लेखापढी व्यवसायीको हडतालका कारण भक्तपुर मालपोतको काम ठप्प

लेखापढी व्यवसायीको हडतालका कारण भक्तपुर मालपोतको काम ठप्प


लेखापढी व्यवसायी (लेखनदास)हरूको हडतालका कारण भक्तपुरस्थित मालपोत कार्यालयबाट हुने दैनिक काम नराम्रोसँग प्रभावित हुन पुगेको छ ।
भक्तपुरको मालपोत कार्यालयमा केन्द्रित रहेर काम गर्ने लेखापढी व्यवसायीहरूले विभिन्न माग राखी गत शुक्रबारदेखि हडताल गरेका छन् ।

कार्यालयको अनलाइन सेवा प्रभावकारी र व्यवस्थित हुनुपर्ने, फाँटमा कर्मचारीहरूको सङ्ख्या पर्याप्त हुनुपर्ने र कित्ताकाटलाई सर्वोच्च अदालतको आदेश अनुसार सूचारु गरिनुपर्ने लगायतका माग उनीहरूले गरेका छन् ।

लेखापढी व्यवसायीहरूको हडतालका कारण अहिले मालपोत कार्यालयको काम ठप्पप्रायः हुन पुगेको छ । पहिले नै लिखत भइसकेका र सेवाग्राही आफैले लिखत तयार गरी ल्याइएका फाइलको मात्र काम हुँदा यतिबेला भक्तपुर मालपोत कार्यालयमा मुस्किलले दश प्रतिशत मात्र काम हुन सकेको छ ।