नापतौलका कर्मचारी पाँच लाख घुससहित पक्राउ

नापतौलका कर्मचारी पाँच लाख घुससहित पक्राउ


पाँच लाख घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई आज बिहान पक्राउ गरेको राससले जनाएको छ ।

आयोगको टोलीले भक्तपुरको सल्लाघारीस्थित युनिभर्सल तन्दुरी क्याफेमा पाँच लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएकोे हो ।

पक्राउ पर्नेले ४५० वटा ट्याक्सीलाई गुणस्तरयुक्त छ भनेर प्रतिट्याक्सी एक हजार ५०० दरले ६ लाख ७५ हजार मागेका थिए । तर बार्गेनिङ गर्दा पाँच लाख मात्र लिने शर्तमा घुस लिँदै गर्दा घुस रकमसहित पक्राउ गरिएको हो ।