स्वतन्त्र सभासद चन्देश्वर झा राजपामा प्रवेश

स्वतन्त्र सभासद चन्देश्वर झा राजपामा प्रवेश


दोस्रो सविधानसभाको चुनावमा स्वतन्त्र सभासदको रुपमा जित हासिल गरेका चन्देशवर झा राष्ट्रिय जनता पार्टी ‘राजपा नेपाल’ मा प्रवेश गरेका छन ।

महोत्तरी क्षेत्र नम्बर ४ बाट स्वतंत्र सभासद रहेका (हाल सांसद) झा पार्टी प्रवेश गरे पछि राष्ट्रिय जनता पार्टी नेपालसंग अव २५ जना सांसद संख्या भएको छ ।

शुक्रवार बबरमहल स्थित पार्टी कार्यलयमा राजपा अध्यक्ष मण्डलीका नेताहरुले उनलाई पार्टीमा भित्राएका हुन ।  उनले तत्कालिन सद्भावना पार्टीकी नेतृ सुरिता साहलाई तीन हजार ६२ मतले हराएका थिए ।

उनी काँग्रेसमा जाने हल्ला थियो तर चुनावमा राजपा नेपालको माहोल राम्रोदेखिपछि उनी सो दलमा प्रवेश गरेका हुन् ।

हेर्नुस् फोटोहरु :