टर्कीस नागरिक पक्राउ

टर्कीस नागरिक पक्राउ


एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने एक टर्कीस नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

अनाधिकृत रुपमा पैसा निकाल्दै गर्दा ३० वर्षीय टर्कीस नागरिक इक्रिम अरम्यानकीलाई ब्यूरोबाट खटिएको टोलीले मंगलबार पक्राउ गरी बुधबारसार्वजनिक गरेको हो ।

ब्यूरोले पक्राउ परेको व्यक्तिसँग एक हजार २२५ युरो, नौ हजार ७१० अमेरिकन डलर, ३३ हजार इण्डोनेशियन रुपिहा, ३४ वटा एटिएम कार्ड, चार थान मोबाइल र एक थान ल्यापटप बरामद गरेको छ ।

हालसम्म एटिएमबाट ठगीमा चार रोमानियन, तीन टर्किस, दुई बुल्गेरियन, चार माल्दोभियन र दुई भारतीय गरी १५ जनालाई कारबाही गरिसकेको ब्यूरोले जनाएको छ । पक्राउ परेका अभियुक्तलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कारबाही हुने बताइएको छ ।