-दीर्घराज प्रसाई,
२०६३ सालपछि नेपाल डुबाउनमा नेपालका केही दलाल पदलोलुप, सिद्धान्तच्यूत बाहुनहरुलाई पद, पैसाको पूर्ण आश्वासन दिई नेतृत्व तहमा पुर्याएर धर्मनिरपेक्ष, गणतन्त्र, जातीय आधारको संघीयता जवरजस्त लागू गर्न लगाएर संविधानसभाको नाटक गरेर त्यहीबाट नेपाल सिभ्याउन सकिन्छ भन्ठानेर विदेशीहरु खास गरेर भारत र अमेरिकाको चासोमा कथित मानव अधिकार र लोकतन्त्रको नामबाट दुनियालाई भ्रम सिर्जना गराएर नेपाल डुबाउन खोजिएको छ । भनेर साध्ये छैन- नेपाललाई नयाँ संविधान बनाउने भन्ने, तोकिएको समयमा संविधान नबनाउने, देशभित्र ब्रम्हलुट मच्चाउँदै पटक-पटक म्याद थपेर देशलाई अन्धकारमा फँसाएका छन् । २०६३ सालपछि सत्ता कब्जा गर्नेहरुले नेपाललाई संविधानविहीन बनाएर गृहयुद्धमा फसाउँदैछन् । संविधान आउनु कहाँ छ कहाँ, पहिला नै धर्मनिरपेक्ष, गणतन्त्र र संघीयताको नाटक मञ्चन गरेर बिदेशीको इशारामा हिँडेर नेपाली जनतालाई धोका दिनेहरु राष्ट्रघातको कलंकबाट कहिले पनि चोखिन सक्दैनन् । वास्तवमा नेपालका केही बाहुन नेताहरुले सबैलाई भूल्भूल्याइमा पारेर राष्ट्रघात गर्दै आफूहरु चोखिन खाजेको दूष्परिणम अहिले पराकाष्ठामा पुगेको छ ।
नेपाली कांग्रेसका नेता स्व. गिरिजा, माओवादीका प्रचण्ड र बाबुराम भट्टराई, एमालेका माधव नेपाल, झलनाथ यी पाँच जना बिग्रेका बाहुनहरु नै हुन् नेपालको अधोगति गराउने । यी पाँच जना बाहुन् मिलेर देश बेचे भने जनताको केही नचल्ने अवस्था छ । नेपाल बेचेको खण्डमा विदेशीहरु समर्थन गर्न ठीक परेका हुन्छन् । त्यत्ति बलियो बनाएका छन् यी बाहुनहरुलाई-विदेशीहरु मिलेर । ती बाहेकका अरु कृष्ण सिटौला, रामचन्द्र पौडेल, वामदेव, खड्ग ओलीहरु जस्ता १५।२० जना त्यस्तै बिग्रेका अरु बाहुनहरु पनि छन् । यिनीहरु पनि यिनै पाँच बाहुनहरुका दलाल हुन् । नेपालका गैरसरकारी संस्थाहरु, मानवअधिकार, नागरिक समाजमा रहेका जति बाहुनहरु छन् ती सबै सीआईए र भारतीय दलाल छन् । दुई-चारजना अरु जातका मान्छे जो छन् ती पनि बिकिसकेका दलालहरु हुन् । नेपालको राष्ट्रियता र पहिचान जोगाउने कुरा, विदेशीले पैसा खान दिन्न भनेर, कहिले बोल्दैनन । यस्तो छ देशको स्थिति अरु देशमा भए त्यस्ताहरुलाई अपराधी ठानेर झुण्डयाइन्थ्यो । विदेशीहरु तिनीहरुको पक्षमा देखिने भएकाले सुरक्षा स्रोत पनि रमिते भएर देशद्रोहीहरुले रजाईँ गरेको टुलुटुलु हेरेर देश डुब्न लागेको हेरेर बस्दा छन् । २०६२ सालपछि विदेशीले नेपालका बासिन्दाहरुमध्ये छानी-छानी बिग्रेका बाहुनहरुलाई नेतृत्व तहमा पुर्याएर उनीहरुमार्फत नै नेपाल कब्जा गर्न सकिन्छ भन्ने सोच राखेर काम गरेका हुन् । नेपाललाई क्रिस्चियन राज्य बनाउन नेपालका बाहुनहरुलाई प्रयोग गरेर मात्र सम्भव छ भन्ने पश्चिमाहरुको ठम्याइ हो । बाहुनहरु कट्टर हिन्दू पनि हुन् र पद र पैसाका लोभी पनि हुन्छन्, यिनीहरुलाई फसाउन सक्नु पर्दछ, यसोभएपछि अरु जाति-जनजाति त्यसैको पछि लागिहाल्छन्’ भन्ने कुरा विदेशीहरुले बुझेर त्यहीअनुरुप नेपालका बिग्रेका बाहुनहरु खोजी-खोजी नेतृत्वतहमा पुर्याएर नेपालको अधोगति बनाउनमा सशक्त बनेर लागेका छन् ।
