महोत्तरीमा कांग्रेसका उम्मेदवार तय

महोत्तरीमा कांग्रेसका उम्मेदवार तय


स्थानीय तहको तेस्रो चरणमा निर्वाचन हुन लागेको महोत्तरी जिल्लाको लागि नेपाली कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ । महोत्तरी कांग्रेसका सभापति महेन्द्रकुमार रायका अनुसार बर्दिबास नगरपालिकाको प्रमुखमा प्रल्हाद क्षेत्री र उपप्रमुखमा तारादेवी महतो, गौशाला नगरपालिकाको प्रमुखमा मनुप्रसाद अधिकारी र उपप्रमुखमा सुशीला देवी महतो, जलेश्वर नगरपालिकाको प्रमुखमा अशोककुमार साह र उपप्रमुखमा अनितादेवी शर्मालाई चयन गरिएको छ ।

त्यस्तै, मटिहानी नगरपालिकाको प्रमुखमा जयकुमार चौधरी र उपप्रमुखमा जुमैदा खातुन, मनरासिस्वा नगरपालिकाको प्रमुखमा किशोरकुमार सिंह ‘प्रितम’ र उपप्रमुखमा आशादेवी सिंह, रामगोपालपुर नगरपालिकाको प्रमुखमा राजाराम यादव र उपप्रमुखमा पुष्पादेवी महतोलाई चयन गरिएको छ ।

सभापति यादवलाई उद्धृत गरी राससले जनाएअनुसार पिपरा गाउँपालिकाको अध्यक्षमा राधारमण मिश्र र उपाध्यक्षमा रामरतीदेवी यादव, महोत्तरी गाउँपालिकाको अध्यक्षमा सुशील झा र उपाध्यक्षमा श्यामादेवी पासवान, सोनमा गाउँपालिकाको अध्यक्षमा नवलकिशोर यादव, सम्सी गाउँपालिकाको अध्यक्षमा शेष रकिव, एकडारा गाउँपालिकाको अध्यक्षमा मनोज झा र उपाध्यक्षमा जानकी देवी महतो र औरही नगरपालिकाको प्रमुखमा सुनिलकुमार यादवलाई चयन गरिएको छ ।

सोनमा र सम्सी गाउँपालिकाको उपाध्यक्ष र औरही नगरपालिकाको उपप्रमुखको चयन सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयको बैठकले निर्णय गर्ने बताइएको छ भने बलवा, भंगहा र लोहारपट्टी नगरपालिकाको प्रमुख एवं उपप्रमुखमा विवाद देखिएकाले पार्टी केन्द्रीय कार्यालयले नै निर्णय गर्ने जनाइएको छ ।