कर्मचारी सरुवामा निर्वाचन आचारसंहिता बाधक नहुने

कर्मचारी सरुवामा निर्वाचन आचारसंहिता बाधक नहुने


सरकारले निर्वाचन आचारसंहिता लागू भए पनि कर्मचारी सरुवा प्रक्रिया नरोक्ने जनाएको छ । अत्यावश्यक कामका लागि कर्मचारीको सरुवा नरोकिने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराज न्यौपानेले जानकारी दिए।

उनले निर्वाचन आयोगसँग अनुमति लिएर काज, सरुवा र पदस्थापना गरिने बताए। भदौ महिनाभित्र मन्त्रालयले सरुवा गर्ने व्यवस्था भए पनि निर्वाचन आचारसहिंता लागेपछि सरुवालाई प्रभावित बनाएको छ ।

‘आचारसहिंताले पहिला जस्तो सरुवा गर्न मिल्दैन, तर अत्यावश्यक र नभई नहुने ठाउँमा आयोगको सहमति लिएर सरुवा गर्छौं,’ प्रवक्ता न्यौपानेले भने।

राससका अनुसार मन्त्रालयले अहिलेसम्म १ सय २९ अधिकृत सरह र १ सय २७ सुब्बासरहका कर्मचारी सरुवा गरेको छ ।

ती कर्मचारीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत स्थानीय तहमा, विभिन्न मन्त्रालयमा काजमा र पदस्थापनाका लागि सरुवा गरिएको प्रवक्ता न्यौपानले बताए ।