स्मरणीय कुरा छ- नेवार, थारु, राजवंशी, तामाङ, धिमाल, शेर्पा, गुरुङ, मगर, लिम्बू, राई, तराईका आदिवासी झा, यादव, कर्मी तथा मुसलमानहरुलाई जति नै पैसाले किन्न खोजेता पनि नेपाल कब्जा गर्न सम्भव नहुने कुरा विदेशी गुप्तचर संस्थाहरुले अध्ययन गरेर यहाँका नेतृत्व तह र उनीहरु नजिकका बाहुनहरुलाई प्रयोग गरेर नेपालको अधोगति गर्न लागेका हुन् । क्षेत्रीमा शेरबहादुर देउपा, लिम्बूमा सुबास नेम्वाङ, नेवारमा पद्यमरत्न आफ्नो पकडमा रहेता पनि अन्य अरुहरुलाई उचाल्न यिनीहरुबाट सम्भव नदेखेपछि यिनीहरु समेतलाई यिनै बिगे्रका बाहुनहरुमार्फत अघि सारेर नेपालको हुर्मत लिन लागेका छन् । नेपाली कांग्रेसका नेता गणेशमान सिंह अरु बाहुनहरुसँग विश्वस्त भएर काम गर्थे तर गिरिजाप्रसाद कोइरालालाई कहिले विश्वास गर्दैन थिए, सतर्क ररिहरहे । तर आखिरीमा देश डुबाउन, २०६३ सालपछि गिरिजाप्रसाद नै एक नम्वरका देशद्रोही बने । जस्को पीडा अहिले देश विदेशमा रहेका सारा हामी नेपालीहरु भोग्दै छौं । के गर्न सकिन्छ, र घरको एउटा कुलंगारले आगो लायो भने । अहिलेको नेपालको स्थिति गिरिजाले आगो लगाएका र अरु नेतृत्वतहमा रहेका बाहुनहरुले आगामा घिउ थप्ने काम गरेका छन् ।
विश्वको एकमात्र हिन्दूअधिराज्यको रुपमा कहलिएको नेपालले विश्वमा नै आफ्नो पहिचान दिएर उभिएको नै हो । नेपालको राष्ट्रिय झण्डा, हिन्दू अधिराज्य विश्वब्यापीरुपमा पहिचानको रुपमा चिनिन्छ । नेपाल हिन्दू र बौद्धको आधिकारिक थलो हो । विश्वमा १ अर्बभन्दा बढी हिन्दूहरुको सामू विश्वको एकमात्र हिन्दूराष्ट्र नेपाल भएको र बुद्धको जन्मभूभि भएकाले विश्वमा रहेको विश्वमा कम्तीमा २ अर्ब बुद्धिष्टहरु भएकाले नेपाललाई हिन्दु र बौद्धहरुको आस्थाको केन्द्रस्थल हो र नेपाललाई यी दुबै धर्मको आस्थाकेन्द्र बनाउन सकिन्छ । विश्वका धर्महरुमा हिन्दू धर्म अत्यन्त उदार धर्मको रुपमा मानिन्छ । नेपाललाई हिन्दूअधिराज्य घोषित गर्ने कुरा धर्मको हिसाबले मात्र हेर्ने होइन यो त नेपालको राष्ट्रियताको स्रोतको अभिन्न अङ्ग र प्रमाणपत्रको रुपमा मानिन्छ भने विश्वव्यापी रुपमा कहलिएको नेपालीहरुको इज्जत ठान्नुपर्दछ । धर्मको नाममा क्रिस्चियन् तथा मुस्लिमहरुलाई पेल्ने पक्षमा हिन्दू अधिराज्यको होइन, थिएन, छैन । नेपालका मुसलमानहरु त नेपालको एकीकरणको समयदेखि नै नेपाल जोगाउन लागिपर्दै आएका छन् भलै उनीहरुको धर्मसँग हाम्रो कुनै बिरोध छैन र उनीहरु पनि नेपामा हिन्दू र वौद्धप्रति कहिले प्रतिशोध राख्नैनन् । उनीहरु पनि हिन्दू तथा बौद्धको अस्तित्व मेटाउन नलागेर आफ्नो धर्ममा स्वतन्त्र रहेर बसून् भन्ने हो । धर्ममा हिन्दूवादीहरुको कुनै पूर्वाग्रह हुँदैन । तर नेपालमा सबैभन्दा क्रिस्चियनहरुले जुन षडयन्त्र गराएर नेपालको अधोगति गराउन खाजेका छन् त्यस्ता क्रियाकपापबाट हामी नेपालहरु संतुष्ट छैनौं । यसले क्रिस्चियन धर्म पनि वदनाम भइरहेको छ ।
