बाढीपीडितलाई महाकालीको सहयोग

बाढीपीडितलाई महाकालीको सहयोग


तराईका बाढीपीडितलाई सिन्धुपाल्चोकको महाकाली बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ । संस्थाले जिल्ला समन्वय समितिमार्फत नगद पचास हजार रुपैयाँ बाढीपीडितका लागि सहयोग पठाएको हो ।

समन्वय समितिका प्रमुखमार्फत सो रकम सहयोग सहयोग गरेको संस्थाले जनाएको छ । ‘विपतको बेला सानो रकमले पनि धेरैलाई राहत पुग्छ,’ महाकाली बहुउद्धेश्यीय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले भने, ‘पहाडमा पहिरो आए तराईको सहयोग र तराईमा बाढी आउँदा पहाडको समन्वय आवश्यक हुने कुरालाई आत्मसात गर्दै सहयोग गरेका हौं ।’

रकम हस्तान्तरण गर्दै संस्थाले पीडितहरुको राहत र उद्धारका लागि सम्पूर्ण नेपालीलाई सहयोगको अनुरोधसमेत गरेको छ । ‘चाँडोभन्दा चाँडो पीडितहरुको उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षणसमेत गराउँछौं’, श्रेष्ठले भने ।