राजपा अध्यक्ष मण्डलसंग रुष्ट भई सांसद रायले दिए राजीनामा

राजपा अध्यक्ष मण्डलसंग रुष्ट भई सांसद रायले दिए राजीनामा


पछिल्लोपटक स्थानिय चुनावमा भाग लिन पुगेका राष्ट्रिय जनता पार्टी नेपालका महासचिव तथा सांसद जंगीलाल रायले महासचिव पदबाट राजीनामा दिएका छन् ।

सांसद रायले आसन्न प्रदेश नं. २ को स्थानीय तह निर्वाचनमा अध्यक्षमण्डलले उम्मेदवार चयन प्रक्रियामा एकलौटी गरेको भन्दै महासचिव पदबाट राजीनामा दिएको बताए ।

रायले राजपाको महासचिव पदबाट राजीनामा दिएको बताए । उनले आफू हाल राजपाको साधारण सदस्य मात्र रहेको जानकारी दिए ।

उनले भने, ‘अध्यक्षमण्डलले उम्मेदवार चयन प्रक्रिया आफूखुशी गरेको र आफ्नो चित्त नबुझेकोले पार्टीको पदाधिकारीमा बस्नुरहनुको औचित्य रहेन ।’