकालको स्मरण गरी यात्रा आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

तुला :

समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । अरूको वचन टार्न नसक्दा दुःख पाइने र खर्च पनि हुनेछ । आइतबारबाट नयाँ कार्यको योजना बन्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ वैजनी वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल मिल्नेछ ।

वृश्चिक :
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । दाम्पत्यजीवन सुखमय रहला । पार्टी–पिकनिकमा सहभागी भइएला । लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन् । ठूला व्यक्तिले तपाईंको मिहिनेतको प्रशंसा गर्नेछन् । सजिलै अरूको विश्वास जित्न सकिनेछ । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त मिल्नेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ सुन्तला हो ।

धनु :
कुटुम्बको सहयोग पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । धार्मिक–सांस्कृतिक गतिविधिमा संलग्न हुनुपर्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । रोमाञ्चक यात्रा होला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि उन्मत्तभैरवको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ वैजनी वा पहेँलो हो ।

मकर :
बोलीको भरमा कार्य सम्पादन हुनेछ । अदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बाहन लाभ हुने समय छ । पढाइलेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को पूजा गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ३ र शुभ रङ पहेँलो हो ।

कुम्भ :
आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । सम्पत्तिको क्षय हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सामान हराउन सक्नेछ । शनिबारबाट बहुमूल्य वस्तु हात पर्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महालक्ष्मीजीको दर्शन गरी आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ सुन्तला हो ।

मीन :
दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । राज्यबाट मान–सम्मान पाइनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । कुटुम्बको सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । साताको अन्त्यबाट अनावश्यक यात्रा हुनेछ । पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ६, ९ र शुभरङ पहेँलो हो ।