तर सवाल यो हो कि नेपालको राष्ट्रियतालाई सांस्कृतिक रुपले पनि प्रवल हुन सकोस् भन्ने अभिप्रायले मात्र विश्वको एक मात्र हिन्दू राष्ट्रको अस्तित्वको लागि संघर्षरत छौं । यस्तो परिस्थितिमा २०६३ साल वैशाख ११ गते राजाबाट पुनर्स्थापित प्रतिनिधि सभाले, २०६३ जेष्ठ ४ गत,े नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेर यहाँका बाहुन नेताहरुले अत्यन्त ठूलो भूल मात्र होइन, अपराध गरेका छन् । यस कुराले विश्वभरमा हिन्दूहरु अत्यन्त दुःखी तथा आक्रोशित छन् । राष्ट्रघातमा सामेल भएकाहरुलाई राज्यले सजाय दिनसक्नु पर्दछ । यसको लागि हामी नेपालीहरु ज्यानको बाजी गरेर मैदानमा उत्रिनुपर्ने अवस्था छ । राष्ट्रियताका पहिचानहरुको बिरुद्ध लाग्नु भनेको ठूलो अपराध हो । हो, धर्म निरपेक्षताको समर्थन गर्न पनि पाइन्छ । तर के धर्मनिरपेक्षताको नाममा क्रिस्चियनहरुलाई खुलुमखुल्ला धर्मपरिवर्तन गराउन गाउँ-गाउँमा पठाउने ? वैदिक हिन्दू सनातन धर्मर्-धर्महरुमा सर्वश्रेष्ठ महासागर हो जहाँ जो जसरी पनि पौडन सकिन्छ ।
नेपालमा हिन्दू सनातन धर्म सबै जाति, समुह, राजा र जनताको एकताको आधार हो । हिन्दू सनातन धर्म नेपालका राजाको मात्र धर्म होइन । हिन्दूभित्रका सबै साम्प्रदायहरु पञ्चदेव उपाशक हुन्छन् । यसैभित्र राम, कृष्ण, बौद्ध, शिख, जैन, शाक्त, सबै समाहित भएका हुन्छन् । नेपालका राजाले हिन्दू, बौद्ध र अन्य साम्प्रदायीहरुलाई फरक दृष्टिकोणले हेरेको हुन्न । त्यसैले नेपालका राजा सबैका साझा मानिन्छन् । तर नेपाललाई भारतीयहरुले नेपाल हिन्दू अधिराज्य हुँदाको अवस्थाको गौरव जसरी मानेका छन् अहिले उनीहरु निराश छन् । स्मरणहोस्- भारतमा अंग्रेजहरुबाट हिन्दूहरुलाई मार्ने, दबाउने गर्ने गरेको कुरा कुनै पनि भारतीयहरुले बिर्सेका छैनन् । भारतलाई मुसल्मान र अंग्रेजको अत्याचार र हिन्दुत्व माथिको बलात्कारले बिटुलो भइसकेको छ । त्यसबेलामा नेपालमा यो क्षेत्रका ५४ भन्दा बढी स-साना हिन्दू राज्यका जनतालाई मिलाएर पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गर्न सकेका हुन् । हिन्दुत्व राजासँग मात्र संवन्धित नभएर हिमवतखण्ड नेपाल र भारतखण्डको पहिचान हो । बेलायतकी महारानीले राज्यारोहणमा आङ्गुलिकन चर्चमा गएर प्रार्थना गर्ने र उही सपथ खान्छिन् । अमेरिकी राष्ट्रपनि र प्रधानन्यायधीसले संविधानमको सपथ नलिएर बाइबल समातेर सपथ ग्रहण गर्छन् । तर उनीहरु अरु राष्ट्रहरुमा धर्मनिरपेक्षताको लागि खर्च गर्छन् । यो त सीधै विदेशीहरुले हेपेको होइन ? यो अपराध होइन ?
