बेइजिङमा नेपाल र चीनका परराष्ट्रमन्त्रीको संयुक्त पत्रकार सम्मेलन

बेइजिङमा नेपाल र चीनका परराष्ट्रमन्त्रीको संयुक्त पत्रकार सम्मेलन


उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र चीनका परराष्ट्रमन्त्री वाङ यी वीच दुई पक्षीय वार्ता भएपछि दुवै नेताले बेइजिङमा संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।

राससद्धारा प्रेसित समाचार अनुसार जलबिद्युत उत्पादन र पूर्वाधार निर्माणमा चिनिया लगानी भित्रयाउने उद्देश्यका साथ परराष्ट्रमन्त्री महरा बुधवार एक साताका लागि काठमाडौबाट चीन प्रस्थान गरेका थिए ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले क्षेत्रीय र अन्तराष्ट्रिय मञ्चमा नेपाल र चीनको साझा अवधारणा बनाउने प्रस्ताव चीन समक्ष राखेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीसँगको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री महराले आफूहरुबीच त्यस्तो विषयमा पनि छलफल भएको बताएका हुन् ।

यसैबीच, ऊर्जामा सहकार्य बढाउन संवाद संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने र त्यसले ऊर्जा क्षेत्रमा सहकार्यको ढोका खुल्ने मन्त्री महराले बताए । अरनिको राजमार्ग छिटै खुला गर्ने र यथास्थितिमा रहेका सीमालाई स्तरोन्नती गर्ने र नयाँ सीमा खोल्ने बिषयमा पनि चिनियाँ विदेशमन्त्री वाङ यीसँग छलफल गरिएको मन्त्री महराले बताएका छन् ।

नेपाल र चीनबीचको अन्तरदेशीय सीमा पार गराई केरुङ-काठमाडौ-पोखरा-लुम्बिनी रेल सेवा सञ्चालन गर्ने संम्भाव्यता अध्ययन गर्ने बिषयमा चिनिया परराष्ट्रमन्त्री यीसँग छलफल भएको महराले बताए । पारवहन तथा यातायात सम्बन्धी सम्झौताको प्रोटोकलको मस्यौदाका बारेमा पनि चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग छलफल भएको छ ।

मस्यौदालाई अन्तिम रुप दिन सम्वादलाई तीब्रता दिन दुवै पक्ष सहमत भएको महराले बताएका छन् । नसँगको नेपालको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन केही सहयोगी कदम अगाडि बढाउन चिनियाँ विदेशमन्त्री वाङलाई आफूले अनुरोध गरेको पनि मन्त्री महराले जानकारी दिए ।

चीनले अगाडि बढाएको वेल्ट एण्ड रोड इनिसियटिभमा जनस्तरको सम्बन्ध,व्यापार,पर्यटन र लगानी प्रबद्र्धन,रेल सेवा र सडकसहित अन्तरदेशीय सीमा सम्पर्कमा बृद्धि, पूर्वाधार संरचना निर्माणको विकासमा योगदान पुग्ने अपेक्षा नेपालले राखेको मन्त्री महराले बताए ।

नेपालको विकासमा निरन्तर चिनिया सहयोग प्रति धन्यवाद दिदै काठमाडौ बसन्तपुर दरवारलाई नौ तले बनाउनेसहित महत्वपूर्ण अन्वेषणात्मक परियोजनामा खर्च गर्ने गरी चीनले सन २०१६/२०१७ का लागि दुई अर्व आरएमबी परिचालन गर्ने सम्झौता भएको पनि जानकारी गराए ।

#तस्बिर: एएफपी/रासस