प्रत्येक दिन राजधानी काठमाडौंबाट हजारौँको सङ्ख्यामा नेपाली विदेशिने गरेका छन् । वैदेशिक रोजगारीका निम्ति, अध्ययनका लागि, घुमघाम, सभा-सेमिनार, उपचार जेसुकैका लागि बाहिरिएका भए पनि प्रत्येक दिन उज्यालो नहँुदैदेखि मध्यरातसम्म -कहिलेकाहीँ रातैभरि पनि) काठमाडौं एयरपोर्टमा अन्तर्राष्ट्रिय उडानहरू चलि नै रहन्छन् । मानिसहरू आइरहेका छन्, गइरहेका छन्, आउने-जानेमध्ये सबैभन्दा ठूलो सङ्ख्या वैदेशिक रोजगारमा जाने र आउनेहरूकै हुन्छ । सुखद् भविष्यको सपना आँखाभरि बोकेर देश छोड्दै गर्दा उनीहरूको उत्साह र दुःखसुखका अनेक अनुभवसहित फर्किंदाको मुहारको रंग निश्चय नै फरक देखिन्छ । दिउँसोको समयको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई हर्ेदा लाग्छ मानिसहरू सबै विदेश नै जाँदै छन्, खै देशमा कोनै बस्ला र?तर, विमानस्थल परिसर छोड्नासाथ देख्नु र भोग्नुपर्ने घन्टौंसम्मको जामले त्यसप्रकारको भ्रमलाई एकैछिनमा तोडिदिन्छ । गत आइतबार काठमाडौंबाट बैंककतर्फ लाग्दा विदेश जाने नेपाली युवाको ताँतीले हाम्रो देशको बेरोजगारीको अवस्थालाई मात्रै झल्काएको थिएन, यात्राका निम्ति जान्नैपर्ने कुराहरूमा बिनाजानकारी कामका लागि बाहिरिँदा उनीहरूले कति दुःख पाउँछन् भन्ने कुरा पनि देखाइरहेको थियो । उनीहरूले झोलामा बोकेका अमिलो, हरियो खर्ुसानी, दाह्री काट्ने ब्लेडजस्ता कुराहरू एयरपोर्टमा सुरक्षाकर्मीहरूले धमाधम निकालेर फाल्न थालेपछि ती युवाहरूको अनुहारमा छाएको अँध्यारो चित्त दुख्ने प्रकारको थियो । यदि उनीहरूलाई त्यस्ता सामानहरू प्लेनमा लान दिँदैन भनेर जानकारी दिइएको हुँदो हो त घरबाट आमाले मायाले हालिदिएको अचार, अमिलो, खर्ुसानीजस्ता कुराहरू बोकेर उनीहरू यात्रा गर्ने थिएनन् । वैदेशिक रोजागारमा जाने कतिपयले प्लेनमा दिएको खानेकुराको पैसा तिर्नुपर्ला भन्ने ठानेर नखाएको पनि देखिएको छ, कसैले भने एयरहोस्टेजले खानको निम्ति साकाहारी हो कि मांसाहारी भनेर सोध्दा कुनको दाम कति पर्छ?भनेर सोधेको पनि सुनिएको छ । उनीहरूले टिकट किन्दा तिरेको पैसाले नै त्यहाँ खान पाउने हो भन्ने कुरा थाहा नपाएका कारण खाना खानेबेलामा खुम्चिएर, सङ्कोच मानेर के गर्ने के भन्ने अन्योलमा बस्नेहरू बडो द्विविधाकाबीच यात्रा गरिरहेकै छन् । नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको इतिहास लामै भए पनि प्रत्येक दिन धेरै मानिसले पहिलोपल्ट विदेशको यात्रा गरिरहेका हुन्छन् । त्यसैले अरूका लागि सामान्य लाग्ने धेरै कुरा उनीहरूका निम्ति नितान्त नयाँ हुन्छ ।
हवाईजहाजबाट यात्रा गर्नेहरूले त्रिभुवन विमानास्थलका बारेमा गर्दै आएको सबैभन्दा ठूलो गुनासो हो सामान हराउने कुरा । विदेश जाँदा जे-जे समस्या व्यहोरेर गएका भए पनि र्फकंदा घरपरिवार र आफन्तलाई भेट्ने असीम उत्साहकाबीच स्वदेश भित्रिएका धेरैको सुटकेसबाट हिजोआज सामान हराउने गरेको रहेछ । रातदिन नभनी पर्राई देशमा बगाएको पसिनाको कमाइले आफन्तका लागि ल्याइदिएको सामान दिन नपाउँदा उनीहरूमा ठूलो निराशा छाउने गरेको छ । ‘हर्ेर्नुस् न एक महिनाअघि म छुट्टीमा आउँदा मेरो सामान यहाँ -एयरपोर्टमा) चोरियो, अर्काको देशबाट जोगाएर ल्याएको कुरा आफ्नै देशमा लुटिदिँदा मलाई कस्तो भयो होला?मलाई त यो एयरपोर्टका मान्छेहरूको विश्वास नै छैन ।’ एयरपोर्टभित्र छिर्न लामो लाइनमा बसेका गोरखाका एक युवा भन्दै थिए, ‘होइन, यस्ता कुरा मिडियाले किन बाहिर ल्याउँदैन, यहाँ ब्याग खोलेर सामान निकाल्ने मान्छेलाई किन कारबाही हुँदैन?खै मलाई त लोडरदेखि हाकिमसम्म सबै मिलेका छन् जस्तो लाग्छ ।’ मिलेमतो भए पनि नभए पनि यसप्रकारको कार्यमा विमानस्थलका अधिकारीहरूले अब विशेष चासो राखी सामान चोरी गर्नेहरूमाथि कारबाही गर्नैपर्छ । नत्र धेरै नेपाली र विदेशीका लागि नेपालको एयरपोर्ट सुटकेसमा भएको सामान चोरी गर्ने थलोका रूपमा चिनिनेछ । यसप्रकारको कार्यले सम्बन्धित व्यक्ति र तिनका परिवारको आत्मा मात्रै रुवाउने छैन राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै नेपालको विमानस्थल बद्नाम पनि हुनेछ । जतिसुकै व्यस्त र भीडभाडपूर्ण भए पनि अन्य मुलुकका विमानास्थलहरूमा सुटकेसबाट सामान हराएको त्यति सुनिँदैन । यात्रा गर्दा कहिलेकाहीँ एकातिर पुग्नुपर्ने सुटकेस अर्कैतिर पुगेको र कहिले उस्तै-उस्तै रंग र आकारको व्यागका कारण एक-अर्कामा साटिने गरेका केही उदाहरणबाहेक हाम्रो विमानास्थलमा हुनेजस्ता कार्य प्रायः हुँदैनन् । लण्डनको ह्रि्रो, बैंककको सुवर्णभूमिजस्ता अत्यन्त व्यस्त विमानस्थलहरूमा कहिलेकाहीँ यात्रुको चापका कारण घन्टौं पछि अध्यागमन काटेर सामान लिनुपर्दा पनि सुटकेसहरू जस्ताका तस्तै भेटिन्छन् । यसप्रकारको निच कार्य देशको इज्जतसँग जोडिने हुँदा यस्ता विषयमा अधिकारीहरूले र्सतर्कता अपनाउनैपर्छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा खट्किने अर्को कुरा हो, हिन्दी टेलिभिजन च्यानलहरूको प्रसारण । हो, धेरै नेपालीले हिन्दी भाषा बुझ्ने भएका कारणले र हिन्दी सिनेमा विश्वमै चर्चित भएका कारणले हिन्दी सिनेमा, सिरियललगायतका कुराहरू घरघरमा बढो उत्साहका साथ हेरिन्छ । घर र विमानास्थल फरक कुरा हो, घरमा भएका क्रियाकलापले सम्बन्धित परिवारसँग मात्रै अर्थ राख्छ तर विमानास्थलमा हुने कुराले देशको प्रतिनिधित्व गरिरहेको हुन्छ । अन्तर्राष्ट्रिय विमानस्थलमा भएका टेलिभिजनमा प्रायः हिन्दी च्यानल नै लगाइएको देखिन्छ ता कि हामीकहाँ करिब एक दर्जन नेपाली च्यानल छन, तीमध्ये जुन लगाए पनि हुन्छ । एउटै लगाउनुपर्छ भन्ने छैन फेरी-फरी लगाए पनि हुन्छ । विदेश जाँदा एयरपोर्टमा बस्नुको अर्थ कतिका लागि किताब पढ्नु हुन्छ, देशमा हुँदा व्यस्तताले सधै लखेट्ने मानिसका लागि कहिलेकाहीं कामविशेषले बाहिर जान पाउनु भनेको एक-दुईवटा किताब पढिसक्नु पनि हो । तर, धेरै ठूलो सङ्ख्यामा रहेका यात्रीहरू एयरपोर्टमा टेलिभिजन हेरेर समय कटाउन चाहन्छन् । त्यस्ता मानिसका निम्ति व्यक्तिपिच्छेका फरक रुचिहरूलाई निश्चय नै सार्वजनिक स्थानमा पूरा गर्न सकिँदैन तर आफ्ना च्यानलहरूको प्रयोग गरेर आफ्नोपनको गौरवलाई पर््रवर्द्धन भने गर्न सकिन्छ । साथै अध्यागमनमा बस्ने कर्मचारीले वैदेशिक रोजगारमा जाने युवाहरूलाई गर्ने व्यवहार पनि राम्रो छैन । सबै कर्मचारी त्यस्ता नहोलान्, सधंै त्यस्तो व्यवहार पनि नहोला तर आफू बाहिर जाँदा या फर्किंदा प्रायः उनीहरूलाई राम्रो बोली वचन गरेको सुनिएको छैन । यता लाइन लाग्नुस्, उता जानुस् भन्दा पनि ठूलो स्वरले हकारपकार पार्ने -मानौं उनीहरूले ती कर्मचारीहरूको ठूलै काम बिगारिदिएका छन्), केही सोधिहाले भने त्यति पनि थाहा छैन?भन्ने । प्रत्येक दिन देश छोडेर विदेशिनेहरूको ताँती नितान्त आफ्नो रहरले लागेको होइन, स्वदेशमै सानोतिनो आम्दानीको उपाय हँुदो हो त उनीहरू घरपरिवारबाट टाढिएर उमेर कटाउनका लागि विदेश पलायन हुने थिएनन् । सरकारी कर्मचारीको काम आफूले पाएको उत्तरदायित्वलाई पूरा गर्नु हो न कि कसैलाई ह्युमिलेसन र कसैको अनावश्यक चाकरी । नजानेको कुराको जानकारी गराउनु ‘राष्ट्रसेवक’हरूको कर्तव्य पनि हो । त्यसैले वैदेशिक रोजगारका निम्ति जाने युवाहरूलाई मात्र नभएर त्रिभुवन विमानास्थल पुग्ने कुनै पनि यात्रुहरूलाई होच्याएर आफू अग्लिने कोसिस नगरेकै राम्रो ।
प्रतिक्रिया