तपाईंको यो साता

तपाईंको यो साता


मेष
तीर्थाटनको योग रहेको छ । आत्मिक सन्तुष्टि मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । मुद्दा–मामिलामा सफलता पाइनेछ । उपहार प्राप्त हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व इष्टदेवताको स्मरण गरी कार्य आरम्भ गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क १, ८ र शुभरङ रातो हो ।

वृष
शुभकार्यको चर्चा चल्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक तथा सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । साताको अन्त्यबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ कालो हो ।

मिथुन
लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । नयाँ कामको प्रस्ताव आउला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आइतबारबाट मनमा निराशा र शरीरमा आलस्य आउला । स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनेछ । यात्रामा सावधानी अपनाउनुपर्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ घिउरङ हो ।

कर्कट
घरपरिवारमा झै–झमेलाको अवस्था आउला । स्वास्थ्यमा समस्या आउनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साताको अन्त्यबाट मनमा आनन्द आउला । पारिवारिक सद्भाव बढ्नेछ । नयाँ कामको थालनी हुनेछ । प्रेममा सफलता पाइनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ७, ८ र शुभरङ पहेँलो वा कलेजी हो ।

सिंह
मनमा आनन्द आउला । भौतिक साधन जुटाउने समय छ । अधिकारमा सफलता मिल्नेछ । घरजग्गा खरिद तथा बिक्रीको योग छ । शनिबारबाट आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । मनमा चञ्चलता बढ्नेछ । आयआर्जनमा बाधा आउला । सहकर्मीबाट विरोध आउला । कुनै शुभकर्म गर्नुपूर्व आफ्नो कूलदेवताको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ सेतो वा हरियो हो ।

कन्या
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । शुभकार्यको चर्चा चल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । आइतबारबाट समय प्रतिकूल भई कुलतमा मन जानेछ । झुटो आरोप लाग्न सक्छ । घर–व्यवहारमा फितलो आउन सक्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ रातो हो ।

तुला
नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । सौन्दर्यमा धन खर्च हुनेछ । आइतबारबाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । चिताएको कामले तीव्रता लिनेछ । अवसर आउनाले मन प्रसन्न रहनेछ । कुनै शुभकर्म गर्नुपूर्व महामृत्युञ्जय भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ नीलो वा हरियो हो ।

वृश्चिक
ठूला व्यक्तिले तपाईंको मिहिनेतको प्रशंसा गर्नेछन् । राज्यबाट मानसम्मान मिल्नेछ । सजिलै अरूको विश्वास जित्न सकिनेछ । शनिबारबाट आफूलाई कमजोर भएको अनुभूति हुनेछ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । पेसागत समस्या आउला । शुभकर्म गर्नुपूर्व महालक्ष्मीको दर्शन गरी यात्रा गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १, ४ र शुभरङ गुलाबी हो ।

धनु
कार्य सम्पादनमा सहजता मिल्नेछ । राज्यबाट मानसम्मान पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । दाम्पत्यजीवन सुखमय हुनेछ । आभूषण, शृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । प्रेमीको सहयोग पाइनेछ । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ रातो वा हरियो हो ।

मकर
व्यवसायमा नोक्सानी व्यहोर्नुपर्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । आइतबारबाट धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । वाहान सुख मिल्नेछ । मनमा शान्ति छाउनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ ध्वाँसे वा घुर्मैलो हो ।

कुम्भ
छोटो दूरीको लाभदायक यात्रा हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । वस्त्र लाभ हुनेछ । आँटेकोे र ताकेको कार्य पूरा होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । कार्यमा सफलता पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ सेतो वा पहेँलो हो ।

मीन
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभ समाचार सुन्न पाइएला । प्रेम प्रस्ताव आउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वाहान लाभ हुनेछ । साताको अन्त्यबाट अनावश्यक यात्रा हुनेछ । अरूको भरपर्दा धोकामा परिने, हानि हुने र विश्वास गुम्नेछ । पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ रातो हो ।