प्रधानमन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म उद्घाटनमा व्यस्त !

प्रधानमन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म उद्घाटनमा व्यस्त !


निर्वाचन आयोगले चुनावी प्रयोजनका निम्ति आचारसंहिता हिजोदेखि लागू गरेपनि सरकारकै मन्त्रीबाट बेबास्ता भएको पाइएको छ ।

प्रधानमन्त्रीदेखि उपप्रधानमन्त्रीसम्मले आचारसंहितालाई कुल्चदै विभिन्न जिल्लामा पुलदेखि सामान्य कार्यक्रम उद्घाटनमा आफ्नो समय व्यतित गरेका हुन ।

आज मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिता उल्लंघन गर्दै कञ्चनपुरको महाकाली नदीमा निर्माण हुन लागेको चार लेनको पुलको शिलान्यासका गरे ।

यतEरसंहिता न्जिनियर्स एशोसियशन डिनको दुई दिने राष्ट्रिय सम्मेलनको उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले उद्घाटन गरे ।

निर्वाचन आचारसंहिता लागू भएपछि सरकारका मन्त्रीले कुनै पनि कार्यक्रमहरुको उद्घाटन शिलान्यास गरे आचारसंहिता लाग्ने निर्वाचन आयोग बताउछ ।

२०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचार संहिता, ०७२ मा नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहले कुनै पनि योजनाको शिलान्याश,उद्घाटन गर्ने, सर्वेक्षण तथा अध्ययन गर्ने तथा अनुदान दिने जस्ता कार्यक्रम गर्न गराउन नपाइने उल्लेख छ ।

सो विपरितको काम भए कारबाही हुने निर्वाचन आयोगले जनाएको छ ।