नेपाल हिन्दू र बौद्धको आधिकारिक थलो हो । विश्वमा कम्तीमा १ अर्ब हिन्दू र २ अर्ब बुद्धिष्ठ छन् । प्रतिष्ठा र पर्यटकीय हिसाबले नेपाललाई हिन्दू र बौद्धहरुको आस्थाको केन्द्रस्थल बनाउन सकिन्छ । विश्वका धर्महरुमा हिन्द धर्म अत्यन्त उदार धर्मको रुपमा मानिन्छ । तर २०६८ सालको जनगणनामा हिन्दूलाई अल्पमत बनाउन देशी विदेशीहरुअगाडि बढेर हिन्दू धर्मको ब्यापक बिरोध गरेर हिन्दू धर्म नलेख्न जवर्जस्ती गरेका थिए । त्यही भएर होला तथाङ्क विभागले धार्मिक विवरण सार्वजनिक गरेका छैन । यस्ता षयडन्त्रपूर्ण झुठा र गलत परिणामलाई हामी स्वाभिमानी नेपालीले समर्थन गर्ने छैन । हिन्द धर्मभन्दा धेरैपछि जन्मिएका धर्महरु मुस्लिम, क्रिस्चियन्हरुले विश्वका अनेकौं राष्ट्रलाई धर्मसापेक्ष राष्ट्र घोषित गर्ने अनि नेपालले चाहिँ धर्म निरपेक्ष हुनु पर्ने ? यो कस्तो न्याय हो ? क्रिश्चियन्हरुले-‘क्रस’, यहुदीहरुले-‘षडकोण’, मुसलमानहरुले-‘काबा’ को अस्तित्व त्याग्न तयार हुनसक्नु पर्दछ । साउदी अरबमा शिवजी वा अन्य हिन्दू देवता-देवीको फोटा लान बर्जित छ । पाकिस्तानमा हिन्दुले मुसमानलाई भोट हाल्न पाउँदैन । घोडाको टापको औंठी लगाउनु मुसलमान राष्ट्रमा खतरा मोल्नु हो । त, भन्नुहोस्- क्रिश्चियन्, यहुदी र मुसलमानहरु आ-आफ्नो धर्मका अडानहरुलाई कुनै तलमाथि हुन नदिने अनि हामी नेपालीहरुले चाहिँ आफ्नो अस्तित्व समाप्त पारेर बस्नु पर्ने ? कसले आफ्नो संस्कार र धर्मलाई तिलाञ्जली दिन सक्छ ? कुनै कुनै उपमाहरुलाई छोडेर जस्तोसुकै नास्तिक हुँ भन्ने नेपाली हिन्दू र बोद्धहरु पनि जन्मेदेखि मृत्युसम्म कुनै न कुनै प्रकारले आफ्नै संस्कारमा आवद्ध भएका हुन्छन् ।
अतः नेपालमा धर्म निरपेक्षताको मत्लव हो- युद्ध निम्त्याउनु । नेपालमा राई, लिम्बू, मगर, गुरुङ, नेवार, ब्रामण, क्षेत्री, कामी दमाईं, सार्की, मैथिली, भोजपुरी, अवघि जो जति छौं हामी सबै हिन्दू हौं । हामीहरु मध्येका कतिपय वौद्ध पनि छौं, जसमा शेर्पा, तामांग र केही नेवार वौद्ध धर्मप्रति आवद्ध भएता पनि यो यहींको पशुपतिनाथ र स्वयम्भूनाथ भित्रकै उपज हो । यसरी दुई तिहाइ जनमतभन्दा बढी जनताको समर्थन भएको मान्यताको विरुद्धमा थिचोमिचो गरेर हिँड्नु कसैलाई पनि अधिकार हुँदैन । हिन्दू धर्म यति व्यापक र उदार छ कि मूर्ति पूजा गर्ने-नगर्ने, साकारी, मान्हारी, जनै