फार्नबोरोह, लण्डन । सपन इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजनामा हिजो ५ तारिख फार्नबोरोहस्थित वोकफाम कम्युनिटि स्कूलको हलमा जीतु नेपालसहितका तीन कलाकारहरुका प्रदर्शनीमा एक भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जीतु नेपाल, शिला आले र राजु गुरुङको उक्त टोलीले बेलातबासी नेपालीहरुलाई हिजो प्रशस्तै रमाइलो प्रदान गरेका थिए ।
उक्त साँस्कृतिक कार्यक्रमको संचालन पुष्पा गुरुङले गरेका थिए भने प्रमुख अतिथि, विशेष अतिथि वा अतिथि भनी कसैलाई पनि आसन ग्रहण गरिएको थिएन । कार्यक्रम निर्धारित समयमा नै शुरु भएको थियो र दर्शकहरु हलभरि खचाखच थिए ।
जीतु नेपाल जो मून्द्रे भनिएर प्रसिद्ध भएका छन् ले लगातार घण्टौंसम्म दर्शकहरुलाई हराएर मनोरञ्जन दिएका थिए भने उनको साथमा आएका शिला आले र राजु गुरुङले विभिन्न दोहोरी गीतहरु गाएका थिए जसको प्रभावमा दर्शकहरु हलभित्रको साँघुरो ठाउँमा पनि झुम्मिएर नाच्दै थिए । सपन इन्टरनेशनलका सपन र्राईले वर्षमा दुइटा कार्यक्रम गर्दै आएको र वुद्ध कम्युनिटि सेन्टरका साथै तमू धिंलाई पनि आफ्नो कम्पनीको तर्फकाट सहयोगहरु गरेको बताएका थिए । जीतु नेपालले बेलायतबासी नेपालीहरुका मन जीत्ने गरेर संचालित उक्त कार्यक्रम रातको अबेरसम्म सफलतापूर्वक चलेको थियो ।-याम, मेस, तस्वीरसहित
Click here to view the full album
प्रतिक्रिया