भ्याली पब्लिक र पुष्पसदनले चौथो बृहस्पति कप अन्तरविद्यालय मिनी बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । भ्याली पब्लिक गल्र्स तथा पुष्पसदन ब्वाइजमा च्याम्पियन बनेका हुन् ।
बृहस्पति विद्या सदनद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा भ्याली पब्लिकले द चाँदबाग स्कुललाई १९–१७ को साँघुरो अन्तरले पराजित गरेको हो । भ्याली पब्लिकको जितमा सुमिना तामाङले ८ अंक योगदान गरिन् । ब्वाइजको उपाधि भिडन्तमा पुष्पसदनले एन्जल्स हार्टलाई २१–१३ ले पाखा लगाएको थियो । फाइनलमा पुष्पसदनका दिल्सान महर्जनले ८ स्कोर गरे ।
गल्र्समा चाँदबागकी दिब्या गुरुङ तथा ब्वाइजमा एन्जल्स हार्टका सागर परियार ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । गल्र्समा चाँदबाग र ब्वाइजमा स्वर्णिमले अनुशासित टिमको उपाधि हात पारे ।
प्रतियोगिताको ब्वाइज र गल्र्समा समान १२–१२ गरी २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । ब्वाइज र गल्र्स दुवैमा यु–१२ उमेरसमूहमा प्रतिस्पर्धा भएको थियो ।
प्रतिक्रिया