लाउने-नलाउने आआफ्नो इच्छाअनुसार हिँड्न सक्ने कुराहरुमा हरेक हिन्दूहरु स्वतन्त्र हुन्छन् । विश्वभरिका धर्महरुमा यो अत्यन्त उदार र प्रजातान्त्रिक धर्म मानिन्छ । दलाइ लामा भनेका छन् -‘म हिन्दू र वौद्धलाई दाज्यूभाइ मान्छु । यी दुबै धर्मका बीच समाधि,योग र तन्त्रजस्ता कुराहरुमा समानता छ जुन बौद्धहरुले हिन्दूबाट लिएका हुन् ।’ भुटानका राजा जिग्मे सिङ्गे बाङचुकले पनि भनेका छन्-‘हाम्रो इष्ट देवता महाकाली हुन् र हामी शिव र बिष्णुको पनि पूजा गर्छौं । म सक्रियताकासाथ दशैंमा भाग लिन्छु ।’
विश्व सभ्यताको विकासक्रममा हिन्दू तथा बौद्ध दर्शन अत्यन्त उदार, सरल, सहिष्णु भएकाले विश्वब्यापी हुन सकेको हो । यसक्षेत्रको सिङ्गो परम्परा, पहिचान र सभ्यताको अस्तित्व नै समाप्त पार्न खोजेर दलका केही नेताहरु, केही क्रिस्चियन् समर्थक अगुवाहरुबाट कृत्रिम तर्कहरु थोपारेर विश्वले मानेको वैदिक-हिन्दू अस्मिता र बौद्ध परम्परामा चोट पुर्याएर धर्मनिरपेक्षता लाध्न खोजेर यस क्षेत्रमा अशान्ति निम्त्याउन खोजेको कुरा स्पष्ट भइसकेको छ । विदेशीहरु खुलुमखुल्ला रुपमा यहीका दलाल नेताहरुमार्फत संविधान सभाको आडमा धर्मनिरपेक्ष, गणतन्त्र र संघीयतालाई आधार बनाएर वैधानिक रुपबाट नेपाल ध्वस्त बनाउन लागेका छन् । यो षडयन्त्र सबैले बुझिसकेका छन् । जति म्याद थपे पनि संविधानसभाबाट संविधान बन्दैन । भोलिका दिनमा सिक्किमको लेण्डुब झै जनताबाट थुकिएर रोएर बसेको देखिनेछ । संविधानसभाका पक्षधर यी दलालहरुले संविधानसभाको म्याद पटक-पटक थपेर जुन अपराध गरेका छन् त्यो अक्षम्य छ । २०४७ सालको संविधानले के
अपराध गरेको थियो ? कसको आदेशमा २०४७ सालको संविधान फालियो ? राजा वा जनताबाट ? २०४७ को संविधानको संशोधन र परिवर्तन गराएर सबैको चित्त बुझने गरेर त्यसैलाई समयानुकुल बनाउन सकिदैन थियो र अर्को संविधान ? विदेशीले किनेका राष्ट्रघाती दलालहरुबाट कहिले पनि देशले निकास पाउन सक्तैन । यिनीहरुले राजालाई पनि झुक्याएर राजसंथाको तेजोवध गरे, जनतालाई पनि झुक्याएरु धोका दिए । अत: यो देश बचाउनको लागि-२०४७ सालको संविधानमा टेकेर राजसंसथाको उपस्थितिमा सर्वपक्षीय मंत्रिमण्डनको गठन गरी सबै नेपालीहरु मिलेर त्यसैबाट निकास खाजों । देश डुब्न नदिऔं ।
The Author can be reached at Email:[email protected]
प्रतिक्रिया