राज्यस्तरमा नेपाल–भारत जनस्तरको सम्बन्ध प्रतिविम्बन हुनुपर्छ : परराष्ट्रमन्त्री

राज्यस्तरमा नेपाल–भारत जनस्तरको सम्बन्ध प्रतिविम्बन हुनुपर्छ : परराष्ट्रमन्त्री


उपप्रधानमन्त्री एव‌म् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–भारतबीच रहिआएको जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तमा प्रतिविम्बन हुनुपर्ने बताएका छन् ।

नेपाल–भारतबीचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिँदै उनले थपे, ‘भारत अङ्ग्रेजको समयमा छैन र नेपाल पनि राजामहाराजाको समयमा छैन, त्यस कारण राजनीति र राज्यस्तरमा पनि जनस्तरको जस्तै सम्बन्ध हुनुपर्छ।’

नेपाल भारत महिलामैत्री समाजले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–भारतका जनता–जनताबीच विद्यमान सम्बन्ध अत्यन्त महत्वपूर्ण भएको बताए । उनले भने,‘सरकार र सरकारबीचको सम्बन्ध बेलाबखत खटपट हुनसक्छ तर जनस्तरको सम्बन्ध सधैंँ महत्वपूर्ण हुन्छ, मैत्री समाजले जनस्तरको सम्बन्धलाई सधैंँ प्रवद्र्धन गर्नुपर्छ।’

दुई छिमेकी मुलुकको सम्बन्धलाई माथि उठाउन भएका क्रियाकलापलाई जनताको तहमा पु¥याउन आफूले सधैँ सहयोग गर्ने बताउँदै परराष्ट्रमन्त्री महराले शिक्षा, स्वास्थ्य र विकास निर्माणमा नेपाललाई भारतले पु¥याउँदै आएको सहयोगको सराहना गरे ।

कार्यक्रममा समाजकी अध्यक्ष चन्दा चौधरीले नेपाल र भारतबीच मात्र मित्रवत नभई पारिवारिक सम्बन्ध भएको धारणा राखेकी थिइन् ।