सोनी च्यानलको प्रस्टोक्ति : कपिल शर्माको शो बन्द !

सोनी च्यानलको प्रस्टोक्ति : कपिल शर्माको शो बन्द !


सेट म्याक्स अन्तरगतको मनोरंजानात्मक टेलिभिजन च्यानल सोनी इन्टरटेनमेन्टबाट प्रसारित हुने कमेडी शो ‘द कपिल शर्मा शो’ को नयाँ एपिशोड केहि समयलाई बन्द भएको छ ।

च्यानलले कपिलको स्वास्थ्य ठीक नभएसम्म र नयाँ एपिसोडको शुटिङ नभएसम्म शो बन्द गर्ने निर्णय गरेको जनाएको छ । नयाँ शो शुटिङ नभएसम्म च्यानलले उनको पुरानै एपिसोड पुनः प्रसारण गर्नेछ ।

च्यानलले एक विज्ञप्ती जारी गर्दै कपिलको स्वास्थ्य अवस्था ठीक नभएको कारण शो बन्द गर्नुपरेको जनाएको छ।

कपिलको अस्वस्थ्यताको कारण नयाँ एपिसोडको शुटिङ हुन सकिरहेको थिएन र च्यालनसँग अरु बचत एपिसोड पनि नभएको कारण केही समय शो बन्द गर्नुपरेको उल्लेख गरेको छ ।

अब कपिलले पनि केही समय ब्रेक लिन पाउनेछन् । स्वास्थ्य ठीक भएपछि उनी पुनः कार्यक्रममा फर्कनेछन्। केही दिन अगाडी मात्रै कपिलले सोनी च्यानलसँग शो को लागि १ वर्षको म्याद थप गरेका थिए । #एजेन्सी