अखिल क्रान्तिकारीको मतगणना जारी, अध्यक्षमा रन्जित अगाडि

अखिल क्रान्तिकारीको मतगणना जारी, अध्यक्षमा रन्जित अगाडि


नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को २१ औं एकताको सम्मेलन भदौ ७ गतेदेखि सुरु भए पनि नयाँ नेतृत्वको लागि सहमति हुन नसक्दा निर्वाचन गरिएको छ । सहमतिबाट नेतृत्व चयन नभएपछि क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन हुन लागेको हो । अध्यक्षका लागि रन्जित तामाङ र दीपक न्यौपाने अडान नछोडेपछि मतदान प्रक्रियामा गएको अनेरास्ववियु क्रान्तिकारीको निर्वाचन मतगणना जारी छ ।

पछिल्लो मतपरिणामअनुसार अध्यक्षका उम्मेदवार रन्जित तामाङ अगाडि छन् । ७१७ मत गन्दा अध्यक्षमा रन्जितको ३४८ र अनिल शर्माको ३२४ मत रहेको छ । यस्तै उपाध्यक्षतर्फ तिलक भण्डारीको २२२, पुरन केसीको २५७, सुरेन्द्र बस्नेतको ३२२, उद्धव भट्टरार्इको २४२, विजय गौत्तमको १८७ मत आएको छ । छात्रा उपमहासचिवमा आशा तमु निर्विरोध निर्वाचित हुनु भएको छ । नयाँ नेतृत्वको लागि ३३ पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति चयन गर्नका लागि यही भदौ ७ गते काठमाडौँमा अधिवेशनको उद्घाटन गरिएको थियो । दुई हजार १५ मतदातामध्ये करिब एक हजार सात सयले मतदान गरेका थिए । आज साँझसम्मा मतगणना सकिने बताइएको छ ।